Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’
पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १२, २०८०

काठमाडाैं -  के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ । यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न आउने पर्यटकको लागि सहज बनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने भएको छ ।

युनेस्कोले हरेक पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि कहाँ के छ ? र कस्तो छ भन्ने जानकारी दिने गरी ‘हेरिटेज पासपोर्ट’ प्रदान गर्ने गरेकोमा पनौतीमा पनि सो लागू गर्न लागिएको पनौती पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठको भनाइ छ । 

उनले ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न ‘पनौती पर्यटक सूचना केन्द्र’ लाई नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको जानकारी दिए । “अब हरेक पर्यटकको विवरण राख्ने र पनौतीलगायतका आसपासका ठाउँ घुम्नका लागि रुट र होटल तथा घरबासका लागि आवश्यक जानकारीसहितको ‘हेरिटेज पासपोर्ट’ वितरण गरेर सहजता बनाउँदै छौँ”, उनले भने, “यसका लागि सबै तयारी भइसकेकाले अब छिट्टै वितरण सुरु गर्छौं ।”

पनौतीमा आउने पर्यटकलाई पनौती के हो र यसको महत्व कस्तो छ भन्ने विषयमा जानकारी दिनुका साथै पनौतीभित्र कुन–कुन ठाउँ घुम्न आवश्यक छ भन्ने विषयलाई जानकरी दिन केन्द्रले आवश्यक सहयोगी सामग्रीसहितको नक्सासमेत तयार गरिसकेको छ ।केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बनेको पर्यटक सूचना केन्द्रलाई नयाँ ढङ्गले विकास गर्दै लानु खुसीको कुरा भएको बताए । 

Hardik health

केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको गन्तव्य बनाउन सूचना, सुरक्षा र सुविधा पहिलो आवश्यक रहेकाले  आफूहरुले त्यसको पूर्णता दिने योजनालाई समेत अगाडि सारेर काम गरिरहेको बताए । पनौतीका पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटकको सुरक्षासम्बन्धी पनि योजना बनाइरहेको बताए ।

उनले पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि पर्यटक बस र बिरामी परेको अवस्थामा पर्यटक एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए । त्यससँगै पनौती नगरबासिन्दाको लागि जीविकोपार्जन गर्न सकिने आधार खोजीका लािग नगरपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ । 

वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले आफ्नो वडा स्मारक क्षेत्रमा परेको र विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रक्रिया अगाडि बढिरहेको बताए । यसतो अवस्थामा पुरानै शैलीको नक्सा पास गर्नका लागि इञ्जिनियरलाई सोही अनुसार निर्देशन दिइएको उनको भनाइ छ । 

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने काममा लागिरहेको बताए । उनले पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना बनाएर अगाडि बढिरहेको स्पष्ट पारे । “विसं २०५८ सालमा पनौती स्मारक क्षेत्र घोषणा भएको हो, अब विश्वसम्पदा सूचीमा सूचीकृत गराउनु हामी सबैको दायित्व हो, त्यो सफल हुन सकेको खण्डमा पनौतीले अर्को सफलता हासिल गर्नेछ”, उनले भने । 

अहिले पनौतीको स्मारक क्षेत्रभित्रका सडकमा सहरी विकास मन्त्रालयको सहयोगमा इँटा छाप्ने काम सम्पन्न भएको र बाँकी अन्य कामको लागि पनि योजनाबद्धरुपमा लागिरहेको उनको भनाइ छ । त्यससँगै सबै वडालाई पर्यटन गन्तव्यको विकास विकास गर्ने योजनालाई अगाडि सारेको बताउँदै उनले ‘हाम्रो काम हामीले नै गरौँ’ भन्ने संस्कारको विकास गरेर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पनौतीको पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुहुँदै पनौतीको ऐतिहासिकतालाई जोगाउनु मुख्य दायित्व भएको बताए । पनौतीमा वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक घुम्न आउने गरेको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP