Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’
पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १२, २०८०

काठमाडाैं -  के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ । यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न आउने पर्यटकको लागि सहज बनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने भएको छ ।

युनेस्कोले हरेक पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि कहाँ के छ ? र कस्तो छ भन्ने जानकारी दिने गरी ‘हेरिटेज पासपोर्ट’ प्रदान गर्ने गरेकोमा पनौतीमा पनि सो लागू गर्न लागिएको पनौती पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठको भनाइ छ । 

उनले ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न ‘पनौती पर्यटक सूचना केन्द्र’ लाई नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको जानकारी दिए । “अब हरेक पर्यटकको विवरण राख्ने र पनौतीलगायतका आसपासका ठाउँ घुम्नका लागि रुट र होटल तथा घरबासका लागि आवश्यक जानकारीसहितको ‘हेरिटेज पासपोर्ट’ वितरण गरेर सहजता बनाउँदै छौँ”, उनले भने, “यसका लागि सबै तयारी भइसकेकाले अब छिट्टै वितरण सुरु गर्छौं ।”

पनौतीमा आउने पर्यटकलाई पनौती के हो र यसको महत्व कस्तो छ भन्ने विषयमा जानकारी दिनुका साथै पनौतीभित्र कुन–कुन ठाउँ घुम्न आवश्यक छ भन्ने विषयलाई जानकरी दिन केन्द्रले आवश्यक सहयोगी सामग्रीसहितको नक्सासमेत तयार गरिसकेको छ ।केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बनेको पर्यटक सूचना केन्द्रलाई नयाँ ढङ्गले विकास गर्दै लानु खुसीको कुरा भएको बताए । 

Hardik health

केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको गन्तव्य बनाउन सूचना, सुरक्षा र सुविधा पहिलो आवश्यक रहेकाले  आफूहरुले त्यसको पूर्णता दिने योजनालाई समेत अगाडि सारेर काम गरिरहेको बताए । पनौतीका पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटकको सुरक्षासम्बन्धी पनि योजना बनाइरहेको बताए ।

उनले पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि पर्यटक बस र बिरामी परेको अवस्थामा पर्यटक एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए । त्यससँगै पनौती नगरबासिन्दाको लागि जीविकोपार्जन गर्न सकिने आधार खोजीका लािग नगरपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ । 

वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले आफ्नो वडा स्मारक क्षेत्रमा परेको र विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रक्रिया अगाडि बढिरहेको बताए । यसतो अवस्थामा पुरानै शैलीको नक्सा पास गर्नका लागि इञ्जिनियरलाई सोही अनुसार निर्देशन दिइएको उनको भनाइ छ । 

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने काममा लागिरहेको बताए । उनले पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना बनाएर अगाडि बढिरहेको स्पष्ट पारे । “विसं २०५८ सालमा पनौती स्मारक क्षेत्र घोषणा भएको हो, अब विश्वसम्पदा सूचीमा सूचीकृत गराउनु हामी सबैको दायित्व हो, त्यो सफल हुन सकेको खण्डमा पनौतीले अर्को सफलता हासिल गर्नेछ”, उनले भने । 

अहिले पनौतीको स्मारक क्षेत्रभित्रका सडकमा सहरी विकास मन्त्रालयको सहयोगमा इँटा छाप्ने काम सम्पन्न भएको र बाँकी अन्य कामको लागि पनि योजनाबद्धरुपमा लागिरहेको उनको भनाइ छ । त्यससँगै सबै वडालाई पर्यटन गन्तव्यको विकास विकास गर्ने योजनालाई अगाडि सारेको बताउँदै उनले ‘हाम्रो काम हामीले नै गरौँ’ भन्ने संस्कारको विकास गरेर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पनौतीको पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुहुँदै पनौतीको ऐतिहासिकतालाई जोगाउनु मुख्य दायित्व भएको बताए । पनौतीमा वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक घुम्न आउने गरेको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP