Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाविरुद्ध महामन्त्रीद्वय एकजुट
देउवाविरुद्ध महामन्त्रीद्वय एकजुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ९, २०८०

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध दुई महामन्त्री एकै ठाउँमा उभिएका छन् । जारी केन्द्रीय समितिमा पार्टीका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरुले देउवाको प्रशंसा र दुई महामन्त्रीको आलोचना गरेपछि गगन थापा र विश्वप्रकाश शर्मा एकै ठाउँमा उभिएका हुन् ।

महामन्त्री गगन थापाले पार्टीले कांग्रेसमा ‘एक्जिट पोलिसी’ अति आवश्यक भइसकेको उल्लेख गर्दै देउवालाई पार्टीबाट बिदा लिनसमेत आग्रह गरे । ‘०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्छ । पार्टीमा नेतृत्वमा परिवर्तन किन उठाएको भन्ने कुरा उठ्यो ।

नेतृत्व परिवर्तन असहज भएकाले पार्टीहरु संकटमा छन् । एक्जिट पोलेसी छैन,’ महामन्त्री थापाले भने, ‘त्यसकारण हाम्रो पार्टी जमेको पोखरीजस्तो बनेको छ । पुरानो पार्टीमा ३५ वर्षदेखि एउटै नेतृत्व हुँदा संकटमा परेका छन् । यसमा मेरो पहल रहन्छ ।’आफू संसदीय दलको नेता परिवर्तन गर्ने मुद्दामा लागिरहने थापाले प्रस्ट पारे । ‘मैलै संसदीय दलको नेता परिवर्तनका लागि प्रयास गरें । तर सकिनँ । यो प्रयास गर्ने कि नगर्ने ? संसदीय दलको नेता परिवर्तन गर्ने कुरा विधानले दिन्छ । मलाई थाहा छ गाह्रो छ ।

सांसदको मत पाउने गाह्रो छ,’ थापाले भने, ‘गाह्रो काम छाड्न हुँदैन । एक–दुई महिनामा सभापतिले ल यार म किन हुने, कोही हुने हो, आऊ भन्नुभयो भने झन् राम्रो हुन्छ । म नै हुनुपर्छ भन्ने होइन । साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फेर्ने कुरा गरेको हो र ? दलको नेतामात्रै फेर्न खोजेको हो । म बदल्न लागिरहन्छु, सके बदल्छु, नसके चुप लागेर बस्छु ।’

Hardik health

साथीहरु किन आत्तिनुभएको ? मैले पार्टी फेर्ने कुरा गरेको हो र ? दलको नेतामात्रै फेर्न खोजेको हो । म बदल्न लागिरहन्छु, सके बदल्छु, नसके चुप लागेर बस्छु ।
गगन थापा
महामन्त्री


महामन्त्री थापाले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नसमेत माग गरे । ‘भ्रष्टाचारको कुनै जात लिंग हुँदैन । नेपाली कांग्रेसले सरकारले अघि बढाएका कुरामा साथ दिनुपर्छ । कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले छुट पाउन हुँदैन र कसैले अतिरिक्त भार बोक्नुहुँदैन ।

यदि कोही नेता अभियुक्त हुन्छ भने उसले पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्छ,’ गगनले भने, ‘होइन भने फौजदारी अभियोग लागेकालाई फैसला नहुञ्जेल निलम्बन गर्नुपर्छ । निलम्बन भनेको कारबाही होइन ।’ पार्टीमा अधिकांश नेताहरुले खाणलाई जोगाउने पक्षमा मत राखेका थिए ।

अर्का महामन्त्री शर्मा पार्टीमा ‘एक्जिट पोलिसी’ हुनुपर्ने उल्लेख गर्दै गगनको पक्षमा उभिए । आफूलाई आएको आलोचना सहर्ष स्वीकार गर्दै पार्टीमा सुधारको खाँचो रहेको उनको तर्क रह्यो । ‘महामन्त्रीका कमजोरीका विषयमा उठेका विषय आत्मसात् गर्छु,’ शर्माले भने ।

राजनीतिमा एक्जिट पोलिसी आवश्य रहेको उल्लेख गर्दै शर्माले उमेरभन्दा एजेण्डाको विषयमा ध्यान दिनुपर्ने धारणा राखे । ‘राजनीतिको रुपान्तरणका लागि एक्जिट पोलिसी आवश्यक देखियो । त्यो भएको भए सभापतिजी धेरै वर्ष रिटायर्ड हुनुहुन्थ्यो,’ शर्माले भने, ‘कांग्रेसमा एज होइन एजेण्डाको कुरा प्रधान हो । तर, एक्जिट पोलेसी आवश्यक छ । त्यो भयो भने छाड्नुस् सभापतिजी भनिरहन पर्दैन ।’

कांग्रेसमा ‘एज’ होइन ‘एजेण्डा’को कुरा प्रधान हो । तर, ‘एक्जिट पोलेसी’ आवश्यक छ । त्यो भयो भने छाड्नुस् सभापतिजी भनिरहन परेन ।
विश्वप्रकाश शर्मा
महामन्त्री

शर्माले खाण जोगाउन कांग्रेस लागेको जनताले देखेकोले अनुसन्धानलाई सघाउ पुर्‍याउनुपर्ने धारणा राखे । ‘भ्रष्टाचारविरुद्धको फाइल खुलेका छन् । व्यक्ति को परे को पर्दै छन् भन्ने कुरा फरक हो । फाइल खुल्ने तागतका पछि कांग्रेस छ । अख्तियार कसले गठन गर्‍यो । भ्रष्टाचारका फाइल खुल्नुको तागत कांग्रेस हो भन्ने कुराको जस किन नलिने ?,’ शर्माले भने, ‘हामीले बनाएको कानुनअनुसार हाम्रै नेता पर्नुभयो भने हामीले कानुन कमजोर बनाएनौं भन्ने हो । कसले निलम्बन गर्‍यो/रेन भन्ने कुरा ठूलो होइन । हामी जोगाउन लाग्यो वा छानबिनमा सहयोग पुर्‍यायौं भन्ने महत्वपूर्ण हो ।’
साउन २ बाट कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठक भोलि बुधबार ४ बजे बस्ने गरी स्थगित भएको छ । बैठकमा अब सभापति देउवाको जवाफमात्र बाँकी छ । त्यसैगरी केन्द्रीय समितिले सांगठनिक कार्यतालिका पारित गर्ने र नीति अधिवेशनको मितिबारे निर्णय गर्नेछ ।

शेखरलाई खड्का र विश्वप्रकाशको जवाफ
बैठकमा संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चाबारे जानकारी दिएका छन् । खड्काले मोर्चा कांग्रेसलाई जानकारी दिएर बनेको दाबी गरे । 
‘अहिले समाजवादी मोर्चाको बारेमा कुरा उठेको छ । जुन दिन गठबन्धन भत्किएको पुनःस्थापित गर्ने बैठक बालुवाटारमा भयो ।

चार नेताको बीचमा जे खालका सहमति भए । त्यही सन्दर्भमा तीन दलको मोर्चा बनाउँछौं भनेर तीन दलबीचमा समाजवादी मोर्चा बनाउने कुरा भएको हो । पछि विप्लवजी थपिनुभएको हो,’ खड्काले भने । बुधबारको केन्द्रीय समितिमा शेखरले माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी मिलेर बनेको मोर्चाबारे प्रश्न गरेका थिए ।

यसैगरी महामन्त्री शर्माले आफूले अन्य दलबारे नबोल्न भन्दै डा.कोइरालालाई चिट नदिएको प्रस्ट पारेका छन् । सोमबारको केन्द्रीय समितिमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । ‘डा. शेखर कोइरालाले अन्य दलको बैठकमा नबोल्न भन्दै चिट दिएको भन्नुभयो । त्यो हैन । सबैलाई दिइएको चिट यही (१० बुँदे प्रस्ताव) हो । बोल्नलाई निषेध गरिएको छैन,’ शर्माले भने । 

आइतबारमात्र शेखरले महामन्त्रीहरुले आफूलाई अन्य पार्टीबारे नबोल्न भन्दै चिट दिएको दाबी गरेका थिए । ‘बैठकको भोलिपल्ट महामन्त्रीले चिट दिनुभयो । अन्य पार्टीको बारेमा पटक्कै नबोल्नु भनेर । कस्तो केन्द्रीय समितिको बैठक हुने हो त्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले असन्तुष्टि पोखेका थिए । 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:१६
#नेपाली_कांग्रेस #महामन्त्री
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP