Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मन्त्री तीर्थ लामाद्वारा बेथानचोकमा दुई खानेपानी आयोजना उद्‍घाटन
खानेपानी मन्त्री तीर्थ लामाद्वारा बेथानचोकमा दुई खानेपानी आयोजना उद्‍घाटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

भुग्देउ– बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा निर्मित वृहत एक घर एक धारा आयोजना अन्तर्गत महांकालचौर खानेपानी तथा सरसफाई एवं थिङछाप खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री लामाले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने कुराको सुनिश्चता गर्न संघ, प्रदेश र स्थानीयतह जिम्मेवार हुनु पर्ने बताए । यही जिम्मेवारीलाई आत्मसात गर्दै जनताले आफूहरुलाई काम गर्न पठाएकोले प्रत्येक भोटलाई जनादेश सम्झिएर कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

364221953_3445217819029448_4716473506007181251_n1690729215.jpgखानेपानी तथा सरसफाइ सम्बन्धि नीति अनुरुप पानीको अधिकारलाई  प्रभावकारी रुपमा सम्पन्न गर्न खानेपानीका संरचना एक पटक बनाएर मात्र नहुने भन्दै लामाले दीर्घकालिन योजना बनाएर अघि बढ्न समुदायलाई आग्रह गरे । 'स्वच्छ र गुणस्तरीय खानेपानीका लागि म तपाईहरुसँगै हुनेछु,' उनले भने । आफूले बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मवारी संहालेसँगै काभ्रेमा सिंचाई, खानेपानी, बाटो लगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको स्मरण गर्दै लामाले जनताको सेवा गर्न अनुमोदन गरिदिनुहुने मतदाताहरुलाई धन्यवाद ज्ञापनसमेत गरे । उनले खानेपानीसँग सम्बन्ध राख्ने नीति, यसका योजना तथा कार्यक्रमको तर्जुमा, सुक्ष्म कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन, स्वच्छता सम्बन्धी अवधारणा समेत खानेपानी र सरसफाइको अभिन्न अंग भएकोले जिम्मेवार ढंगले लागि पर्न गाउँपालिकालाई आग्रहसमेत गरे ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खानेपानी क्षेत्रमा राष्ट्रिय नीतिका रूपमा अघि सारिएको ‘एक घर एक धारा नीति’ नारा अनुसार काम गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए । उनले यस्ता कार्यक्रमले समुदायलाई समृद्धितिर लैजाने निश्चित भएकोले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताए । विकास भनेको बाटो मात्र होइन भन्दै उहाँले हासिल उपलब्धीको दिगोपना सुनिश्चितता, पूर्ण सरसफाइ अवस्थाको श्रृजना जस्ता जनजीविकाका सवालहरुलाई पनि न्यायोचित सम्वोधन गर्ने तर्फ प्रयाश गर्नु आवश्यक रहेको छ । स्वस्थ आनीबानी व्यवहारमा लागू गर्न लगानी आवश्यक रहेको बताए । अध्यक्ष अधिकारीले साझेदार संस्था नेवालाई समयमै आयोजना सम्पन्न गरेकोमा धन्यवाद दिए ।

Ncell
Hardik health

बेथानचोक गाउँपालिका वडा ६ का अध्यक्ष विष्णु तामाङले स्वागत मन्तव्य राख्दै आयोजनाका लागि क्रियाशील सबैलाई धन्यवाद दिएका थिए । गाउँपालिका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष हुँदा देखेको सपना र शुभारम्भ गरिएका अभियानले मुर्तरुप पाएकोमा प्रशन्नता व्यक्त गर्दै बेथानचोकमा खानेपानीका लागि समस्या छैन भन्ने सन्देश दिन सक्ने वातावरण बन्दै गएकोमा सरोकारवाला सबैको प्रशंसा गरे ।

कार्यक्रमका सभापतिसमेत रहनु भएका महांकाल चौर खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले आयोजना समयमै सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट साथ, सहयोग समर्थन गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गरे । उनले खानेपानी आयोजनाको दीगोपना, कुशल व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण गराई पाउँ भनी मन्त्री लामा समक्ष माग पत्र पनि प्रस्तुत गरेका थिए ।

भुग्देउमा महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालय गरि करिब ५ सय घरधुरीमा खानेपानी पुगेको छ ।

परियोजनाबाट महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १ हजार ७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य  र  वडा कार्यालयबाट १ हजार २५ जना लाभान्वित भएका छन् । उक्त आयोजना अन्तर्गत १ करोड ७५ लाख ४७ हजार २२० रुपैंयाको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए । उनका अनुसार, नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपैंया, बेथानचोक गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपैंया, जनश्रमदानबाट २२ लाख ३८ हजार ९६७ रुपैंया, र समुदाय स्तरबाट २१  लाख ६४ हजार ५८० रुपैंयाको सहयोगमा दुई वटा मुहान तथा  संरचनाहरु तयार भएका हुन् । त्यस्तै १ करोडा ११ लाख १३ हजार ७३४ रुपैंयाको कुल लागतमा खानेपानीको मुहान संरचना तयार भएको थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिर्थ बहादुर लामाले जानकारी दिए । उनका अनुसार, नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपैंया, बेथानचोक गाउ“पालिकाबाट २१ लख ९७ हजार ६९९ रुपैंया, जनश्रमदानबाट १० लाख ७९ हजार ९५६ रुपैंया र समुदाय स्तरबाट १२ लाख १६ हजार ७१४ रुपैंयाको सहयोगमा संरचनाहरु तयार भएका छन् ।

कार्यक्रममा बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा १ का अध्यक्ष मधुसुदन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ३ का अध्यक्ष कुवेर ढकाल, विभिन्न वडाका सदस्य, आयोजना क्षेत्र भित्रका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, दुवै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल शनिबार, भदौ २७, २०८३
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’ शनिबार, भदौ २७, २०८३
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP