Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अघि बढाइँदै टिआरसी विधेयक
अघि बढाइँदै टिआरसी विधेयक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १७, २०८०

काठमाडौं– नेपाली कांग्रेसले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) तेस्रो संशोधन विधेयक–२०७९ चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको टिआरसी विधेयक अघिल्लो कार्यकालको प्रतिनिधिसभामै पारित गराउने तयारी भए पनि समयमै प्रतिवेदन नबुझाउँदा अलपत्र परेको थियो ।

अघिल्लो भदौ १३ गते संसद्मा टिआरसी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो । तर, त्यतिबेला विभिन्न कारण देखाउँदै संसद्मै रोकिएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दलका सचेतकहरुसँग टिआरसी विधेयकमा प्राथमिकता दिएर अगाडि बढाउन आग्रह गरे । त्यसलगत्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको सक्रियतामा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेर विधेयकलाई अघि बढाउन कांग्रेस तयार भएको हो ।

गम्भीर मानवअधिकार उल्लंघनका घटनाबाहेकमा मेलमिलाप गरेर अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको छ । मेलमिलाप गराउँदा पीडितको कुरालाई प्राथमिकता दिनेगरी विधेयक अघि बढाइन्छ ।
मीन विश्वकर्मा
प्रचार विभाग प्रमुख, नेका

गम्भीर मानवअधिकार उल्लंघनका घटना र मानवअधिकार उल्लंघनका घटनालाई वर्गीकृत गरी गम्भीर उल्लंघन घटनामा पीडकलाई उन्मुक्ति दिन नहुने तथा त्यसबाहेकका उल्लंघनका घटनामा भने मेलमिलाप गर्नुपर्ने धारणा बनाएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा अधिकांश नेताले सर्वोच्च अदालतको आदेशका आधारमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

Hardik health

‘गम्भीर मानवअधिकार उल्लंघनका घटनाबाहेकमा मेलमिलाप गरेर अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको छ,’ विश्वकर्माले भने, ‘मेलमिलाप गराउँदा पीडितको कुरालाई प्राथमिकता दिने कुरा भयो । अब यिनै सुझावअनुसार विधेयकलाई अघि बढाउने काम हुन्छ ।’ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, दलका पदाधिकारी, पूर्वपदाधिकारीहरुको उपस्थिति थियो । विधेयक अहिले प्रतिनिधिसभाको कानुन समितिमा छलफलको क्रममा छ ।

समितिमा रहेको विधेयकमाथि कानुन उपसमिति बनाई छलफल सकेर अहिले प्रतिवेदन लेख्ने काम भइरहेको छ ।
सन्तोष परियार
प्रमुख सचेतक, रास्वपा

टिआरसी विधेयकबारे सरकार संवेदनशील रहेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले बताइन् । यद्यपि यसबारे मन्त्रिपरिषद्मा कुनै छलफल नभएको शर्माले बताइन् । ‘टिआरसी बिल समितिमै छ । छिटोभन्दा छिटो टुंग्याउने भन्ने नै हो । हामी यसमा संवेदनशील छौं । यसलाई अगाडि बढाउने भन्नेमा नै छ सरकार,’ शर्माले मन्त्रिपरिषद्को बैठकपछि मंगलबार साँझ भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कानुन उपसमिति बनाएर छलफल सकिएको र अहिले प्रतिवेदन लेख्ने काम भइरहेको जानकारी सोमबार प्रधानमन्त्री दाहाललाई गराएका थिए । परियार कानुन, न्याय तथा मानवअधिकार समिति सदस्यसमेत हुन् । प्रधानमन्त्री दाहालले केही दिनभित्र नै समितिहरूले पूर्णता पाउने वचन दलका नेताहरुलाई दिएका छन् ।

टिआरसी विधेयक समितिमै छ । छिटोभन्दा छिटो टुंग्याउने भन्ने नै हो । हामी यसमा संवेदनशील छौं ।
रेखा शर्मा
प्रवक्ता, नेपाल सरकार


अन्तर्राष्ट्रियस्तरमासमेत चासो रहेको यो विधेयक ‘फास्ट ट्र्याक’का रूपमा पारित गर्ने भनिए पनि समितिमा पुगेको महिनौं बित्दा पनि प्राथमिकतामा परेको छैन । निर्वाचनपछि आएको नयाँ सरकारले पनि विधेयकलाई समितिमा नपठाई पारित गराउने प्रयास गरेको थियो । तर, दलहरूका बीचमा फरक–फरक मत आइरहँदा यो विधेयक रोकिएर बसेको हो ।

के हो टिआरसी ?
२०५१ फागुन १ देखि १० वर्षसम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा सशस्त्र द्वन्द्व भएको थियो । उक्त द्वन्द्व तत्कालीन समयमा नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रयासमा टुंगियो । त्यतिबेला राज्य पक्ष र माओवादीबीच १२ बुँदे सम्झौतासमेत भयो ।

द्वन्द्वकालमा राज्य पक्ष र माओवादी दुवै पक्षबाट मानवताविरुद्धको अपराध भए । यही मानवअधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिने विस्तृत शान्ति सम्झौतामा सहमति भएको थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३३ ले संवैधानिक स्वरुप प्रदान गरी सोको कार्यान्वयनका क्रममा मिति २०७१ वैशाख २८ गते जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम नेपाल सरकारको २०७१ माघ २७ को निर्णयअनुसार स्वतन्त्र, निष्पक्ष, जवाफदेही र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भएको हो ।

आयोगका पदाधिकारीहरु अहिले रिक्त छन् । प्रधानमन्त्री दाहालले यसबारे दलका नेताहरुसँग छलफल गरे पनि मन्त्रिपरिषद्मा आयोगको पदाधिकारी पदपूर्तिबारे भने कुनै विषय नउठाएको बताइएको छ ।


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०६:५८
#टिआरसी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP