Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शक्तिमान् ओलीको मनमौजी
शक्तिमान् ओलीको मनमौजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ७, २०८०

 

  •  ७० वर्षे उमेर हद हटाएर फेरि अध्यक्ष बन्ने मार्गप्रशस्त
  •  तत्कालीन नेकपामा दुई कार्यकारी पद ओगटेका ओलीले यसपटक भने त्यसलाई पार्टीमा हटाए
  •  कम्तीमा ३३ जना नेताले एक पदबाट राजीनामा दिनुपर्ने


काठमाडौं– अघिल्लो साता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको दोहोरो जिम्मेवारी खोस्ने निर्णय ग¥यो । निर्णय कार्यान्वयन भएको अवस्थामा कम्तीमा ३३ जना नेताले एक पदबाट राजीनामा दिनुपर्छ । किनभने, कार्यकारी पदमा रहेकालाई दोहोरो जिम्मेवारी नदिन उक्त निर्णय गरिएको हो ।

दोहोरो जिम्मेवारीको एजेण्डा तत्कालीन नेकपामासमेत जोडले उठेको थियो । जतिबेला ओली प्रधानमन्त्री थिए । उनकै शब्दमा पार्टीका ‘१ नम्बर अध्यक्ष’ पनि थिए । सरकार र पार्टी दुवैमा उनी कार्यकारी भूमिकामा थिए ।पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायत नेताहरूले एक व्यक्ति एक पद हुनुपर्ने एजेण्डा उठाए ।

ओलीले नसुनेझैं गरे । अन्ततः यी र यस्तै मतभेदले सिर्जित अनेकन राजनीतिक घटनाक्रमको उपज नेकपा विघटन भयो । पूर्ववर्ती दलहरू एमाले र माओवादी ब्युँतिए ।अहिले ओली अध्यक्षका अध्यक्ष छन् । उनै ओलीले हालै पार्टीमा भने दोहोरो पद अस्वीकृत गरेका छन् । आफू भने दुई कार्यकारी पदमा रहे । एमालेका एक जना केन्द्रीय कमिटी सदस्यले प्रभावसँग भनेका छन्, ‘उहाँ (ओली)विरुद्ध बोल्ने कसले ? बोल्दा के हुन्छ ? भीम रावललाई हेरे पुग्छ ।’

यसअघि एमालेमा ७० वर्षे उमेर हद थियो । हालै हटाइएको छ । हटाउनुको कारण भन्न त नेकपा एकीकृत समाजवादीबाट आएका नेता मुकुन्द न्यौपानेलाई पार्टीको कार्यकारी भूमिकामा अटाउन भनिएको छ । अन्तर्य भने त्यस्तो छैन । ओली ७२ वर्षमा छन् । (जन्म २००८ साल फागुन ११) तीन वर्षपछि पार्टीको ११औं महाधिवेशन विधानअनुसार गर्नुपर्छ ।

त्यही महाधिवेशनमा पनि पार्टीको नेतृत्व लिनेगरी ओलीले हालै उमेर हद हटाएको पार्टीकै नेताहरू बताउँछन् । हुन त पार्टी नेतृत्वमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउने कुरा पनि चर्चामा छ । उनका पछिल्ला अभिव्यक्ति र पार्टी राजनीतिमा बढाउँदै लगेको सक्रियताले भावी पार्टी अध्यक्ष नहोलिन् भन्न नसकिने एमाले नेता अइन्द्रसुन्दर नेम्बाङ बताउँछन् ।

‘राष्ट्रप्रमुख भइसक्नुभएको, पार्टी उपाध्यक्ष भइसक्नुभएको, वर्षौं पार्टी राजनीतिमा त्याग तपस्या गरेको आधारमा उहाँ (विद्यादेवी) नेतृत्वका लागि अयोग्य हुने कुरै भएन । तर, अहिल्यै उहाँले तयारी गर्नुभएजस्तो लाग्दैन,’ उनले भने ।यदि, ओली अध्यक्ष भएको अवस्थामा उनकै उमेर हाराहारीका नेताहरू ईश्वर पोखरेल र सुवासचन्द्र नेम्बाङ भने पार्टीको नेतृत्व नलिई ‘रिटायर्ड’ हुने आकलन छ ।

पोखरेल पार्टीका वरिष्ठ उपाध्यक्ष र नेम्बाङ उपाध्यक्ष छन् । किनभने, ओली निर्धारित अवधिमै पार्टी महाधिवेशन भए र तेस्रो कार्यकालका लागि अध्यक्ष भए २०८८ हुन्छ । त्यतिबेला पोखरेल र नेम्बाङ पनि ८० छेउछाउ पुग्नेछन् । निकै कम नेपाली राजनीतिज्ञहरू मात्रै यो उमेरसम्म सक्रिय राजनीतिमा हुने गरेका छन् ।

यसकारण पनि पोखरेल र नेम्बाङले पार्टी अध्यक्षको मौका ओलीका कारण गुमाउने अड्कल हुन थालेको छ । यसको पछाडि एउटा कारण छ– कि ओलीविरुद्ध निर्वाचन लड्ने उनी नेतृत्वको एमालेमा कोही पनि देखिने छाँट तत्काल छैन । दशौं महाधिवेशनमा पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले ओलीलाई अध्यक्षमा चुनौती दिए । तर, उनलाई ओलीले राजनीतिको किनारामा पु¥याए ।

अर्थात्, रावलको राजनीतिक भविष्य तात्कालिक स्थितिलाई विश्लेषण गर्ने हो भने करिब समाप्त भएको अथ्र्याइन थालिएको छ । यसले गर्दा पनि राजनीतिक भविष्य समाप्त हुनेगरी ओलीलाई चुनौती दिने पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष नेम्बाङ देखिने छाँट निकै कम रहेको राजनीतिक विश्लेषक भीम भुर्तेल बताउँछन् ।

‘ओलीले विधान संशोधन गरेर होस् या हरेक गरेर शक्तिशाली बन्नेगरी आधार निर्माण गरिसकेका छन् । त्यही भएर त उनले टीका लगाएर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मै छानेनन् महाधिवेशनदेखि,’ उनले भने, ‘ओलीको बोलवाला छ अहिले । विरोधी स्वर सुनिए उनी दबाउँछन् । यसले गर्दा उनलाई कसैले चुनौती दिने देखिन्नँ ।’

एमालेबाट ‘विदा लिएँ’ भनेर अलग भइसकेका पूर्वमन्त्री मणि थापाले पार्टीमा ओलीले आफ्नो बचाऊ गर्ने र गुणगान गाउने नेताहरूलाई अवसरको खापैखाप दिने गरेको यसअघि नै प्रभावसँग बताएका थिए । उनकै कारण माधव नेपाल पक्षबाट एमालेमा फर्किएका ‘१० भाइ’ र पूर्वमाओवादी नेताहरूको व्यवस्थापन उचित ढंगले नभएको थापा बताउँछन् । जसले गर्दा एमाले सिंगो एउटा पार्टी भए पनि तीन ‘फ्याक्टर’ छन् । 

एक नेताका अनुसार पार्टीको कुनै पनि मञ्चमा ओलीको मनमौजीविरुद्ध कसैले बोल्ने हिम्मत गरेका छैनन् । नगर्नुको पछि राजनीतिक भविष्यप्रतिको चिन्ता कारक रहेको ती नेताले बताए । यही मौकामा ओलीले उमेर हद हटाउनेदेखि एक नेतालाई दोहोरो कार्यकारी भूमिका नदिने निर्णय गराएका हुन् ।
 


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP