Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जर्मन प्राज्ञ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु  ः प्रधानमन्त्री दाहाल
इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु  ः प्रधानमन्त्री दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १२, २०८०

काठमाडाैं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताउनुभएको छ । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ  । 

“भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु”, उनले भने । सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उनले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताए ।  । 

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि स‌ंगठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसंघ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’ मा नेपालको प्रतिनिधित्व गरेकाे थिए । 

सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका क्रममा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटन समारोहमा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्रको अध्यक्षका हैसियतमा सम्बोधन गरेका थिए । 

उनले सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रका रुपमा लिइएको ‘खाद्य प्रणालीमा रुपान्तरणको अभ्यास, सफलता र आगामी बाटो’ मा नेपालका प्रतिनिधित्व गर्दै मुख्य वक्ताका रुपमा सम्बोधन गरेको बताए । “सम्मेलनका क्रममा ‘विद्यालय खाजा कार्यक्रमसम्बन्धी सत्र’लाई पनि सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरेँ”, उनले भने । 

सम्मेलनको मुख्य सत्रलाई सम्बोधनका क्रममा आफूले खाद्य सुरक्षा, पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाद्यमा सहज पहुँच, दिगो कृषि विकास, गरिबी निवारण, भोकमरीको अन्त्यलगायत ‘एजेन्डा–२०३०’ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको प्रधानमन्त्रीले दाहालको भनाइ छ ।

“अतिकम विकसित मुलुकका करोडौँको सङ्ख्यामा रहेका जोखिममा परेका नागरिकलाई आशाको दियो सञ्चार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सामूहिक प्रतिबद्धता देखाउनुपर्ने खाँचो पनि प्रस्ट पारेको छु”, उनले भने । 

प्रधानमन्त्री दाहालले विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि प्रविधि, मल, बजार, पूँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताए । उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसंघका महासचिव, इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत सम्बोधन गरेको थियो । 

“विद्यालय खाजासँग सम्बन्धित सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारबाट भएका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेँ”, उनले भने, “दिवा खाजा कार्यक्रमसम्बन्धी नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो ।” नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाखभन्दा बढी बालबालिका लाभान्वित भएका छन् ।

उक्त कार्यक्रमबाट विद्यार्थीको भर्ना सङ्ख्या, हाजिरी, र उनीको सिकाइको स्तरमा उल्लेख्य परिवर्तन आएको छ । नेपालले गत पाँच वर्षमा दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेको छ । 

प्रधानमन्त्री दाहालले सम्मेलनका दौरान औपचारिक कार्यक्रमका अतिरिक्त महत्वपूर्ण द्विपक्षीय भेटवार्ता तथा संवाद भएको जानकारी दिए । सम्मेलनका क्रममा आफूसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गटुरेसको भेट भएको र सो भेटमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पु¥याएको योगदान, बहुपक्षीयता, जलवायु परिवर्तन, गरिबी निवारण तथा खाद्य सुरक्षालगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । 

सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटघाट भएको जानकारी दिँदै उनले भेटमा नेपाल र ब‌ंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र ब‌ंगलादेशबीचको सहकार्यलगायत विषयमा सौहाद्र्रपूर्ण छलफल भएको जानकारी दिए। 

“ब‌ंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ, आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ”, उनले भने । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत् बंगलादेशमा निर्यात गर्ने सहमति भएको थियो । “त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत् निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ”, प्रधानमन्त्री दाहाले भने, “ब‌ंगलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।”

उनले भ्रमणका क्रममा गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायसँग विभिन्न विषयमा छलफल गरेको जानकारी दिए  । सातदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरे  । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए । 


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता शुक्रबार, साउन २३, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP