Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मन्त्री तीर्थ लामाद्वारा बेथानचोकमा दुई खानेपानी आयोजना उद्‍घाटन
खानेपानी मन्त्री तीर्थ लामाद्वारा बेथानचोकमा दुई खानेपानी आयोजना उद्‍घाटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

भुग्देउ– बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा निर्मित वृहत एक घर एक धारा आयोजना अन्तर्गत महांकालचौर खानेपानी तथा सरसफाई एवं थिङछाप खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री लामाले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने कुराको सुनिश्चता गर्न संघ, प्रदेश र स्थानीयतह जिम्मेवार हुनु पर्ने बताए । यही जिम्मेवारीलाई आत्मसात गर्दै जनताले आफूहरुलाई काम गर्न पठाएकोले प्रत्येक भोटलाई जनादेश सम्झिएर कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

364221953_3445217819029448_4716473506007181251_n1690729215.jpgखानेपानी तथा सरसफाइ सम्बन्धि नीति अनुरुप पानीको अधिकारलाई  प्रभावकारी रुपमा सम्पन्न गर्न खानेपानीका संरचना एक पटक बनाएर मात्र नहुने भन्दै लामाले दीर्घकालिन योजना बनाएर अघि बढ्न समुदायलाई आग्रह गरे । 'स्वच्छ र गुणस्तरीय खानेपानीका लागि म तपाईहरुसँगै हुनेछु,' उनले भने । आफूले बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मवारी संहालेसँगै काभ्रेमा सिंचाई, खानेपानी, बाटो लगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको स्मरण गर्दै लामाले जनताको सेवा गर्न अनुमोदन गरिदिनुहुने मतदाताहरुलाई धन्यवाद ज्ञापनसमेत गरे । उनले खानेपानीसँग सम्बन्ध राख्ने नीति, यसका योजना तथा कार्यक्रमको तर्जुमा, सुक्ष्म कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन, स्वच्छता सम्बन्धी अवधारणा समेत खानेपानी र सरसफाइको अभिन्न अंग भएकोले जिम्मेवार ढंगले लागि पर्न गाउँपालिकालाई आग्रहसमेत गरे ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खानेपानी क्षेत्रमा राष्ट्रिय नीतिका रूपमा अघि सारिएको ‘एक घर एक धारा नीति’ नारा अनुसार काम गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए । उनले यस्ता कार्यक्रमले समुदायलाई समृद्धितिर लैजाने निश्चित भएकोले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताए । विकास भनेको बाटो मात्र होइन भन्दै उहाँले हासिल उपलब्धीको दिगोपना सुनिश्चितता, पूर्ण सरसफाइ अवस्थाको श्रृजना जस्ता जनजीविकाका सवालहरुलाई पनि न्यायोचित सम्वोधन गर्ने तर्फ प्रयाश गर्नु आवश्यक रहेको छ । स्वस्थ आनीबानी व्यवहारमा लागू गर्न लगानी आवश्यक रहेको बताए । अध्यक्ष अधिकारीले साझेदार संस्था नेवालाई समयमै आयोजना सम्पन्न गरेकोमा धन्यवाद दिए ।

बेथानचोक गाउँपालिका वडा ६ का अध्यक्ष विष्णु तामाङले स्वागत मन्तव्य राख्दै आयोजनाका लागि क्रियाशील सबैलाई धन्यवाद दिएका थिए । गाउँपालिका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष हुँदा देखेको सपना र शुभारम्भ गरिएका अभियानले मुर्तरुप पाएकोमा प्रशन्नता व्यक्त गर्दै बेथानचोकमा खानेपानीका लागि समस्या छैन भन्ने सन्देश दिन सक्ने वातावरण बन्दै गएकोमा सरोकारवाला सबैको प्रशंसा गरे ।

कार्यक्रमका सभापतिसमेत रहनु भएका महांकाल चौर खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले आयोजना समयमै सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट साथ, सहयोग समर्थन गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गरे । उनले खानेपानी आयोजनाको दीगोपना, कुशल व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण गराई पाउँ भनी मन्त्री लामा समक्ष माग पत्र पनि प्रस्तुत गरेका थिए ।

भुग्देउमा महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालय गरि करिब ५ सय घरधुरीमा खानेपानी पुगेको छ ।

परियोजनाबाट महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १ हजार ७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य  र  वडा कार्यालयबाट १ हजार २५ जना लाभान्वित भएका छन् । उक्त आयोजना अन्तर्गत १ करोड ७५ लाख ४७ हजार २२० रुपैंयाको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए । उनका अनुसार, नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपैंया, बेथानचोक गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपैंया, जनश्रमदानबाट २२ लाख ३८ हजार ९६७ रुपैंया, र समुदाय स्तरबाट २१  लाख ६४ हजार ५८० रुपैंयाको सहयोगमा दुई वटा मुहान तथा  संरचनाहरु तयार भएका हुन् । त्यस्तै १ करोडा ११ लाख १३ हजार ७३४ रुपैंयाको कुल लागतमा खानेपानीको मुहान संरचना तयार भएको थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिर्थ बहादुर लामाले जानकारी दिए । उनका अनुसार, नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपैंया, बेथानचोक गाउ“पालिकाबाट २१ लख ९७ हजार ६९९ रुपैंया, जनश्रमदानबाट १० लाख ७९ हजार ९५६ रुपैंया र समुदाय स्तरबाट १२ लाख १६ हजार ७१४ रुपैंयाको सहयोगमा संरचनाहरु तयार भएका छन् ।

कार्यक्रममा बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा १ का अध्यक्ष मधुसुदन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ३ का अध्यक्ष कुवेर ढकाल, विभिन्न वडाका सदस्य, आयोजना क्षेत्र भित्रका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, दुवै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP