Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महामन्त्री त चरी जेलैमा !
कांग्रेस केन्द्रीय समिति महामन्त्री त चरी जेलैमा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ५, २०८०

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । मंगलबारबाट ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ । बुधबार ४६ जना केन्द्रीय सदस्यले महामन्त्री गगन थापाले प्रस्तुत गरेको पार्टीको कार्ययोजनामाथि धारणा राखेका थिए । बिहीबार ३५ जनाले उक्त कार्ययोजना र पार्टीका कार्यक्रममाथि धारणा राखे ।

खाणलाई निलम्बन गर्न माग
बिहीबारको केन्द्रीय समितिमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग उठेको छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग राखेका हुन् ।

‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य हिस्सेदार हो । यही सरकारको पालामा हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग–अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ,’ उनले भने, ‘सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ । खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुप¥यो, होइन भने पार्टीबाट निलम्बन गर्नुप¥यो ।’

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाण वैशाख २७ गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतको आदेशमा खाण असार १ देखि पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ ।

Hardik health

केन्द्रीय सदस्य शिवाकोटीले सभापति देउवासमक्ष यस विषयमा केन्द्रीय समिति प्रस्ट हुनुपर्ने बताएका छन् । ‘यसमा कि थुनामा हुने दोषी हुनुप¥यो कि सरकारमा रहेका हाम्रै मन्त्री पूर्वाग्रही भएको हुनुप¥यो । सभापतिज्यू, पार्टीले प्रस्ट भन्नुप¥यो,’ उनले भने, ‘यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन । सरकार र साथीमध्ये के रोज्ने हो, सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ ।’

हतार नगर्न गगनलाई सुझाव
यसपटकको केन्द्रीय समितिमा धेरैले महामन्त्री थापा लक्षित धारणा राखिरहेका छन् । बिहीबार पनि केही केन्द्रीय सदस्यले गगनमाथि सुझाव र आरोप बर्साए ।केन्द्रीय सदस्यसमेत रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री थापाले अतिरञ्जित कुरा गरेको आरोप लगाए ।

पछिल्ला दिनहरुमा थापाले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । उक्त बोलीप्रति लक्षित गर्दै पाण्डेले देउवा डुबे गगन पनि डुब्ने चेतावनी दिए । ‘पार्टीको नेगेटिभ भ्रम फैलिने गरी अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ,’ पाण्डेले भने ।

अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भने थापालाई हतार नगर्न सुझाव दिए । ‘एउटा व्यक्ति विशेषले संसदीय दलको नेता चाहियो, पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिको ख्यालै नगरी बेमौसमी बाजा बजाएर जन्ती पाइन्न कि ! त्यतातिर ध्यान जाओस्,’ केसीले भने, ‘भन्ने एउटा, गर्ने एउटा, लेख्ने एउटा । गगनजी, हतार गर्न पर्दैन, यु वेट । एभ्री डे इज सन्डे ।’

महामन्त्रीद्वमाथि केन्द्रीय सदस्यहरु खनिएपछि प्रकाश रसाइली ‘स्नेही’ले भने सहानुभूति देखाए । महामन्त्रीहरुलाई विचरा बनाइएको उनको टिप्पणी थियो । एक वर्षअघि गायिका विष्णु माझीको स्वरमा रहेको चर्चित गीत ‘चरी जेलै’माको उदाहरण दिँदै रसाइलीले महामन्त्रीहरुको केही अधिकार नभएको तर्क गरेका हुन् । ‘महामन्त्रीहरु विचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ,’ उनले भने, ‘अनि केही कुरा हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ । सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ ।’

उनले ११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले जनताका मुद्दा सम्बोधन गर्न नसक्ने बताए । आफूहरु टुलुटुलु हेरेर बस्न बाध्य भएको उनको भनाइ थियो । ‘११ महिनासम्म बैठक राख्न नसक्ने पार्टीले कसरी जनअपेक्षा सम्बोधन गर्छ ?,’ उनको प्रश्न थियो, ‘हामी केन्द्रीय सदस्य कहिले बैठक बस्ला भनेर टुलुटुलु हेरेर कुर्न बाध्य भएका छौं ।’


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:३१
#नेपाली_कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP