Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • गौडामा समाउँदै, चिट थमाउँदै
गौडामा समाउँदै, चिट थमाउँदै
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन १६, २०८०

‘ढिला गए अवश्य पुगिन्छ, चाँडो गए भन्न सकिन्न ।’ ट्राफिकको नारा भनौं कि सन्देश । यो सन्देश सडक सुरक्षासँग मात्र जोडिएको छैन । मानिसको हरेक जीवनमा लागू गर्न सकिन्छ । तर, नेपालमा सेतो टोपी लगाएर सिठ्ठी फुक्नेहरुका लागि त मज्जा पो छ त गौडा कुर्ने च्याप्प समाउँदै झ्याप्प चिट थमाउने ।

सेता टोपीहरुलाई माथिको जे आदेश त्यही गर्ने हो नियम कानुन यस्तै हो । दुई पांग्रेमा खुरुरु दौडियो, यसो हे¥यो मुड चल्यो, दिमागमा खेल्यो, ट्याक्क रोक्यो अनि चक्कामा ताला ठोक्दियो हिँड्यो । त्यसको बाजेको के जान्छ ! सवारी चलाउनेलाई जुनबेला नि त्रास नै त्रास । मापसे भन्यो, ट्राफिक नियम भन्यो, युटर्न भन्यो... कहाँलाई पार्किङ, कहाँ नो पार्किङ । सकेसम्म रुखको झ्याङमा बस्यो । कुना कन्तरामा लुक्यो चिट काटि गो ।

किन काट्यो थाहा छैन, के कारण काट्यो थाहा छैन । अब के हुन्छ त्यो पनि थाहा छैन । न चिट काट्नेलाई थाहा छ न चिट बोक्केलाई थाहा छ । नेपालको ट्राफिक नियम उस्ताको उस्तै छ । माथिको आदेश आज फलानो चोकबाट १०० जना, फलानो चोकबाट २०० जनाको चित हुनप¥यो, सक्यो । सेतो टोपी लगाएर टिरिऽ रिऽर सिठ्ठी फुक्नेसँग सडकमा कराएर साध्य छैन । दुई चोरका कारण ९८ सोझाले दुःख पाउँछन् । अनि एउटा सेतो टोपीका कारण ९९ सेतो टोपीले गाली खान्छन् ।

खाउन्न त ! जाबो गाली नै त हो । हद भने चोर भन्लान् । डाका भन्लान् । घुस्याहा भन्लान् । एक छिन झोक्का–झोक्की गर्लान् । लाइसेन्स आफ्नै हातमा बिल बुक, आफ्नै पेटीमा कसको के जान्छ । मिल्दै मिल्दैन । बग्गीखाना जानूस्, एक घण्टा निद्रा लाग्नेगरी फलाकेको सुन्नुहोस् । अनि पैसा तिरेर फर्कनुस् ।

Hardik health

त्यो पनि ठीकै हो, कम्तीमा सडक सुरक्षाको कथा त सुन्न पाइन्छ । केही जानकारी त पक्कै पाइन्छ । तर, पढाउनेलाई भन्दा पढ्नेलाई बढी थाहा छ । पढाउनेले नियम पढाउँछ, तर उसैले नियम पालना गर्दैन । गौडा कुरेकै भरका चिर्कटो भिडाउँछ । होस् कि नहोस् उहाँ हजुरलाई झोंक चलेपछि माथिको आदेश छाड्नै मिल्दैन । किन रोकेको सोध्नै मिल्दैन । क्या गज्जबको पावर छ है !

हुन त सबैभन्दा शक्तिशाली डे«ेस लगाएपछि कस्ता–कस्ता त डराउँछन्, जाबो सवारी चालक । सेतो टोपीले गर्नै नहुने त कहाँ गरेको हो र ? अति पो गरेको त । मट्याङ्ग्रा हजुरबाले भन्थे रे, तँ हेर म हेर, ठाउँ हेर अनि बेला हेर ! कति हेर्नु जति हेरे पनि हेरेको हेरै भो त ।

अरुलाई थितिमा बस भन्न त आफू पनि थितिमै बस्नुपरो नि होइन र ? सेतो टोपीले अरुलाई गौडा कुरेजस्तो कहाँ हुन्छ र ? खै नियमअनुसार दिएको ? खै चिह्न देखाएको, कहाँ रोक्ने ? कहाँ नरोक्ने ? कताबाट फर्कने कताबाट नफर्कने ? उसको नाइकेले राम्रै मलजल पाए टु वे ? मलजल नपाए वन वे ! आज पार्किङ भोलि ‘नो पाकिङ’ ? हिजो ट्राफिक लाइट आज हातैले लेफ्ट राइट !

कुनबेला सवारी जाम, कुनबेला चेकिङको जाम । कुन ठाम । जे मन लाग्यो त्यही गर्न पाम । हरे शिव । सेतो टोपीको करामत । सोझालाई अपरम्पार । घुरेर हेर्नेका लागि लम्पसार । नियम कानुन मान्नेलाई च्याप्प, नियम नमान्ने तोरीलाहुरेलाई चाहिँ आँखा झ्याप्प । आँखै झ्याप्प भएपछि त देख्नु कुरा पनि त आएन । देख्दै नदेखेपछि कसको बाउको के लाग्छ । 

तर, जसले जे सुकै भनोस् । गौडा कुर्ने काम र चिट थमाउने काम लुटमाथिको लुट हो । नियम लगाउने हो, पारदर्शी ढंगले । तर, भइरहेको छ आदेश रंगले । रंग न ढंगले अगाडि बढ्दा जे पनि हुन्छ । त्यही भएर त नियम भनेको जति स्पिड बढाए पनि कुद्दै नकुद्दे भटभटे समातेर साइकल चलाको जस्तो किन भन्न पाइन्छ ? अलि धेरै कुदायो ४० बाट किन बढाको भन्न पाइन्छ ? जुन रोग हो त्यसैको पो उपचार गर्नु परो नि । बहाना बनाएर दुःख दिने काम त चोरै काम हो ल ?

काठमाडौंका सडक हेर्दै वैरागलाग्दो ! ठाउँमा–ठाउँमा प्वाल । कुन दिन कुन दुलोमा पर्ने हो थाहै छैन । करोडौं खर्चेर सडक कुनामा ट्राफिक लाइट अनि सधैँ पनि दाहिने हातले के को लेफ्ट राइट ? सेतो टोपीले किन गौडा कुर्ने ? पुलमुनिको रोकेकाले कसलाई सकस दिएको हुन्छ । पांग्रा बन्द गर्नुपर्ने ? खाली जनतालाई दुःख दिने सेतो टोपी हो कि सहजीकरण गर्ने टोपी हो । अहिले त सेतो टोपीको नाम निकै भाको छ बदनाम ।

ऊ बेला सलाम हान्थे, अहिले त कर्के नजर हान्छन् । पहिले जनावर मार्न गौडा कुर्ने चलन थियो, अहिले सवारी चालक पिर्न सेतो टोपीहरु गौडा कुर्न थाल्या छन् । माथिको आदेश पालना ग¥या छन् दुःख मान दिन जान्या छन् । प्रशंसा खाने दिन गए अब सेतो टोपीका । गाली खाने दिनमात्र हो अब त । विश्वास गर्न पनि मुश्किल । चोरले हो गौडा कुर्ने, डकैती गर्ने हो छिर्के हान्ने ! रुखमुनि लुकेर त डाँका डाल्ने हो ? अहिले त सेतो टोपीका टोलीको काम त्यस्तै हो । गौडा कुर्ने, छिर्की हान्ने । बिरालोले मुसा ढुकेर बसेजस्तै नदेखिने ठाउँमा लुकेर मुसा मार्न खोज्ने त ढाँडे बिरालो पो हुन्छ ! कुनबेला दुलोबाट आउला र च्याप्प समातेर कुप्लुक्कै खाउँला भन्ने । 

सेतो टोपीको आफ्नै नाम छ । आफ्नै स्वाभिमान त छ । गौडा कुरेर बदनाम किन बन्नुपरेको हो गाँठे ? सेतो टोपीलाई डकैती नबनाऊ न हो । पारदर्शी बनाऊ । नियममा बस्न बाध्य बनाऊ । यो त अति नै भो नि मायालु भनेजस्तै गौडा कुर्ने, च्याप्प समातेर झ्याँप्प चिट काट्ने । सेतो टोपीको सान भइरहेको छ बदनाम । आऊ–आऊ च्याप्प समाऊ, मन लागेको जति जरिवाना कटाऊ । 
 


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP