Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • लुटमै छ छुट !
लुटमै छ छुट !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन २, २०८०

हर्कमान आजकल बिहानदेखि नै माइतीघर धाउन थालेका छन्। उनी पहिले अदालततिर धाउँथे। अदालत धाउँदा–धाउँदा थाकेका हर्कमान खै किन हो थर्कमान पो भएका छन्। एसो अलि खाइलाग्दो मान्छे देख्यो कि आँखा राताराता पार्छन् र त्यही मुड्की बजार्न पाए हुन्थ्यो जस्तो गर्छन्। उनको त्यो पारा देखेर छिमेकीहरु पनि तीन छक्क नै परेका छन् !

हर्कमानमात्र कहाँ हो र उनकै सँधियार भैरव काका त सानोतिनो खुकुरी नै पो बोकेर हिँडेका छन् त ? जहाँ पायो त्यही छप्काउँछु भन्छन् अरु त कुरै गर्न मान्दैनन्। पल्टने स्वभाव, ‘रिऽटायर्ड लाइफ’मा पो देखाउन थाल्या छन्। विचरा भैरव काका जिन्दगीभरि पल्टने बनेर बगाएको रगत पसिनाको कमाइ क्वाप्लाक्कै खाइदिएपछि खुकुरी नबोकेर फूल अक्षता बोकेर हिडुन् त ?

पहिलेपहिले लुटिनेहरुको जमाना थियो। सहयोग पनि लुटिनेलाई हुन्थ्यो। अहिले जमाना फेरिएको छ। अब त लुट्नेको भाग्यरेखा बलियो बनेको छ। लुट्नेहरुलाई नै शक्तिशाली साथ मिल्छ !

हुन् त उही बेलादेखि नै चलेको छ क्या एउटा उखान ! ठूलो चैन, सानालाई ऐन। ठूलोले जति नै अपराध गरे पनि छुट हुन्छ तर सानाले सानो गल्ती गरे पनि कडा नै खेप्नु पर्छ नि ! अहिले हर्कमानहरु थर्कमान भएका छन्। भैरव काकाहरु डाँकाहरुको फन्दा परेका छन्। केही समय अगाडि काठमाडौं सहराँ एउटा चर्चा हुन्थ्यो– घरघरमा सहकारी कोठाकोठामा बेरोजगारी। अहिले भएकै त्यही छ। सबै बेरोजगारजस्तै भएका छन् त्यसैले त माइतीघर धाउन थाल्या छन्। थोपाथोपा लगाई, सहकारीका आका आई, उत्पादन बढाइ, राम्रो हुन्छ कमाइ भन्दै सरकाराँ बस्नेहरुले नै नारा बनाकाले हर्कमान भैरव काकाहरु अहिले माइतीघर धाउन थालेका हुन्।

Hardik health

सोझा हर्कमानहरुलाई बर्खाको भेलले काठमाडौंको घर डुबाएजसरी जिन्दगीको कमाइ नै डुबाउने सहकारीले तरकारी खाएजसरी भएभरको खाइदिएपछि क्यार्नु त ? न त गाउँमा बस्न सकियो न त आफ्नो पैसो फिर्ता आउने देखियो। ब्याजमाथि स्याज, स्याजमाथि ब्याज गरेर क्वाप्लाक्कै खाइदिएपछि मर्नु न बाँच्नु भयो भन्दै माइतीघर घेर्न आइपुगेका हुन् नि बूढा भैरव काका पनि।

सहकारीले पनि लुट्दियो, साहुले पनि लुटदियो। यता गए पनि लुट्ने उता गए पनि लुट्ने। पालैपालो लुटेको छ लुटेकै छ। हुन त अहिले लुटकै राज्य चल्या छ। पालैपालो लुट्ने त हो ! जसले सक्छ त्यसैले लुट्छ। लुट्न सक्ने छुट्न सक्छ। मिटरब्याजी पनि लुटिएका हुन्, सहकारीले पनि लुटिएका हुन्। देशको सिमाना पनि लुटिएकै छ। सत्तामा तीन जनाले मिलेर पालैपालो लुटेकै छ। कहिले उसको पालो, कहिले उसको पालो। लुट्न पाइएको छ नि। लुट्नेहरु महलमा सरर, लुटिनेहरु माइतीघरमा आँशु चुहाउँदै बरर, हाम्रै नेपालमा। भैरव काका पनि लुटिएकै हुन्, हर्कमान पनि लुटिएकै हुन्। को कसरी किन लुटियो भन्ने त होला ? बूढाहरु सानो लोभमा पर्दा भसक्कै परे त। माइतीघरमा अहिले कोकोहोलो मच्चाएर के होला र ? लुट्ने सिंहदरबारभित्र छ। लुटिने गेटमा धर्ना दिइरहेका छन्। अनि कसरी हुन्छ होला ?

यसो हेर्‍यो कहिले शेरबहादुर, कहिले ओली कहिले दाहाल पालैपालो देश लुटेको त हो नै। देश चलाउनेले देश लुटिरहन मिल्छ भने फकाएर, भजाएर, लुटेकालाई केको तनाव ? कसैले ब्याज बढी दिएर, कसैले ब्याज बढी लिएर। लुट्न त लुटेकै त हो ? अब शासकले नै लुट्न सिकाएपछि नलुटि भो त ?

पहिलेपहिले लुटिनेहरुको जमाना थियो। सहयोग पनि लुटिनेलाई हुन्थ्यो। अहिले जमाना फेरिएको छ। अब त लुट्नेको भाग्यरेखा बलियो बनेको छ। लुट्नेहरुलाई नै शक्तिशाली साथ मिल्छ ! त्यही भएर स्याल हुँइयाल भन्छ नि खै त्यो केरे के रे नाम ? ब्याज हानेको हान्यै छ। त्यसलाई छप्काउनुपर्छ नि। खुलमखुला छप्काउँछु भन्नेलाई तालीले स्वागत गर्ने देशाँ नलुटेर सुख पाइन्छ त ?

त्यही भएर हर्कमान र भैरव काकाका भाग्यरेखा बलियो छैन पो भन्छन्। भाग्य बलियो हुने भइदिएको भए बर्खाको भेलमा माइतीघरको मेलामा कहाँ भेट हुन्थ्यो र ! माइतीघर र सिंहदरबारको दूरी कति छ र ? सिंहदरबार र बानेश्वरको सेतो दरबारको सम्बन्धलाई जलप लगाउने को छैन र ? सिंहदरबारमा लुट्नेहरुले कलम धक्याउँछन्। सेतो दरबारमा लुट्नेहरुका लागि मुख बर्साउँछन्। 

आखिर पड्काउनेकै चर्चा हुने त हो नि ? कतै भोट पड्काउने, कतै नोट पड्काउने, कतै कमिसन पड्काउने, कतै घूस, जुस जे पनि पड्काउने। कार्यापालिकादेखि न्यायपालिकासम्मले मिठो मान्ने। लुट्नेलाई नै छुट नै छुट। यति राम्रो व्यापार छ कि लुट भन्ने त्यसको हिसाबकिताब नै हुँदैन। सायद त्यस्तो हिसाबकिताब त महालेखाले पनि देख्दैन। महाको लेखाले त दैख्दैन भने अरुले देख्ने त कुरै हुँदैन। पसलमा लुट, स्कुलमा लुट, कलेजमा लुट, बसमा लुट, बाटोमा लुट, कार्यालयमा लुट। सहकारीमा लुट, बैंकमा लुट, ब्याजमा लुट, अस्पतालमा लुट। खाद्यान्नमा लुट। यस्तै लुट्दैलुट्दै पशुपतिमा मन्दिरमा लुट चन्दामा लुट। दान दक्षिणमा लुट, धर्मकर्ममा लुट। लुटै लुटलाई छुट हुने भएकैले होला मरेपछि आर्यघाटमा पुगेर जलिरहँदा पनि अर्कोले गर्छ फेरि महालुट। 

जताजतै लुट नै लुट भए पनि लुटलाई छुट दिँदै लुटको खेती गरौं। लुटलाई नै व्यापार बनाऔं। लुटलाई नै व्यवसाय गरौं। लुट्न नजान्नेलाई सात डाँडा कटाउँ। जय लुट !


प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP