Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • मैथिली भाषा सकंटमा
मैथिली भाषा सकंटमा
हिमांशु चौधरी
हिमांशु चौधरी आइतबार, साउन १४, २०८०

समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ । 

सम्पर्क भाषामा हिन्दी तथा मातृभाषामा मगही भाषाको प्रश्रयको बहसले गर्दा मैथिली भाषाको भविष्यबारे चिन्तन मनन् हुन थालेको छ । हुन त विश्व प्रसिद्ध सन्दर्भग्रन्थ साउथ एशियन एण्ड द मिडिल इष्टमा सङ्कटापन्न भाषाको सूचीमा मैथिली भाषाको उल्लेख नभएका कारण तत्काल यो भाषा सुरक्षित रहेको सन्तोष गर्न सकिन्छ  । त्यस ग्रन्थमा नेपालको तीन भाषा नेपाली, मैथिली र भोजपुरीलाई सुरक्षित  भएको उल्लेख छ । तर सुक्ष्म विश्लेषणले सन्तोष लिने  अवस्था सम्भवतः भविष्यमा विद्यमान नरहने सङ्केत पनि दिइरहेको छ । कतिपयले मैथिली भाषाको मृत्यु हुने कारक तत्व पनि उल्लेख गर्न थालेका छन् ।

इतिहासको कालखण्डमा मैथिली भाषा मिथिला क्षेत्रमा मात्र सीमित नरहेर काठमाडौं उपत्यका र पाल्पासम्म आफ्नो प्रभाव कायम गरेको पाइन्छ । साहित्य क्षेत्रमा समेत विशिष्ट स्थान ओगटेको यस भाषाको आफ्नै लिपि पनि रहेको छ । सेन राजाहरूले समेत मैथिली भाषालाई राजभाषा बनाएको पाइन्छ । नेपालको पुरातन गरिमालाई सम्झाउने मैथिली भाषाका साहित्य, संस्कृति, कलाको समुन्नत स्थिति, भाषाको माधुर्य, अभिव्यक्तिको सौन्दर्य एवं लचिलोपनले गर्दा काठमाडौं उपत्यकाभित्रका मल्ल राजाहरूले पनि नाटक, काव्य तथा गीत रचनामा मैथिलीलाई प्रशस्त माध्यम बनाएको अनुसन्धानबाट पुष्टि हुन्छ ।

मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ । वाल्मीकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएअनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेको बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणहरूले सरल ढङ्गले ब्झ्ने भएकाले एक आपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो ।

Hardik health

डा दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्य साहित्यको इतिहास नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ । वेद, पुराण, उपनिषद, मीमांशामा वर्णित वातावरण, वनस्पति, जीवजन्तु, मिथिलासङ्ग मेल खान्छन् ।ंं जनक वंशको उदयपछि विधिवत रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो । 

इतिहासकारहरूले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यस बीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, बाग्मती ,गण्डकी तथा गङ्गाजस्ता नदीहरूको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात् तीनतिरबाट घेरिएको भनिन्छ । आठौं शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ । त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले पनि उपलब्ध छ । यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा उपलब्ध छ । भाषाविद् डा. रामावतार यादवका अनुसार  राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८औँ शताब्दीभित्र लेखिएको नाटकको १५० पाण्डुलिपि रहेकोमध्ये मैथिलीमा ११५, नेवारीमा २६ र बङ्गालीमा पाँच वटा रहेका छन् । अहिलेसम्म पुष्टिको आधारमा भारतीय आर्य समुदायका २८ भाषामध्ये मराठीपछि मैथिली नै पुरानो रहेको छ । 

उन्नाइसौँ शताब्दीमा जर्ज अब्राहम गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ । इतिहासकार डा। तुलसीराम वैद्यद्वारा सिम्रोनगढमा गरिएको अनुसन्धानबाट कर्णाटवंशीय राजाहरूको शासनकालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त भएको देखिन्छ । चौधौँ शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाहरूको कामकाज मैथिली भाषामा हुन्थ्यो । 

चौधौँ शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो । सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्य पद्यको रचना गरेका थिए । विद्यापतिलाई रवीन्द्रनाथ टैगोरले समेत काव्य गुरू स्वीकार गरेका छन् । विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा वास बसेको बेला भगवत गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधारहरू विद्यमान छ ।

पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको कामकाजको भाषा मैथिली रहेको पाइन्छ । मल्ल राजाहरू मैथिलीमा बोल्थे, साहित्य पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजको मान्यता दिएको देखिन्छ । पछि राजा महेन्द्रले ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ नीतिको नाममा मैथिली भाषा–संंस्कृतिमाथि प्रहार गरी पहिचानलाई समाप्त गर्ने पडयन्त्र गरिएको अध्याय इतिहासमा पाइन्छ । 

यस अवस्थामा इतिहास, व्यवहार र वैज्ञानिक सिद्ध आधारमा समृद्ध मैथिली भाषाको अस्तित्व नै सङकट पार्ने विरूद्धको भाषिक आन्दोलनलाई अतिक्रमणको मारबाट बचाउने अभियानका रूपमा लिनु जरूरी देखिएको छ । किनकी भाषाको सम्बन्ध संस्कृति, सभ्यता, स्वाभिमान र पहिचानसँग गाँसिएको छ । विगतका शाहकालका शासकले सत्ता, हैकम, राजनीति कायम गर्न मैथिली भाषाप्रति गरेको प्रहारका कारण मैथिली भाषा आफ्नो पुरानो अस्तित्वको खोजमा रहेको छ । आफ्नो लिपि छ, स्रष्टा छन् तर उपेक्षित छन्  । 

हुन त मैथिली भाषाले मैथिली भाषाभाषीलाई जातीय व्यक्तित्व र पहिचान मात्र प्रदान गरेको छैन, राष्ट्रको साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको तथ्य छ । नेपाली  भाषामा मैथिली भाषाको गहिरो छाप छ । मैथिल क्षेत्रका स्थान नाम, वनस्पति, खानपान, रहनसहन र दैनिक व्यवहारमा प्रचलित स्थानीय उपकरण बुझाउने जस्ता शब्दहरु नेपाली भाषामा पाइन्छ । ताापनि शासक वर्गको बक्रदृष्टिको शिकार भई मैथिली भाषीको सङ्ख्या घटदै जानुले भाषाको भविष्यमाथि गम्भीर चुनौती देखिन्छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बोलिने १२४ वटा मातृभाषामा नेपाली ४४.८६ प्रतिशत, मैथिली ११.०५ प्रतिशत, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत, बज्जिका ३.८९ प्रतिशत, अवधि २.६६ प्रतिशत, नेवारी २.९६ प्रतिशत, मगर धुत २.७८ प्रतिशत र डोटेली १.७ प्रतिशत देखिएको छ । यसमा मैथिली भाषीको सङ्ख्यामा  क्षय भएको देखिएको छ । मूलभूत रुपमा  भाषाका क्षयका कारकमा मातृभाषालाई परित्याग गरी अन्य प्रभुत्वशाली भाषालाई वरण गर्नु पनि मैथिलीका लागि चिन्तनीय पक्ष देखिन्छ । यसका साथै मैथिली भाषीको अवसरलाई सीमित अगुवा भनिनेले गरिरहेका गतिविधिप्रतिको आक्रोशले पनि मैथिली भाषीको क्षयको क्रमलाई मलजल दिइरहेको छ । स्थानीय तहमा पनि त्यही प्रवृत्तिले मैथिलीप्रति कुनै खास जातिको भनी यही भाषालाई ठेठी र अन्य भाषा नामाकरण गरी जनगणनामा मैथिली मातृभाषा नलेखाएको कटु सत्यलाई नकार्न सकिदैन ।  

संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ । हिमालका शिखरदेखि लिएर तराई मधेशका विशाल फाँटसम्म बग्ने नदी सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीका किनारामा बेलाबेलामा विकसित संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति हो । कोशी र गण्डकीको बीचको मिथिला संस्कृतिको आफ्नो महत्व छ । यहाँको बृहत् अरण्यलाई गङ्गापारबाट आउने आग्नेय जाति र अग्नि लिएर सदानीरा ९गण्डकी० पारबाट आउने आर्य जातिले आवाद गुल्जार गरे ।  जनसंस्कृति र कृषि संस्कृतिको सारमन्थनबाट नै मिथिला संस्कृतिको जन्म भयो । ज्ञान, कर्म र शील नै यसको सारसिद्ध छ । यसैअन्तर्गत वंशगत शिल्प, वस्तु, धारणा, प्रक्रिया, अभ्यास तथा मूल्यहरू समावेश रहेको हुन्छ । त्यसैले संस्कृतिलाई जिन्दगीको तरिका र सभ्यताको परिचायक मानिएको छ । 

यसअन्तर्गत हामी जे गर्छौंँ त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ । मैथिल संस्कृतिको सरसता, समरसता एवं संवेदनशीलताप्रतिको जागरणका अर्थमा ग्रहण गर्नु पर्दछ । वर्तमानमा सङ्घ र प्रदेश सरकारको उपेक्षाको प्रसङ्ग मैथिली भाषाको क्षय एउटा पक्ष छ भने अधिकांश मैथिलीभाषी युवा मैथिलीको अर्धवक्ता हुनु, शिक्षकद्वारा शिक्षार्थीलाई तथाकथित अवस्तरीय, अमानक मैथिली भाषिकाको प्रयोगलाई निरुत्साहित गर्दै मैथिलीलाई स्पष्ट रुपमा अशुद्ध, ठेठ, गवार आदिले पक्षपातपूर्ण विशेषण, सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक परिवेशका कारण अभिभावकद्वारा बालबालिकालाई विकासको निहुँमा मातृभाषाबाट विमुख गर्नुले पनि क्षयको कारक मान्न सकिन्छ । अतः मैथिली भाषाभाषी आफ्नो भाषाप्रति अगाध श्रद्धा प्रदर्शन, विद्यालयी शिक्षामा मैथिली भाषाको प्रवेश, चयन र प्रयोग, बृहत् भाषा योजना, मैथिली भाषाभाषी क्षेत्रको समाजशास्त्रीय सर्वेक्षण आवश्यक छ । 

(लेखक पत्रकार एवं मैथिली भाषा, साहित्यका अध्यता हुन्)
 


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP