Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पारदर्शिताको गफ दिने तर नबुझाउने को को ?
चुनावी खर्च विवरण पारदर्शिताको गफ दिने तर नबुझाउने को को ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १०, २०८०
  • खर्च विवरण नबुझाउनेमा सरकारका मन्त्रीदेखि कांग्रेसका महामन्त्री गगन थापासम्म रहेका छन्
  • लोसपा अध्यक्ष महन्थ ठाकुर र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि जरिवानामा
  • विवरण नबुझाउनेमा प्रतिनिधिसभातर्फ एक हजार ३७ र प्रदेशसभातर्फ एक हजार ३९८ उम्मेदवार

काठमाडौं– पारदर्शिताको गफ दिने नेताहरुले नै चुनावी खर्च विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । चुनावी खर्चको विवरण नबुझाउने ती नेताहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । मंगलबार चुनावी खर्च विवरण नबुझाउनेहरुको नाम सार्वजनिक गर्दै आयोगले जरिवाना तोकेको हो ।

विवरण नबुझाउने प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई ३५ दिनभित्र १५÷१५ हजार रुपैयाँ जरिवाना बुझाउन आयोगले निर्देशन दिएको छ । यसरी विवरण नबुझाउनेमा प्रतिनिधिसभातर्फ एक हजार ३७ र प्रदेशसभातर्फ एक हजार ३९८ उम्मेदवार छन् । उनीहरुले पटक–पटक ताकेता गर्दा पनि खर्च विवरण सार्वजनिक नगरेको आयोगले जनाएको छ ।


खर्च विवरण नबुझाउने को को ?

यसरी खर्च नबुझाउनेमा सरकारका मन्त्रीदेखि कांग्रेसका महामन्त्री गगन थापासम्म रहेका छन् । आयोगका अनुसार परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, शिक्षामन्त्री अशोक राई, र श्रममन्त्री शरतसिंह भण्डारी रहेका छन् । 

तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधिसभाका उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय)ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम जरिवाना गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्नेमा नेपाली कांग्रेसका महामन्त्री, सहमहामन्त्री र प्रमुख सचेतकसम्म रहेका छन् । कांग्रेसका महामन्त्री थापा, सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र महालक्ष्मी उपाध्याय (डिना) र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छन् । नेता विजय गच्छदार, नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी, केन्द्रीय सदस्य शंकर भण्डारीले पनि खर्च विवरण बुझाएका छैनन् ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार सांसद पनि निर्वाचन आयोगको कारबाहीमा परेका छन् । जरिवाना पर्नेमा काठमाडौंबाट प्रत्यक्षतर्फ रास्वपाबाट जितेका चार सांसद छन् । काठमाडौं–६ बाट विजयी भएर छोटो समय शिक्षामन्त्री बनेका शिशिर खनाल, रास्वपा संसदीय दलका उपनेतासमेत रहेका विराजभक्त श्रेष्ठ, काठमाडौं–२ बाट निर्वाचित भएकी सोविता गौतम पनि कारबाहीमा परेकी छन् । त्यस्तै काठमाडौं–७ बाट निर्वाचित गणेश पराजुलीले पनि १५ हजार तिर्नुपर्ने सूचीमा परेका छन् ।

उनीहरुसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वमन्त्री पम्फा भुसाल, उपमहासचिव तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले पनि जरीवानामा परेका छन् । राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, काठमाडौं–४ बाट चुनाव लडेका एमालेका डा. राजन भट्टराई पनि खर्च विवरण नबुझाउनेको सूचीमा परेका छन् ।
 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP