Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महासमिति मंसिरमा, खाणबारे गगनको फरक मत
कांग्रेस महासमिति मंसिरमा, खाणबारे गगनको फरक मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ११, २०८०

काठमाडौं– नेपाली कांग्रेसले महासमितिको बैठक मंसिरका लागि तय गरेको छ । साउन २ बाट ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भएको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने गरी महासमिति बैठक आह्वान गरिएको छ,’ बुधबार साँझ महामन्त्री शर्माले भने ।

कांग्रेस केन्द्रीय समिति बैठक १८ बुँदे निर्णयसँगै सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । कांग्रेसले नीति अधिवेशनका लागि बेग्लै मिति भने तोकेन । १४औं महाधिवेशनमा नीतिबारे छलफल नभएपछि छ महिनाभित्रै नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । यद्यपि निर्वाचनलगायत विभिन्न कारण नीति अधिवेशन हुन सकेन ।

पार्टीको विधानलेसमेत नीति अधिवेशन नचिन्ने भएकोले नेतृत्वले यसप्रति चासो नदेखाएको कांग्रेस नेताहरु बताउँछन् । विशेषगरी महासमिति बैठकमै विधान र नीतिबारे छलफल र निर्णय हुने गर्दछ । त्यसैले महामिति बैठकमै नीतिबारे बहस हुने महामन्त्री शर्माले जनाए ।

कांग्रेसमा एकसे एक साथीहरु हुनुहुन्छ । लाइभ्ली देखाउँदा धेरैलाई थाहा भयो । कांग्रेसमा कोहीभन्दा कोही कम छैन भन्ने कुरा दुनियाँले बुझे ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस

आलोचना होला भनेको, भएन: देउवा
कांग्रेस सभापति देउवा कमै बोल्छन् । सात दिनसम्म चलेको बैठकमा देउवाले जवाफ दिने क्रममा करिब चार मिनेटमात्र समय लिए । आफ्नो धारणा राख्दै धेरै आलोचना नभएकोमा दंग सुनिए देउवा । ‘धेरै आलोचना होला भनेको, भएन,’ देउवाले भने, ‘अत्यन्तै जीवन्त लाइभ्ली डिस्कसन भयो ।’

यसपटकको केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय देउवाले गरेका थिए । जसकारण होला देउवा पहिलो दिनबाटै खुसी देखिन्थे । पार्टीमा आफू बलियो देखिने गरी केन्द्रीय सदस्यहरुले प्रशंसा गरेपछि देउवा खुसी भएका छन् ।

बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई जनताले चिनेकोसमेत उनको भनाइ थियो । ‘कांग्रेसमा एकसे एक साथीहरु हुनुहुन्छ । लाइभ्ली देखाउँदा धेरैलाई थाहा भयो । कांग्रेसमा कोहीभन्दा कोही कम छैन भन्ने कुरा दुनियाँले बुझेको छ,’ देउवाले भने ।

निर्णयमा गढबढी, कड्किए देउवा
बुधबार महामन्त्री शर्माले केन्द्रीय समितिको निर्णय सुनाए । निर्णयमा धेरै विषय छुटेको भन्दै केन्द्रीय सदस्यहरुले संशोधनको सुझाव दिँदै थिए । यहीबीचमा अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले सम्झाए महामन्त्री शर्मालाई ।

‘कांग्रेसकै नाउ गरेर नेतृत्वलाई गाली गर्ने गरी राख्ने पेज हटाउनुपर्छ भन्ने प्रस्तावमै थियो । त्यो आएन । कसरी हट्यो ? पूरै छुट्यो । पढ्दाखेरि पनि पढ्नुभएन,’ महतले भने, ‘अनुगमन सम्बन्धमा महामन्त्रीजीले नै नियुक्त गर्ने भन्ने कुरा पनि त्यो त पार्टी सभापतिको सल्लाहमा हुनुपर्छ नि त्यो पनि पहिले थिएन । आफ्नो हिसाबले थपिएजस्तो छ ।’

महतले आपत्ति जनाएपछि शर्मातिर हेर्दै देउवा जंगिए, ‘आफैंले थपेको ? सल्लाह गरेर गर्नुप¥यो नि ।’पार्टीमा थप संशोधनका विषय उठाउँदै थिए केन्द्रीय सदस्यहरुले । त्यहीबेला परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदको नाम लिँदै कड्किए देउवा । ‘मलाई भन न के हो त्यो । ल्याऊ यहाँ । मलाई ल्याऊ । शेरबहादुर भन्ने मान्छे थाहा छ कि छैन । शेरबहादुर भन्ने मान्छे चिन्या छ ? ल्याऊ न भन्या प्रस्ताव,’ कड्किँदै देउवाले भने ।

संशोधनमा व्यक्तिको नाम जोडेर आएकोले पछि संशोधन गर्ने निर्णयसहित बैठक सकाउन डा. मीनेन्द्र रिजालले आग्रह गरे देउवासँग । ‘छुट्या कुरा भन्छ त मान्छेले ?,’ देउवाले तुरुन्तै जवाफ फर्काए ।

के के भए निर्णय ?
यसपटक गत भदौ ५ पछि एकैपटक साउन २ गते केन्द्रीय कार्यसमिति बैठक बस्यो । विधानमा दुई महिनामा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नै पार्ने प्रावधान छ । तर, यसपटक करिब वर्ष दिनपछिमात्र बैठक डाक्दा देउवाको चर्को आलोचना भयो । यसै कारण पार्टीमा सभापति देउवाको चर्को आलोचना भयो । त्यसैले हो महामन्त्री थापाले पार्टीको क्यालेण्डरमै प्रस्ताव गरे– बैठक हरेक दुई महिनाको पहिलो हप्ता बस्ने ।

यही प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदनसमेत गरेको छ । पार्टी सभापति देउवाले अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। ‘अब हरेक दुई महिनामा एकचोटि बैठक बस्नुपर्छ । अर्को बैठक असोज २ गते,’ देउवाले भने ।

१४ नेताको कारबाही फुकुवा
कांग्रेस केन्द्रीय समितिले १४ नेताको कारबाही फुकुवा गरेको छ । स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी बनेका नेताहरुको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले जानकारी दिए । जुम्ला देवेन्द्र शाही र सर्लाहीबाट जंगीलाल रायको कारबाही फुकुवा भएको छ । दुबै जना स्वतन्त्रबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

त्यसैगरी जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रल्हादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको भएको छ ।
यसैगरी कांग्रेसले पार्टीको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक, भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

मोसो दल्नेको सदस्यता खारेज
केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, मोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका माग अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, मोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ,’ महामन्त्री शर्माले भने ।

फेक अकाउन्ट बन्द गरिने
कांग्रेसले पार्टीको नाममा खोलिएका फेक अकाउन्टमा कडाइ गरिने भएको छ । आफ्नै पार्टीको नाममा अकाउन्ट खोल्ने अनि नेताहरुमाथि जथाभावी लेखेको पाइएको भन्दै यस्तो कदम चाल्नुपर्ने आवश्यकता देखिएको कांग्रेसले जनायो । यसका लागि टोल कार्यसमितिले समेत सामाजिक सञ्जालमा अकाउन्ट खोल्नुपर्ने निर्णय गरेको छ । 

खाणबारे गगनको फरक मत
कांग्रेस बैठकमा केहीले पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए । यसरी आवाज उठाउनेमध्येमा महामन्त्री गगन पनि एक हुन् । तर केन्द्रीय समितिमा उनको आवाजको सुनुवाइ भएन ।

त्यसैले उनले यसबारे फरक मत सभापति देउवालाई बुझाएका छन् । ‘बैठकमा पार्टीको एजेण्डा, प्राथमिकता, कार्ययोजना र कार्यतालिका लगायतका विषयमा साउन ८ गते मैले राखेको अवधारणा लिखितरुपमा आज सभापतिज्यूलाई बुझाएको छु । साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बैठकमा राखेको मेरो फरक मत लिखितरुपमा दर्ज गरेको छु,’ गगनले भनेका छन् । उनले राजनीतिक दलले फौजदारी मुद्दामा अभियोग दायर हुनु गम्भीर विषयको रुपमा लिनुपर्ने आफ्नो फरक मतमा लेखेका छन् । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं,’ उनले भनेका छन्, ‘जसरी संसद्बाट निलम्बन हुन्छ त्यसरी पार्टीबाट पनि हुन्छ । यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो ।’ केन्द्रीय समितिमा अधिकांश नेताहरु खाणको बचाउमा उत्रिएका थिए । खाण नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा असार १ बाट पुर्पक्षका लागि थुनामा छन् ।
 


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP