Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य रहने
मौद्रिक नीतिको प्रक्षेपण विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य रहने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ८, २०८०

काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण (रेमिट्यान्स) पठाए थप एक प्रतिशत ब्याज दिने व्यवस्थालाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै अघिल्लो वर्षदेखि कार्यान्वयनमा ल्याइएको उक्त व्यवस्थालाई चालु आवमा पनि निरन्तरता दिने जनाएको हो ।

वैधानिक माध्यमबाट रकम पठाउन प्रोत्साहित गर्न राष्ट्र बैंकले रेमिट्यान्स पठाउने व्यक्तिलाई थप एक प्रतिशत ब्याज दिने व्यवस्था गरेको थियो ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा नयाँ र बढी आय हुने श्रम गन्तव्य मुलुकहरुमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका कारण रेमिट्यान्स बढेको उल्लेख छ ।

राष्ट्र बैंकले बढी आय हुने मुलुकबाट रेमिट्यान्समा गरिएको प्रोत्साहनले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्समा भएको वृद्धिलाई सन्तोषजनक मानेको छ । आर्थिक वर्ष २०७९/८० को ११ महिनासम्ममा अघिल्लो आबको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशत र अमेरिकी डलरमा १३.० प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ ।

Hardik health

कोभिड–१९ को असर कम भएसँगै वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या उल्लेख्य रहेता पनि आर्थिक वर्ष २०७९/८० मा उच्चस्तरमा विप्रेषण आप्रवाह भएका आधारमा आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य रहने मौद्रिक नीतिले प्रक्षेपण गरेको छ । अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर भइरहनुले पनि रेमिट्यान्समा केही प्रभाव पर्न सक्ने राष्ट्र बैंकले औंल्याएको छ ।

राष्ट्र बैंकले लामो व्याख्या नगरी वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त रेमिट्यान्सबाट खोलिएको खातामार्फत बैंक तथा वित्तीय संस्थाले २०८० वैशाख मसान्तसम्ममा ८८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको जनाएको छ । जसमा दीर्घकालीन बचतका हिसावले मुद्दती निक्षेपको अंश ८६.४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको दायरालाई फराकिलो पार्नेगरी मौद्रिक नीति तय गरेको देखिएको छ । जसमा रेमिट्यान्ससम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने नीतिलाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले लिएको नीतिअनुसार नेपाली नागरिकमात्र नभई विदेशी नागरिक र विदेशस्थित संघसंस्थाबाट समेत नेपालमा रेमिट्यान्स पठाउँदा सहजरुपमा प्राप्त गर्न सकिने छ ।

यस्तै औपचारिक माध्यमबाट स्वदेशमा रेमिट्यान्स पठाउने नेपालीलाई प्रमाणका आधारमा वैदेशिक रोजगारीबाट फर्किएपछि विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ ।


त्यस्तै मौद्रिक नीतिमार्फत अघिल्लो वर्ष बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्डवाहकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (कार्ड टु कार्ड) रेमिट्यान्स प्राप्त गर्न सक्ने नीतिगत व्यवस्था हुने जनाए पनि यसपटक राष्ट्र बैंक मौन छ ।
 


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०६:५७
#विप्रेषण_रेमिट्यान्स #वैदेशिक रोजगारी
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP