दाङ – दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते । घोराही उपमहानगरपालिका वडा नम्बर ३ को भैँसी बगाउने खोला नजिक घोराही तर्फआउदै गरेको ट्रक उकालोमा टायर पञ्चर भई रोक्ने क्रममा ब्रेकफेल भई सडकबाट तल खोल्सामा खसेको छ ।
जिल्लाको कृष्णसेन इच्छुक मार्ग अन्तरगत लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार करिब १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।