Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारीका लागि असार महिनामा ५५ हजारभन्दा बढी विदेशिए
रोजगारीका लागि असार महिनामा ५५ हजारभन्दा बढी विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

 
एक वर्षमा आठ लाख तीन हजार २२१ नेपाली रोजगारीका लागि बाहिरिए, जुन वैदेशिक रोजगारीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हो
 गत वर्ष नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्ये मलेसिया शीर्ष स्थानमा

काठमाडौं– गत आर्थिक वर्ष २०७९÷८० को अन्तिम महिना असारमा रोजगारीका लागि ५५ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजागर विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार असारमा ५५ हजार २९९ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा गएका हुन् ।

असारमा विदेशिनेको संख्या गत जेठ महिनाको भन्दा चार हजार १२३ ले न्यून हो । जेठमा ५९ हजार ४२२ जना विदेशिएका थिए । त्यसअघि वैशाखमा ५४ हजार ४५७ जना, चैतमा ६१ हजार ४७८ जना तथा फागुन महिनामा ६१ हजार ८४५ जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ । गत आवको वैशाख र असारमा अन्य महिनाको तुलनामा कम श्रमिक विदेशिएका छन् ।

गत आवको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारहरुको संख्यामा केही महिनादेखि क्रमशः घट्दै गएको देखिएको छ । मलेसिया जान असारमा ११ हजार ८१६ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या जेठ महिनाको भन्दा दुई हजार ३८८ ले कम हो । जेठमा १४ हजार २०४ जनाले श्रम स्वीकृति लिएर गएका थिए । त्यसअघि वैशाखमा १४ हजार ६३४ र चैतमा १६ हजार २५६ जनाले श्रम स्वीकृति लिएर मलेसिया पुगेका थिए । तुलनात्मक रुपमा २०७९ मंसिरदेखि मलेसिया जाने नेपालीको संख्या घट्ने क्रम जारी छ । यद्यपि विभागले सार्वजनिक गरेको तथ्यांकको आधारमा मलेसिया अझै पनि नेपालीहरुको पहिलो गन्तव्य कायमै छ ।

Hardik health

यसैगरी असार महिनामा रोजगारीका लागि कतार जान १० हजार ४३४ जनाले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार गत जेठमा १० हजार ८७७, वैशाखमा १० हजार २३०, चैतमा ११ हजार २४९, फागुनमा ११ हजार ३०३ जनाले कतार जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै संयुक्त अरब इमिरेट्स (युएई) जान असारमा ११ हजार १५५ जनाले श्रम स्वीकृति लिएका छन् । यसपटक युएईले कतारलाई पछि पारेको छ । साउदी अरेबियामा जान आठ हजार २८ र कुवेतका लागि चार हजार २२१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जेठ महिनाको तुलनामा युएई र कुवेत जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भए पनि साउदी जानेको संख्या घटेको छ । उल्लिखित पाँच मुलुकले नै नेपालको बैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशत बढी) ओगटेको देखिन्छ ।  

यसैगरी क्रोएसियामा एक हजार ६९, जापानमा ७३९, रोमानियामा ७११, साइप्रसमा ६६४, माल्दिभ्समा ५०४, माल्टामा ४९९, पोल्याण्ड ४८१, बहराइनमा ४५३, ओमान ३१२ जना श्रम स्वीकृति लिएर गएको तथ्यांक छ । सोही अवधिमा इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या दुई हजार ६२० रहेको छ । 

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १७ हजार १० जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३८ हजार २८९ जना रहेका छन् । असारमा श्रम स्वीकृति लिनेमध्ये सात हजार ५८६ जना महिला रहेको विभागले उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा जानेमा जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी देखिन्छ । विभागमा श्रम स्वीकृति लिएकामध्ये धनुषाका दुई हजार  ६७६ जना छन् । दोस्रो स्थानमा रहेको झापाबाट दुई हजार ५६४ जना विदेश गएका छन् । यस्तै तेस्रो स्थानमा मोरङ परेको छ । यहँबाट दुई हजार २५८ बाहिरिएका छन् । चौथोमा रहेको सिराहाबाट दुई हजार ११८ र पाँचौंमा रहेको महोत्तरीबाट एक हजार ९९२ जना रहेका छन् ।

त्यसैगरी दाङ, चितवन, कञ्चनपुर, बागलुङ, मकवानपुर, रुपन्देही, रौतहट, सर्लाही, सप्तरी, सुनसरी, स्याङजा, कपिलवस्तु, तनहुँ र रसुवाबाट पनि विदेश जानेको संख्या ठूलो रहेको छ । गत आर्थिक वर्षको १२ महिनामा कूल आठ लाख तीन हजार २२१ नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको विभागको तथ्यांकले देखाएको छ । यो संख्या वैदेशिक रोजगारीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।


आव २०७९/८० को असार महिनामा वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीको संख्या ।

सबैभन्दा बढी जाने मुलुक
मलेसिया– ११८१६
युएई– १११५५
कतार– १०४३४
साउदी– ८०२८  
कुवेत– ४२२१ 
कोरिया– २६२०
क्रोएसिया– १०६९
जापानमा– ७३९
रोमानिया– ७११
साइप्रस– ६६४


 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP