काठमाडौं– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।