Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • सुब्बिनीको डान्स ! सुनलाई पित्तल बनाउने चान्स !
सुब्बिनीको डान्स ! सुनलाई पित्तल बनाउने चान्स !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन ९, २०८०

आजकल सहरदेखि गाउँसम्म सुनै सुनको चर्चा छ । यो वर्ष नेपालमा सुनको निकै चर्चा नै भयो । कहिले जलहरीको चर्चा त कहिले सुन काण्डको चर्चा । जे होस्, लसुन खाएरै भए पनि सुनको चर्चा गर्नु स्वास्थ्यका लागि पनि लाभदायक नै छ । घरघरमा सुनको वाणी सुनिन थालेको छ । दिनभरि घरायसी काममा व्यस्त भएकी अर्धांगिनीले दिनभर कारखानामा मेसिनसँग मितेरी लगाएर आएको पतिदेवलाई श्रावणको महिमा जस्तै गरी सुनको बखान सुनाउँदा विचरा दिनभरि नेपाली कागजमा टिप्पणीमा अक्षरको गिटी कुट्ने मट्याङ्ग्राको पनि जिउ नै सिरिंगै भयोे ।

पल्लाघरको सुब्बा साहेवनीको चर्चिकला श्रावण महादेवको कथाजस्तै गरी वर्णन हुने । उनी कहिले टिकटकमा व्यस्त केहिले रिल भन्ने सामाजिक सञ्जालमा व्यस्त । त्यो पनि त्यही सुनको करामतले । सुब्बा साहेवले जलहरीदेखि तिलहरीसम्मको हिसाबका बारेमा सुब्बिनीको मौखिक निर्देशनमा काम हुने । सुब्बा साहेव पनि के कम हुनु । खातापाता सबै सुब्बिनीको नाममा । विचरा सुब्बासाहेव साह्रै भिखारी, माग्ने ! नमागी गर्जो नै नटर्ने । तर, टोलमा सुब्बिनीको चर्तिकला हेर्ने हो भने महारानीभन्दा कम छैन । पहिले–पहिले सुब्बिनी भन्ने पनि आजकल जलहरीदेखि तिलहरीसम्मको कथाले उनी रानी नामले नै प्रसिद्धि कमाएकी छन् ।

रानी सुब्बिनी साहेवको छिमेकी विचरी मट्याङ्ग्री उनकै कथा सुन्नै पर्ने । सुन्न नखोजे पनि बोलाइ–बोलाइ सुनाउने । त्यत्ति पनि भएन भने घरमै पुगेर भएपनि सुनचरीझैँ कथा वाचन गर्ने । सुब्बासाहेव भनेको यो देशमा महान् व्यक्ति हुन् । किनकि उनले जागिर पो सुब्बा त । काम, दाम, मान सम्मान त कुरै नगरौं । अहिलेका प्रदेश सांसदको ‘भ्यालु’ बरु छैन सुब्बा साहेवको त्यत्ति धेरै छ ।

निकै सोझा छन् सुब्बा साहेव । कहिल्यै पुग्दैन उनलाई दुईछाक खान ! त्यही भएर कार्यालय पुगेदेखि नै उनको दिनचर्या सुरु हुन्छ माग्ने बन्न । उनलाई उनकै हाकिम सा’वले माग्न सिकाएका अरे । हरेक फाइलमा कुनै न कुनै माग त भइहाल्ने । आखिर भन्सारकै सुब्बा त हुन् । हाकिम सापको निर्देशन पाएपछि जस्तो सुकै करामत गर्न पनि पछि पर्दैनन् ।
उनको जागिर करामतमै सकिने हो कि भन्ने पो डर छ । करामतमाथि करामत गर्न सिपालु सुब्बा सा’पले लसुनलाई सुन र सुनलाई लसुन बनाउन सक्छन् । त्यही भएर टोलमा सुब्बिनीले करामत देखाउँछिन् । हाम्रा उहाँको त के–के हो के–के ! जस्तोसुकै काम गर्न पनि हाकिमले उहाँलाई नै लगाउनुहुन्छ ।

Hardik health

सुन्ने छिमेकी पनि दंग । जे होस् हाम्रा टोलमा यस्तैयस्तै ठूलो मान्छे बस्ने हो भने धेरै नै सजिलो हुन्थ्यो भनेर बूढापाकाहरुले भन्न थालिसके । सुब्बा साहेव साँच्ची सुब्बा हुन् कि राजनेता हुन् भन्ने पनि मुश्किल पर्छ । सुब्बा साहेवलाई सचिव, मन्त्रीसम्मले बडो आदरपूर्वक सम्मान गर्ने गर्दछन् । त्यही भएर पो सुब्बिनीसँग टोलमा ढुंगा बिछ्याएको बाटोमा हरेक हप्ता गुड फ्राइडे मनाउने महिलाहरु टन्नै छन् । 

गुड फ्राइडे मनाउनका लागि ‘स्पोन्सर’ सधैँ सुब्बिनीको पो हुने रैछ । ‘भाइबर र ह्वाटस्एप’ मिठो ग्रुप बनाएर सुब्बिनीले साथीहरुलाई भोजनका लागि लिस्ट पठाउन आग्रह गर्छिन् । अनि साथीहरु पनि के कम गु्रपमा यो चीज र त्यो चीज भन्दै जाने छन् । जब सुब्बिनीलाई लिस्ट प्राप्त हुन्छ त्यसमा पनि उनले गर्छिन्, ‘पठाओ’ । सुब्बिनीको पठाओले अर्डरको सामान ल्याइदिए पनि सुरु हुन्छ दिउँसो २ बजे नै गुड फ्राइडे ।

टोल नै थर्किने गरी बजेको स्पिकर धुनसँगै सुब्बिनीको सहपाठीहरु भएभरका शरीर जोर्नी जोर्नी हल्लाएर लयमा लय मिलाउँछन् । लौ भन तिमीले लगाएको तिलहरी कल्ले किन्दियो ? तिमीले लाको सुनको चुरा, गलामा लगाएको नेकलेस कसले किन्दियो । सहपाठीको गीतमा दोहोरी फकाउँदै सुब्बिनी सा’पले पनि दिन्छिन्, मैले लाको त के हो र यो त सबै देखाउन मिल्नेमात्र हो अरु त कति कति हो । मलाई सवै सुब्बा साहेवले किन्दियो । सुनलाई पित्तल बनाउने हाम्रै सुब्बा हो । मान्छेको पेटको सुन चिन्ने पनि हाम्रै सुब्बा हो । जे जसरी आओस् । त्यस्ता सेटिङ मिलाउने हाम्रै सुब्बा हो ।

माथिका त सबै हेर्ने हो मिले लिने हो ! नमिले त सानातिना सुब्बा जाने हो । रातो घरको सेटिङले सुनकाण्डलाई पित्तल बनाउने हो । देश त सुब्बाकै हातमा छ । सुब्बिनीले गीतमा भनेजस्तै अहिले सुन त पित्तल परिणत पो हुन्छ ! एयरपोर्टबाट क्विन्टल सुन भित्रियो । अलि पर आउनै नपाई सुनको बोरा चिप्लियो । अरे वाह ! स्क्यान गर्ने मेसिनले सुन पित्तल चिनेन । एयरपोर्टबाट छिर्‍यो तर कुरो मिलेन । कुरो मिले पित्तल हुन्छ । तनमन सधैँ सित्तल हुन्छ । मन सित्तल पार्नलाई सुब्बिनीको हात हुन्छ ।

मट्याङ्ग्रीको कुराले मट्याङ्ग्रालाई तनाव हुन्छ । सुब्बिनीको कुराले सुब्बा सा’पलाई सित्तल हुन्छ । इसारा कसरी गर्‍यो भन्नेमात्र पो पिर । देशमा आर्थिक मन्दी लागेको छ । एयरपोर्टसम्म सुन, बाहिर निस्केपछि पित्तल बनाउने खेलो नियमित गराउनुपर्दछ । देशलाई सुनको भकारीले भर्नुपर्छ । नत्र न राष्ट्र बैंकको के काम ? अख्तिऽयारले के गर्छ ? मिले खा भन्छ नमिले जेल जा भन्छ ! चोर चोरको बीचमा बसेर सञ्जन बन्नु भनेको मट्याङ्ग्री र सुब्बिनीलाई दाँज्नुजस्तै हो । फेरि सुन कसरी पित्तल भो भन्ने कुरा आँ गर्दा अलंकार बुझिसक्नु भो होला । त्यो त भन्नै पर्दैन । कुरो मिलेपछि र मिलाएपछि सुन पित्तल भो । कुरो नमिलेको भए पहेँलो जात सुन हुन्थ्यो त्यो तस्करीकै काम हुन्थ्यो । तर, कुरो मिलेपछि सुन पित्तल हुन कति बेर पो लाग्छ र ! जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै हो ।

तीन दिनअघिसम्म सुन तीन दिनपछि कसरी पित्तल भन्ने आँट कसको छ । मिलेमतोमा गरिएको मेलमिलापले न्याय दिएको हो । अरु सबै नेपालको कानुन जसले बनाउँछ, उसैले जानून् । 
 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP