Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सात भाषामा पाइने भयाे बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची
सात भाषामा पाइने भयाे बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १०, २०८०
RBB RBB

तनहुँ -तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो ।

ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।

मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गरेका छन् । गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए ।

 सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न/ हेर्न तथा सुन्न सकिने भएको छ ।गाउँपालिकाका अध्यक्ष थापाले भन्ए, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।” 

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।

 भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । 

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप पर्यटन
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान
पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान बिहीबार, वैशाख २५, २०८२
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन बिहीबार, वैशाख २५, २०८२
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे
होटल श्रमिक हुँदै सफल मालिक बने पर्यटन व्यवसायी पाण्डे बुधबार, वैशाख २४, २०८२
मेचीनगरमा ‘निलसरी महोत्सव’
मेचीनगरमा ‘निलसरी महोत्सव’ मंगलबार, वैशाख २३, २०८२
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस
पर्यटन क्षेत्रलाई दिगो र आम्दानीमूलक बनाउने खाकासहित सुझाव पेस सोमबार, वैशाख २२, २०८२
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने
अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइने सोमबार, वैशाख २२, २०८२
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP