Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार गठनबारे राप्रपामा मतभेद
कोशी प्रदेश  सरकार गठनबारे राप्रपामा मतभेद
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०
  •  अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष सरकारमा जाने पक्षमा तर खुलेको छैन 
  •  महामन्त्री डा. धवलशमशेर जबरा पक्ष सरकारमा जान नहुने अडानमा 
  •  मुख्यमन्त्री राप्रपाले पाउने चर्चा
  •   गठबन्धनका थापा र आङ्बो तथा एमालेका कार्की मुख्यमन्त्रीको दौडमा 

काठमाडौं– मध्यावधि निर्वाचनउन्मुख देखिएको कोशी प्रदेशमा सरकार गठनका लागि नेपाली कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन र नेकपा एमाले दौडधुपमा छन् । आवश्यक बहुमत नहुँदा दुवै पक्षले सरकार गठनमा सकस बेहोर्नुपरिरहेको छ । 

यहीबेला प्रदेश संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनिर्णित छ । कसलाई समर्थन गर्ने भन्ने स्पष्ट छैन । पार्टी महामन्त्री राजेन्द्र गुरुङका अनुसार राप्रपा त्यसबेला निर्णित हुन्छ, जतिबेला कांग्रेस नेतृत्वको गठबन्धन वा एमालेले प्रदेश खारेजीको एजेण्डामा समर्थन जनाउँछ । समर्थन जनाउने दल वा गठबन्धनलाई सरकार गठनको क्रममा सहयोग गर्ने उनले प्रभावलाई बताए ।

तर, प्रदेश खारेजीको पक्षमा कोशी प्रदेशका कुनै पनि दल छैनन् । एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) प्रदेश संरचनाको पक्षपाती दलहरू हुन् । यी दलहरू संघीय प्रणालीअनुसारको मूल संरचना नै प्रदेशलाई मान्छन् । यस्तो अवस्था हुँदा महामन्त्री गुरुङको भनाइलाई आधार मान्ने हो भने राप्रपाको चाहना सरकारमा जाने छैन ।

हुन पनि राप्रपाको ठूलो तप्का अहिलेको अवस्थामा पार्टी सरकारमा जान नहुने पक्षमा छ । यस पक्षका मूल नेताहरू आवरणमा पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी देखिए पनि महामन्त्री डा. धवलशमशेर जबरा हुन् ।जबरा पक्षले कोशीको सरकारमा राप्रपा पटक्कै जान नहुने भन्दै दबाब बढाइरहेका छन् । यसअघि ११ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाँदा राप्रपा र अध्यक्ष लिङ्देनको लोकप्रियता घटेको टिप्पणी गत जेठको पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा जबरा पक्षका नेताहरूले गरेका थिए ।

Hardik health

अहिले पनि कोशीको सरकारमा जानै नहुने जबरा पक्षको मत छ । बरु, प्रतिपक्षमा बसेर सिर्जनात्मक भूमिका संसद्मा निर्वाह गर्दा पार्टीलाई हित हुने तर्क अघि सारिएको जबरानिकट एक नेताले बताए । सरकारमा जान नहुने र कुनै दललाई समर्थन गर्न नहुने भन्नुलाई मध्यावधि निर्वाचनको चाहनासँग जोडेर हेर्न थालिएको छ । प्रदेश मध्यावधि निर्वाचनमा जाने भनेको संविधानको १६८ अन्तर्गतका कुनै पनि संवैधानिक आधारमा टेकेर सरकार गठन हुने अवस्था नहुँदा हो ।

यदि, मध्यावधि निर्वाचनमा प्रदेश गए थप सिट जितेर संसद्मा उपस्थिति बलियो बन्ने आकलन जबरा पक्षको छ । तर, अध्यक्ष लिङ्देन पक्षको भने सरकारमा जानुपर्ने मत छ । जाँदा मन्त्री भएर निर्वाचन क्षेत्रमा बजेट खन्याउन पाइने र अर्को पटक चुनाव जित्न सहज हुने मनसाय लिङ्देन पक्षले प्रकट गर्दै आएको छ । फेरि, लिङ्देनले प्रदेश संसद्मा पठाएका छ जना नै आफू पक्षको हो । छ जनामध्ये पाँच जना लिङ्देनकै गृहजिल्ला झापा र एक जना पाँचथरका हुन् ।

सरकारमा गएको अवस्थामा गठबन्धनलाई समर्थन गर्न सक्ने चर्चा छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिङ्देनको राजनीतिक सम्बन्ध पछिल्लो समय त्यति राम्रो छैन । त्यही भएर यदि सरकारमा जाने निर्णय भएको अवस्थामा राप्रपाको समर्थन गठबन्धनलाई हुने लिङ्देन निकट एक नेताले बताए । ती नेता भन्छन्, ‘अहिले मुख्यमन्त्री पाए राप्रपा सरकारमा जान्छ भन्ने जुन हल्ला फिँजाइएको छ नि, त्यो सरकारमा जाने उद्देश्यसँग सम्बन्धित छ ।’

लिङ्देन पक्षले चाहे जसरी मुख्यमन्त्री दिने छाँट गठबन्धन दल वा एमालेमा देखिएको छैन । यसलाई पुष्टि गर्ने केही दृष्टान्त छन् । पहिलो, मुख्यमन्त्री हुने भन्दै गठबन्धन दलका कोशी प्रदेश संसदीय दलका नेताहरू काठमाडौंमा आइपुगेका छन् । गठबन्धनका शीर्ष नेताहरूसँग लगातार बालुवाटारमा छलफल गरिरहेका छन् ।

गठबन्धनकोतर्फबाट कांग्रेसका हालै पदमुक्त मुख्यमन्त्री उद्धव थापा र माओवादीका इन्द्र आङ्बो मुख्यमन्त्रीको दौडमा छन् । एमालेबाट हिक्मतकुमार कार्की फेरि दोहोरिन चाहेका छन् । त्यही भएर उनी शुक्रबार कार्यवाहक मुख्यमन्त्री भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान खोजेका थिए । त्यसका लागि विराटनगर विमास्थलदेखि उनले गाडी मगाएका थिए । तर, कार्यालयले पठाएन । नपठाएपछि उनी निवासतिर लागेका थिए । 

यी तथ्यहरूले तात्कालिक स्थितिमा राप्रपालाई मुख्यमन्त्री दिन गठबन्धन र एमाले तयार नहुने आधार देखाउने विश्लेषण हुँदै आएको छ । यति हुँदाहुँदै पनि अध्यक्ष लिङ्देन पक्षले मुख्यमन्त्री लिएर सरकारमा जाँदा ठीक हुने धारणा आन्तरिक रुपमा अघि सारिरहेका छन् । लिङ्देनको यो कदम कार्यान्वयन हुने भन्नेचाहिँ छैन । किनभने यसअघि गत वर्ष राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भन्ने लिङ्देनको लाइन अस्वीकृत भयो । कोशीमा सरकार गठनको सन्दर्भमा पनि लिङ्देन लाइन अस्वीकृत हुने सम्भावना रहेको एक नेता बताउँछन् । 

तर, प्रवक्ता सगुनसन्दुर लावतीले भने सरकारमा जाने कि नजाने ? यदि, जाँदा गठबन्धन कि एमालेसँग भन्ने निक्र्योल हुन बाँकी रहेको बताए । ‘विधानतः सरकारमा जाने कि नजाने भन्ने केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्छ । त्यही बैठकले यदि जाँदा कुनसँग जाने ? त्यो पनि टुंगो लाग्छ,’ लावतीले भने । 

कोशी संसद्मा एमालेका ४० जना सांसद छन् । कांग्रेसका २९ जना, माओवादीका १३ जना, राप्रपाका ६ जना, नेकपा एसका चार जना र जसपाका एक जना सांसद छन् । यसअघि राप्रपाले एमालेसँग राजनीतिक सहकार्य कोशीमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाउनुभन्दा पहिलेसम्म राप्रपाले गरेको थियो । बाँकी दलहरू गठबन्धनमा बाँधिए ।
 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:४८
#कोशी_प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने
एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने मंगलबार, मंसिर १६, २०८२
‘देश विकासका लागि श्रमदान अपरिहार्य’ :श्रम संस्कृति पार्टीका अध्यक्ष
‘देश विकासका लागि श्रमदान अपरिहार्य’ :श्रम संस्कृति पार्टीका अध्यक्ष मंगलबार, मंसिर १६, २०८२
महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने
महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने मंगलबार, मंसिर १६, २०८२
एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित 
एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित  सोमबार, मंसिर १५, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ सोमबार, मंसिर १५, २०८२
राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट
राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट सोमबार, मंसिर १५, २०८२
कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने
कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP