Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • १० जना पक्राउ, १० दिन हिरासतमा राख्न अनुमति
सय किलो सुन प्रकरण १० जना पक्राउ, १० दिन हिरासतमा राख्न अनुमति
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, साउन ५, २०८०

काठमाडौं– कुख्यात अपराधी चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराउने अभिव्यक्ति दिएको केही वर्षमै आतंकवादसम्बन्धी एक अमेरिकी प्रतिवेदनले उक्त विमानस्थलको निकै कमजोर सुरक्षा व्यवस्था रहेको टिप्पणी गरेको थियो । तस्करीको सुन जुन परिमाणमा र जसरी दिनहुँ बरामद भइरहेको छ, यी तथ्यहरूले शोभराज र अमेरिकी प्रतिवेदनको निष्कर्षलाई पुष्टि गरेका छन् । 

बुधबारमात्रै हालसम्मकै ठूलो परिमाण भनी दाबी गरिएको सुन विमानस्थलबाट बाहिरियो । उक्त सुन प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागका अधिकारीहरूले बरामद गरे । बरामद गरिएको सुन हाल टक्सार महाशाखामा राखिएको छ । नेपाल राष्ट्र बैंक भने थप परीक्षणका लागि पत्रको पर्खाइमा छ ।

सुन तस्करी प्रकरणमा बुधबार नै छ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये एक जनालाई सुनको मालिक रहेको प्रहरीको दाबी छ । राजस्व स्रोतले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई, राजेन्द्र राई, पुरानो दिल्ली घर भई हाल काठमाडौं पानीपोखरी बस्ने ५३ वर्षीय भारतीय नागरिक थाप्तेन छिरिङ र ट्याक्सी चालक अशोक लामा छन् ।

सुन भित्र्याउने मुख्य व्यक्ति रहेको आशंका गरिएका चिनियाँ नागरिक लिङ चुवानलाई पनि बिहीबार पक्राउ गरिएको छ ।बिहीबार पुष्कर भट्ट, कृष्ण श्रेष्ठ र राजन श्रेष्ठ पनि पक्राउ परे । श्रेष्ठद्वय एलिस ट्रान्स ग्रुपका सञ्चालक र भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक रहेको खुलेको छ । दुवै कम्पनी कार्गोसँग सम्बन्धित हुन् । यससँगै पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।

Hardik health

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ । यस प्रकरणमा संलग्न केहीविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले प्रभावसँग बताए । 

उनका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उक्त परिमाणको सुन हङकङबाट नेपाल ल्याइएको हो । प्रहरी र विमानस्थल भन्सारका कर्मचारीहरूबीचको मिलेमतोमा इतिहासकै सर्वाधिक सुन विमानस्थल हुँदै ट्याक्सीमा राखेर बाहि¥याउन सफल भएको हो ।

यससँगै भन्सार अधिकृत सन्तोष चन्दसहित अर्का एक भन्सार अधिकारीविरुद्ध निलम्बनको सिफारिस भइसकेको छ ।विदेशदेखि श्रम गरेर आएका मजदुरले एउटा औंठी लगाउँदा देखिने भन्सार कर्मचारीहरूले कम्तीमा एक क्वीन्टल सुन कसरी देखेनन् ? आमरुपमा प्रश्न उठेको छ । 

यसबारे थप छानबिन गर्न समिति गठन भइसकेको छ । अर्कातिर प्रहरी, सशस्त्रसँगै राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू सुन तस्करी प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गर्न परिचालित भइसकेका छन् । बिहीबार बिहान नै भन्सारका कर्मचारीहरूलाई गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे जानकारी लिए । तर, उक्त बैठकमा के कसो भयो भन्ने जानकारी स्पष्टरुपमा दिइएको छैन । 

यसैबीच, भन्सार विभागले पनि आन्तरिक छानबिन गरिरहेको बताएको छ । ‘प्रणालीमा केही खराबी छ कि, एक्सरेमा नदेखिएको हो कि वा मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ,’ महानिर्देशक शोभाकान्त पौडेलले बताए । उनले आफूहरूले दैनिक जसो दुई÷तीन किलो सुन बरामद गरिरहेको र सुन तस्करी व्यापक रहेको देखिएको बताए ।

पछिल्लो अवैध सुन भने रेडी ट्रेड प्रालि भएको पाइएको छ । कम्पनीले खरिद गरेर ल्याएको बाइकको १६० सेट ‘ब्रेक शू’को आठवटा प्याकेटमा ल्याएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारीले बताए । जम्मा वजन बट्टासहित १५५ किलो भएको बताइएको छ ।

विमानस्थल प्रयोग गरी सुन तस्करी भएको यो अहिलेसम्मकै ठूलो घटना हो । पछिल्लो नौ वर्षमा तस्करीबाट भित्रिएको सुनको मात्रा ६६५ केजी ५०० ग्रामभन्दा बढी सुन बरामद भएको प्रहरीको तथ्यांक छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्वसहितका विभिन्न निकायले हङकङ, दुबई, चीनलगायत मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका नाका हुँदै ल्याएको उक्त परिमाणमा सुन बरामद गरेका हुन् ।

यसअघि २०७४ मा पनि ३३ किलो सुन प्रकरण खुबै चर्किएको थियो । त्यतिबेला सुन तस्करी भइसकेको तर तस्करीमा संलग्न टिमबीच विवाद हुँदा सनम शाक्यको हत्या भएपछि पोल खुलेको थियो । घटनामा संलग्न केही व्यक्ति गिरफ्तार भए तर सुन भेटिएन ।

त्यसबाहेक रसुवा नाकाबाट तस्करी भएको ८८ किलो सुन प्रकरण पनि त्यसरी नै सेलाएको थियो । यो पटक भने तस्करी हुन लागेको सुनसँग व्यक्ति पनि पक्राउ परेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन नै झण्डै एक अर्ब रुपैयाँभन्दा बढीको सुन बरामद भएको छ । यो मात्रा हेर्दा विगत पाँच वर्षमा भएको सुनको मात्राको आधा एकैपटकमा बरामद भएको देखिन्छ ।

विगत पाँच वर्षमा करिब १२२ किलोग्राम अवैध सुन बरामद भएको तथ्यांक छ । आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा १२२ किलो अवैध सुन बरामद गरियो । र, त्यसबापत राज्यले करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:४३
#सुन_तस्करी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP