काठमाडौं- राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेसनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए ।उनकाअनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको ढु्ंगानाले बताए ।
उनले सुन हङकङबाट आएको खुलेको जानकारी दिए । सुनबारे थप अनुसन्धान जारी रहेकोसमेत उनले बताए ।