Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शशांकको चियापान, शेखरको ‘गुटभेला’
विश्व लैनचौरमा देखिएनन्, गगन बत्तीसपुतलीमा शशांकको चियापान, शेखरको ‘गुटभेला’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १०, २०८०

काठमाडौं– मंगलबार कांग्रेस केन्द्रीय समिति बैठकमा ‘ब्रेक’ लाग्यो । कारण, साउन २ बाट जारी बैठकको मैझारो र निर्णय तय गर्न पदाधिकारीको बैठकका लागि । पदाधिकारी बैठक मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तय भएको थियो । यही मौका पारी कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले चियापान आयोजना गरे भने डा. शेखर कोइरालले ‘गुटभेला’ ।

लैनचौरस्थित लैनचौर बैंक्वेटमा आयोजित शशांकको चियापानमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म ओइरिए । बिहान १० बजे आयोजना गरिएको चियापान ‘पार्टी एक छ’ भन्ने सन्देश दिन रहेको शशांकले जनाए । चियापानमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्का, कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङलगायत अधिकांश मन्त्री र केन्द्रीय सदस्यहरु उपस्थित भए ।

पार्टीको केन्द्रीय समितिमा देउवापछि आफू नै जितको ‘रेकर्डधारी’ रहेको दाबी गरेकै दिन शशांकले चियापानको निम्तो दिएका थिए । शशांकले आफूले चार–चार पटक निर्वाचन जितेको र यस्तो रेकर्ड देउवाबाहेक अरुसँग नरहेको दाबी पेस गरेका थिए । ‘मेरो क्षेत्रमा हेर्नुस् नेपालमा कति जनाले चारपटक जिते ? मेरो विचारमा एक जना शेरबहादुर देउवा हो । अरू कोही छन् ? दोस्रो म हो । लगातार जितेको भनेको,’ शशांकले भनेका थिए ।

शशांकको भनाइ अबको सभापतिमा आफ्नो दाबी भएकोतिर लक्षित थियो । कांग्रेसमा अहिले सबैभन्दा बलिया देखिन्छन् सभापति देउवा । तर, बलिया उत्तराधिकारी नहुँदा देउवा कसलाई ‘प्रोसेसर’ बनाउने भन्दै लागिपरेका छन् । यही मेसोमा कतिपयले डा. शेखर कोइरालालाई उत्तराधिकारीका रुपमा हेर्छन् । त्यसैले होला देउवाका कटु आलोचक शेखर अहिले नेतृत्वविरुद्ध मौन छन् । ‘एकैपटक, यसैपटक’ नाराका साथ १४औं महाधिवेशनमा उत्रिएका शेखर अहिले फेरि १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने अभियानमा छन् । कांग्रेस वृत्तमा शेखर देउवाको उत्तराधिकारी चर्चा बन्ने चर्चा चलेकै बेला शशांकले गरेको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लैनचौरमा देखिएनन् विश्व
आइतबार नै सानेपामा चियापानको निम्तो बाँडिएको थियो । ‘आदरणीय साथीहरु नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पर्सी बिहान ९ गते बिहान ९ बजे चियापानका लागि निम्तो गर्नुभएको छ । स्थान लैनचौर बैंक्वेट,’ बैठक सकिनसाथ महामन्त्री विश्वप्रकाश शर्माले चियापानको निम्तो दिएका थिए । तर, अधिकांश नेता देखिँदा निम्ता दिने महामन्त्री विश्वप्रकाश भने चियापानमा देखिएनन् ।

शेखरको ‘गुटभेला’
नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिहरुले केन्द्रीय समिति बैठक ‘ब्रेक’ भएको अवसर पारी संस्थापनइतरको ‘गुटभेला’ आयोजना गरे । मंगलबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा डा. शेखर कोइराला र महामन्त्री गगन थापाको उपस्थितिमा भेला तय भएको थियो । 

कार्यक्रममा कानुनमन्त्रीसमेत रहेका उपसभापति धनराज गुरुङले अर्कोपटक सभापति शेखर बन्ने ठोकुवा गरे । ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो,’ उनले भने । त्यो बेला शेखरलाई उम्मेदवार बनाउनेमात्र होइन, सभापतिमा स्थापित गर्ने उनको दाबी छ ।

कार्यक्रममा प्रमु्ख अतिथिका रुपमा उपस्थित  शेखरले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । वर्तमान निर्वाचन प्रणालीबाट एक दलले बहुमत ल्याउन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने उनको धारणा थियो । ‘यस्तो निर्वाचन प्रणाली बनाएका छौं, बहुमतको सरकार बनाउन सम्भव नै छैन । प्रत्यक्ष निर्वाचनबाट समानुपातिक चरित्रको निर्वाचन गर्न सक्दैनौं र ?,’ शेखरले प्रश्न गरे । प्रत्यक्ष निर्वाचनमार्फत नै समानुपातिक र समावेशी बनाउन सकिने विकल्प प्रस्तुत गर्दै उनले भने, ‘यही निर्वाचन प्रणालीबाट गठबन्धनमा त जानै पर्दछ । चुनावअघि गठबन्धन होइन, चुनावपछि गठबन्धन गर्ने गरी एक्लै चुनाव लड्न सक्छौं भन्ने आँट अहिलेदेखि गरौं ।’

देखिएनन् गगन
कार्यक्रममा महामन्त्री थापालाई पनि निम्ता गरिएको थियो । तर, कार्यक्रमको अन्तिम समयसम्म महामन्त्री थापा देखिएनन् । डा. शेखर बोल्ने पालो आएपछि कार्यक्रम सञ्चालकसमेत रहेका नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीले व्यस्तताले थापा आउन नपाएको जानकारी दिए ।

त्यसपछि प्रमुख अतिथिका रुपमा उपस्थित शेखरले आफ्नो मन्तव्य सुरु गरे । उनले थापा नआउनुका कारण आफूलाई पनि थाहा नभएको बताए । ‘गगनजी किन आउनुभएन भन्ने पनि होला । गगनजी र म बसेरै छलफल भएको हो कार्यक्रमका लागि,’ शेखरले भने, ‘फोन पनि लागेन । फोन पनि स्वीच अफ छ उहाँको ।’

१४औं महाधिवेशनमा एकै समूहबाट होमिएका शेखर र गगनबीच पछिल्लो समय टकराव बढ्न थालेको छ । गगन एक्लै गुट निर्माणतिर लाग्दा शेखर भने देउवातिर ढल्केका छन् । दुई नेताको तीक्तता साम्य पार्न कार्यक्रम आयोजना गरे पनि गगन नआएपछि कार्यक्रममा उनको खोजी भएको थियो ।
 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP