Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभापतिमा भिड्न नेताहरुको ‘वार्मअप’
शशांकको चियापानपछि विमलेन्द्रको रात्रिभोज सभापतिमा भिड्न नेताहरुको ‘वार्मअप’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १२, २०८०
  •  १५औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी नै रहेको बेला केन्द्रीय समितिका सदस्यहरु काठमाडौं जुटेको बेला नेताहरु भने आफ्नो पक्षमा माहोल बनाउन थालेका छन्
  •  देउवा झनै शक्तिशाली देखिए पनि उनको उत्तराधिकारी भने कोही नभएको संस्थापनभित्रै चर्चा छ 
  •  यसैले पनि शशांक र निधिले आफ्नो पक्षमा माहोल बनाउन चियापान र रात्रिभोज आयोजना गरेको नेताहरु बताउँछन्

काठमाडौं– नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न भयो । केन्द्रीय समितिकै छेको पारेर केही नेताले भने चियापानदेखि रात्रिभोज गर्न भ्याएका छन् । मंगलबार कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले लैनचौरमा चियापान आयोजना गरेका थिए । चियापान ‘कांग्रेस एक छ’ भनेर देखाउन आयोजना गरिएको शशांकले बताए ।

त्यसको दुई दिनपछि बिहीबार साँझ कांग्रेस नेता विमलेन्द्र निधिले मैत्रीपूर्ण रात्रिभोज आयोजना गरे । नयाँ बानेश्वरको आनन्दभूमि एभेन्ट्समा साँझ छ केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई निम्तो दिइएको थियो ।कार्यक्रममा नेताहरु साढे ६ बजेबाटै आउन सुरु गरे ।

रात्रिभोजमा सीमित सञ्चारकर्मीलाई पनि निम्तो गरिएको थियो । पार्टी सभापति शेरबहादुर देउवा साँझ ७ बजे आइपुग्नसाथ रात्रिभोज औपचारिक रुपमा सुरु भयो । देउवा आइपुग्नसाथ निधिले औपचारिक कार्यक्रमका लागि सबैलाई मञ्चतिर डाके । एकैछिनमा निधिले केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेको जानकारी दिँदै स्वागत गरे । त्यसपछि देउवाले निधिलाई कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिए । 

रत्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का, धनराज गुरुङ, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट सरकारमा सहभागी मन्त्री, सांसदलगायतको उपस्थिति थियो । त्यस्तै डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

माहोल बनाउँदै नेताहरु
नेपाली कांग्रेसको १४औं महाधिवेशन पूरा भएको २० महिना पुगेको छ । यही बीचमा कांग्रेसमा सभापति परिवर्तनको आवाज उठ्न थालेको छ । १५औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी नै रहेको बेला केन्द्रीय समितिका सदस्यहरु काठमाडौं जुटेको बेला नेताहरु भने आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् ।

चियापान, रात्रिभोजका सन्देश यही रहेको नेताहरु बताउँछन् । कांग्रेसमा देउवाको उत्तराधिकारी खोज्ने क्रम सुरु भइसकेको बेला शशांक र विमलेन्द्रको पछिल्लो कार्यक्रमलाई यही कोणबाट हेरिएको हो । देउवा अहिले संस्थापन पक्षका नेता हुन् । केन्द्रीय समितिका ८२ प्रतिशत सदस्यहरु देउवाको पकडमा छन् । अझ अहिले संस्थापनइतरका नेता डा. शशांक कोइरालासमेत उनीविरुद्ध बोलेका छैनन् ।

पछिल्लो केन्द्रीय समितिबाट देउवा झनै शक्तिशाली देखिएका छन् । यस्तो बलियो देउवाका उत्तराधिकारी भने कोही नभएको संस्थापनभित्रै चर्चा छ । यसैले पनि शशांक र निधिले आफ्नो पक्षमा माहोल बनाउन चियापान र रात्रिभोज आयोजना गरेको कार्यक्रममा सहभागी नेताहरु बताउँछन् ।

निधि १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । उनकै कारण देउवाले पहिलो चरणमा निर्वाचन जित्न सकेनन् । मतदान दोस्रो चरणमा धकेलियो । देउवाले निधिको साथ मागे । निधिले देउवालाई सघाए । प्रकाशमानसहितको सहयोगमा देउवा ६० प्रतिशत मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा चुनिए ।

यस्तैगरी महाविधेशनमा बिपी पुत्र शशांककोसमेत साथ थियो देउवालाई । १३औं महाधिवेशनमा पौडेल गुटबाट महामन्त्री बनेका शशांकले देउवाकै कारण अपजसको भारी बोके । पार्टी सबैभन्दा कमजोर भएको बेला पटकपटक सभापतिबाट देउवाको राजीनामा माग्दा शशांक मौन बसेका थिए । उनै शशांक १४औं महाधिवेशनमा सभापतिका दाबेदार थिए । तर, देउवाले थुम्थुमाएपछि उनले केन्द्रीय सदस्यमै चित्त बुझाए ।

शशांक १५औं महाधिवेशनमा जसरी पनि सभापतिको उम्मेदवार बन्ने दाउमा छन् ।यही मेसोमा डा. शेखरसमेत देउवाको नजिक बन्ने कोसिसमा छन् । १५औं महाधिवेशनमा जसरी पनि सभापति बन्ने दाउमा रहेका शेखर आफ्नै गुटका महामन्त्री गगन थापासँग टाढिइसकेका छन् । थापा १५औं महाधिवेशनमा जसरी पनि सभापतिको उम्मेदवार बन्ने दाउमा लागेका छन् ।
केन्द्रीय समितिमा जंगिएका देउवा कार्यक्रममा भने ठट्टा  
बुधबार केन्द्रीय समितिको निर्णय सुनाउने क्रममा कड्किएका थिए देउवा । पार्टीमा थप संशोधनका विषय उठाउँदै थिए केन्द्रीय सदस्यहरुले । त्यहीबेला परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदको नाम लिँदै कड्किए देउवा । ‘मलाई भन न के हो त्यो । ल्याऊ यहाँ । मलाई ल्याऊ । शेरबहादुर भन्ने मान्छे थाहा छ कि छैन । शेरबहादुर भन्ने मान्छे चिन्या छ ? ल्याऊ न भन्या प्रस्ताव,’ अर्थमन्त्री प्रकाशशरण महतसँग फाइल माग्दै कड्किएका थिए देउवा ।

उनै देउवाले रात्रिभोजमा ठट्याउली गर्न भ्याए । बिहीबार डिनर सुरु भइसकेको थिएन । देउवालाई मञ्चमा बोल्न अनुरोध गरे निधिले । यही मौका छोपेर व्यंग्य कस्न भ्याए देउवाले, ‘खाना खाएपछि धन्यवाद दिउँला भनेको, खान कस्तो छ थाहै छैन ।’ यति भन्दै देउवाले निधिलाई धन्यवाद दिए ।

मंगलबारमात्र डा. शशांकले लैनचौरमा आयोजना गरेको चियापानमा देउवाले चियामात्र खुवाएर अरु केही नखुवाएको भन्दै व्यंग्य गरेका थिए । ‘चियामात्र खुवाउनुभयो, अरु केही खुवाउनुभएन, त्यसका लागि शशांकजीलाई धन्यवाद,’ देउवाले व्यंग्य कसेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०६:३३
#डा. शशांक_कोइराला
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP