दैलेख– नुहाउने क्रममा खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११ खगितडा बस्ने ७५ वर्षीय जय बहादुर थापाको सोही ठाउँस्थित लोहोरे खोला र छामघाट खोलाको दोभानमा नुहाउने क्रममा खोलाले बगाउँदा बुधबार दिउँसो मृत्यु भएको छ ।
खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुप्रा र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा डुङगेश्वर गाउँपालिका–६ सिस्नेटारमा शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।