Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निसानामा गगन–विश्व 
निसानामा गगन–विश्व 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ४, २०८०
RBB RBB
  • बुधबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्य देउवा पक्षका
  •  गगन र विश्वलाई चेतावनी: तपाईंहरुको पनि विकल्प खोज्नु नपरोस्
  •  भित्र एउटा बोल्ने बाहिर अर्को बोल्ने महामन्त्रीद्वयलाई प्रत्यक्ष प्रसारणले ठीक गरेको जीवनबहादुर शाहीको दाबी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले दुई महामन्त्रीमाथि निसाना साँधे । बिहान ११ बजेबाट पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको प्रारम्भमै प्रदेश सभापतिहरु महामन्त्री गगन थापामाथि खनिए । प्रदेश सभापतिहरुको आरोप थियो– गगनले ल्याएको कांग्रेसको क्यालेण्डरमा प्रदेश समेटिएन । 

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले महामन्त्री थापाले प्रस्तुत गरेको पार्टीको क्यालेण्डरमा प्रदेश नभेटिएको आक्षेप लगाए । ‘महामन्त्रीको क्यालेण्डरमा प्रदेश भेटिनँ । कहीँ भेटिएन,’ बुधबारको केन्द्रीय समितिमा आफ्नो भनाइ राख्ने क्रममा बानियाँले भने ।

सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पनि प्रदेशबारे क्यालेण्डर मौन रहेको दाबी गरे । बलायरले भने, ‘प्रदेश समितिको भूमिकाबारे मौन छ । प्रदेशलाई पनि अधिकार दिनुपर्छ ।’ त्यसो त उनले यो कार्यतालिका कार्यान्वयनमै शंका व्यक्त गरे । ‘क्यालेण्डर कार्यान्वयनमा अवरोध आउने देख्छु,’ बलायरले भने ।

मधेस प्रदेशका सभापति कृष्ण यादवले जिम्मेवारी नदिए प्रदेश नै खारेज गरिदिए हुने चेतावनी दिए । ‘प्रदेशलाई जिम्मेवारी नदिए खारेज गरिदिए हुन्छ । हामी जिल्लामा झर्छौं,’ यादवले भने । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि केन्द्रले प्रदेश कार्यसमितिलाई बाहिर राख्ने काम गरिरहेको आरोप लगाए ।

‘जिल्ला सभापतिहरुको भेला भयो । प्रदेशलाई जानकारी नै छैन,’ शर्माले भने, ‘प्रदेशलाई बाहिर राख्ने काम भएको छ । हामीलाई कमजोर बनाए पार्टी पनि कमजोर हुन्छ ।’लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशलाई दबाएर चलाउन खोज्दा राम्रो नहुने चेतावनी दिए । ‘प्रदेश सरकारलाई पनि कमजोर बनाउन खोजिएको छ । दबाएर चलाउन खोज्दा राम्रो नहोला,’ पुनले भने ।

कर्णालीका सभापति शाहीले पार्टीको केन्द्रले नै विधानविपरीत काम गरेको आरोप लगाए । ‘विधानविपरीत काम नहोस् । आदरणीय महामन्त्रीहरुलाई हिन्दुस्तानका सिनेमा हेर्दा ‘पोइन्ट टु बि नोटेड’ भनिन्छ । पदाधिकारीले पनि नोट गर्नुहोला,’ शाहीले भने, ‘विधानको ३८ पेजमा र ३९ को पेजमा भएको एक–एक अक्षर केलाएर हेरें । केन्द्रीय समितिलाई स्वतः निष्कासित गरेका व्यक्तिहरुले अनुशासन समितिको एकल निर्णयले २०८० असार १७ गते निवेदन दिनुहुन्छ । अनि कारबाही फुकुवा भन्नुहुन्छ । कसरी एकल अधिकार पाउनुभयो ?’

निसानामा गगन–विश्व
मंगलबार विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको केन्द्रीय समितिमा दोस्रो दिन बुधबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका हुन् । बुधबारको बैठकमा अधिकांश पार्टी सभापति शेरबहादुर देउवापक्षका केन्द्रीय सदस्यहरुले धारणा राखे । धारणा राख्ने क्रममा अधिकांशले महामन्त्री थापा र शर्मामाथि प्रश्न गरे । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले दुई महामन्त्रीले दायरा फराकिलो नबनाए विकल्प खोज्नुपर्ने अवस्था आउने चेतावनी दिइन् । 

‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिनेगरी अगाडि बढ्नुहोला,’ खतिवडाले भनिन्, ‘तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ । तपाईंहरुको विकल्प पनि हामीहरुले खोज्ने विकल्प नआओस् ।’ 

केन्द्रीय सदस्य रामहरि खतिवडाले पछिल्लो समय संस्थापनइतरका नेता डा. शेखर कोइराला मौन रहेकोमा धन्यवाद दिए । ‘शेखर कोइरालालाई धन्यवाद । पार्टीलाई संयम बनाएर लाने विषयमा उहाँ लाग्नुभएकोमा,’ खतिवडाले भने । खतिवडा देउवानिकट नेता हुन् । उनले सांसदमा महामन्त्रीहरु क्षणक्षणमामात्रै आउने उल्लेख गर्दै प्रतिपक्षको प्रस्तुति हेर्न आग्रह गरे ।

‘संसद्मा सभापति यदाकदा जाने, उपसभाति दुईजनै मन्त्री भएर उपस्थिति कम हुने । महामन्त्रीहरू छिनछिनमा आउने, देखापर्ने । तर, प्रतिपक्षले कसरी हल्लाउँछन् संसद् भन्ने देख्नुभा’छ ? कसरी चलेको होला ? त्यो बारेमा पनि प्रत्येक दिन छलफल गरेर संसद्मा जाने पद्धति भयो भने कांग्रेस त्यहाँ पनि अझ दह्रो भएर प्रस्तुत हुनेछ,’ उनले भने ।

खतिवडाले ‘मिसन–०८४’ भन्दै हल्ला गर्नुभन्दा २१०० सालसम्मको कार्ययोजना बनाउनतिर लाग्न दुई महामन्त्रीलाई सुझाव दिए । ‘मिसन–०८४ भनेर हल्ला आएको छ । अहिले नै डराएको छ उपनिर्वाचनबाट । अहिले नै गाली गरेर हिँड्दा राम्रो होला त ? बरु मिसन २१०० बनाउनतिर लागौं न,’ खतिवडाले भने ।

केन्द्रीय सदस्य नैनसिंह महरले दुई महामन्त्रीले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय उठाएका थिए । महरले पार्टी सभापतिको सहभागिता विनाजिल्ला सभापतिको भेला नभएको विगतको उदाहरण सुनाए । ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ महरले भने । असार २१ गते दुई महामन्त्रीले जिल्ला सभापतिहरुको भेला गराएका थिए ।

केन्द्रीय सदस्य जीवन रानाले सभापतिमात्र होइन, महामन्त्री पनि चुकेको बताइन् । ‘पार्टी सञ्चालनमा सभापतिमात्र होइन, महामन्त्री पनि चुक्नुभएको छ । पार्टी विधानसम्मत सञ्चालन नभएको कुरामा तपाईं पनि अछुतो हुनुहुन्न,’ उनले भनिन् ।सस्थापनपक्षकै अर्का नेता कर्णालीका जीवनबहादुर शाहीले पनि महामन्त्री लक्षित गदै पार्टीको बैठक फेसबुकमार्फत ‘लाइभ’ भएकोले भित्र एउटा र बाहिर अर्काे नबोल्न आग्रह गरे ।

महामन्त्रीद्वयले पार्टी बैठकभित्र एउटा र बाहिर अर्काे बोलेर हिँड्न थालेको उल्लेख गर्दै शाहीले भने, ‘यो लाइभले हामीले सद्बुद्धि देओस् । भित्र एउटा बोल्ने बाहिर अर्को बोल्ने ? अनि ठूला नेताहरूले जथाभावी ग¥यो भने त्यसपछिको नेताहरूले पनि गर्नुभएन ।’

देउवालाई सुझाव– बूढाहरुबाट पार्टी चल्दैन
मधेस प्रदेशका सभापति यादवले युवाहरु र विद्यार्थीहरु पार्टीमा शून्य हुँदै गएकोले पार्टी कमजोर बन्दै गएको तर्क गरे । उनले मधेसप्रति कांग्रेस उदासीन रहेकोसमेत आरोप लगाए ।

‘मधेस कांग्रेसको जननी हो । मधेस बलियो हुँदा कांग्रेस बलियो हुन्छ । मधेसप्रति उदासीन देखिन्छ कांग्रेस,’ यादवले भने, ‘संगठन जिरो छ । नेविसंघ जिरो छ । यस्तो अवस्थामा के नेतृत्वविरुद्ध बोल्न नपाइने हो ?’

कांग्रेसले युवाहरु गुमाउँदै लगेको अवस्थामा बूढाहरुबाट पार्टी नचल्ने उनको भनाइ थियो । ‘युवाको पकड छैन । अब बूढाहरुबाट मात्र पार्टी चल्दैन,’ यादवले भने ।

सरकार छाड्दा बदनाम नहोस्
केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला बजारमा चलेको सुनाइन् । ‘बाहिर व्यापकरुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । देश र जनतालाई अघि राखेरमात्र पहिले अगाडि बढ्नुपर्छ । खेल सामान्य छैन ।

कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ,’ देवकोटाले भनिन्, ‘भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीलाई छाडेर कांग्रेसले बद्नामी हुने अवस्था पनि आउनसक्छ,’ यसलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न देवकोटाले सभापति देउवालाई आग्रह गरिन् । बुधबारको बैठक बिहीबार ११ बजे बस्नेगरी स्थगित भएको छ । बुधबार ४६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १५७ जनाको केन्द्रीय समिति रहेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:२८
#गगन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP