Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चिनियाँ नेताको दौडधुप तीव्र
प्रधानमन्त्री दाहालसँग ‘भर्चुअल’ वार्ता चिनियाँ नेताको दौडधुप तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ८, २०८०

 

  • आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका चिनियाँ नेताको इटालीको रोम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भिडियो वार्ता 
  • च्युनले सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको काठमाडौं भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका छन्
  • च्युनको भ्रमणलाई राजनीतिक महत्वका साथ हेरिएको छ

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन यतिखेर काठमाडौंमा छन् । श्रीलंकाबाट आइतबार सीधै काठमाडौं उत्रिएका च्युनले आफ्नो भेटलाई तीव्र पारेका छन् । उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ सरला शनिबार नै नेपाल आइपुगेकी थिइन् । च्युनलाई स्वागत गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पछिल्लो दिनहरुमा छिमेकी मुलुकका उच्चस्तरीय राजनीतिक भ्रमण जारी छ । अघिल्लो शुक्रबारमात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका थिए । लु काठमाडौं आएपछि भएको भेटवार्ता र उनको उद्देश्यबारे खासै मेलोमेसो कसैले पत्ता लगाउन सकेका छैनन् ।

अमेरिका र भारतका नेताहरु नेपाल आउन थालेपछि उत्तरको छिमेकबाट पनि राजनीतिक चासोका साथ भ्रमण भएको बताइएको छ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोलीको नेतृत्व गर्दै च्युन काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपतिसँग शितलनिवासमा भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग च्युनले आइतबार दिउँसो भेटवार्ता गरेका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका च्युनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्रविज्ञ डा. सुरेश चालिसेले जानकारी दिए । भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिककालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालसँग भिडियो संवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबारमात्र इटालीको रोम पुगेका छन् । रोम पुगेका दाहाललाई चिनियाँ नेता च्युनले ‘भर्चुअल’ संवाद गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार च्युन र प्रधानमन्त्रीबीच दिउँसो ४ बजे भर्चुअल माध्यममार्फत छलफल भएको हो ।

संवादका क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्युनसँग दुई देशको आपसी हितका विषयमा छलफल गरेका थिए ।आइतबार नै च्युनले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटवार्तामा खड्काले केही समयअगाडि मात्र पदभार सम्हालेका च्युनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहाद्र्रपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरेका थिए ।

उनले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहाद्र्रपूर्ण एवं घनिष्ठ रहिआएको उल्लेख गरे । चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पु¥याएको सहयोगका लागि उनले धन्यवादसमेत दिएका थिए ।

उक्त अवसरमा पोलिटब्युरो सदस्य युआनले यसपटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका थिए । उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकासलगायतका क्षेत्रमा सहकार्य गर्न सकिनेतर्फ विचार राखेको मन्त्रालयले जनाएको छ ।

साथै, चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम आफ्नो भ्रमणकै क्रममा अगाडि बढाइने कुरा उनले उल्लेख गरेका थिए । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गर्दै च्युनले आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदानप्रदान हुने बताएका थिए ।

साथै, उनले पूर्वप्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गरेका थिए । पोलिटब्युरो सदस्य च्युनले नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीनविरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए । उक्त अवसरमा च्युनले कावा प्रधानमन्त्री खड्कालाई उपयुक्त समयमा चीन भ्रमणका लागि निमन्त्रणा दिएका थिए । 

chineseteam1690162456.jpg

माओवादी नेतासँग द्वारिकाजमा भेट
च्युन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका नेतासँग आइतबार साँझ काठमाडौंको होटल द्वारिकाजमा भेटवार्ता गरेका छन् । भेटमा दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको बताइएको छ । भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेको माओवादीका सचिव दीनानाथ शर्माले बताए ।

चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुनसक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको विकासमा चीनले सहयोग गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने विश्वास दिलाएको नेता शर्माले जानकारी दिए ।

चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।भेटमा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन र हरिबोल गजुरेल, सचिव शर्मा र गणेश साहलगायतको सहभागिता थियो ।
 


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०७:२०
#युआन_च्या_च्युन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP