Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीति गर्ने ‘गुरु’हरुलाई कारबाहीको सिफारिस
राजनीति गर्ने ‘गुरु’हरुलाई कारबाहीको सिफारिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १, २०८०
  • कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका त्रिभुवन विश्वविद्यालयका तीन सहप्राध्यापकलाई कारबाहीको सिफारिस
  • प्राध्यापक, शिक्षक वा कर्मचारीलाई सदस्यता नदिनसमेत कांग्रेसलाई आयोगको निर्देशन
  • जसपाका केन्द्रीय सदस्य उमाशंकर प्रसादलाई पनि कारबाहीको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको महाविधेशन प्रतिनिधि बनेका त्रिभुवन विश्वविद्यालयका ‘गुरु’हरुलाई कारबाही गर्न सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक जगत तिमल्सिना, त्रिचन्द्र कलेजका सहप्राध्यापक राजेन्द्र गौतम र वाल्मिकी क्याम्पसका सहप्राध्यापक कृष्णकान्त पराजुली कारबाहीको सिफारिसमा परेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा तीनै जना महाधिवेशन प्रतिनिधि भएको पाइएको आयोगको दाबी छ ।

‘निजहरु नेपाली कांग्रेसको चौधौं महाधिवेशन–२०७८ मा महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएको देखिने तथ्यगत विवरण महाधिवेशनमा सहभागी भएकाहरुको नामावली विवरणमा उल्लेख भएको देखिन्छ,’ आयोगको पत्रमा भनिएको छ । 

केही दिनअघिमात्र बसेको आयोगको बैठकले उक्त सिफारिसको निर्णय गरिएको आयोगले जनाएको छ । आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालय र रजिष्ट्रारको कार्यालयलाई पत्र लेखी कारबाहीको सिफारिस गरेको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को देहाय खण्ड (छ) ले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई राजनीतिक दलमा क्रियाशील भई काम गर्न पाउने सुविधा प्रदान गरेको नदेखिएकोले निजहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयलाई लेखी पठाउने,’ आयोगको पत्रमा भनिएको छ । 

Hardik health

तिमिल्सिना कांग्रेस समर्थित प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष हुन् भने गौतम महासचिव । त्यसैगरी पराजुली उपाध्यक्ष हुन् ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) मा बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

आयोगले कानुनविपरीत कार्य नगर्नसमेत कांग्रेसलाई निर्देशन दिने निर्णय गरेको छ । ‘क्रियाशील सदस्यता तत्काल बदर गरी त्यसको जानकारी आयोगमा ३ (तीन) दिनभित्र उपलब्ध गराउन तथा अब उप्रान्त कानुनविपरीत हुनेगरी त्यस्ता व्यक्तिहरूलाई दलको सदस्यता प्रदान नगर्न र महाधिवेशनमा सहभागी नगराउन कांग्रेसलाई निर्देशन दिने,’ आयोगको निर्णयमा भनिएको छ । यसैगरी आयोगले जनता समाजवादी पार्टी (जसपा) का प्राध्यापकलाईसमेत कारबाही गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक उमाशंकर प्रसाद जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य रहेको पाइएपछि आयोगले कारबाही गर्न सम्बन्धित कार्यालयहरूलाई सिफारिस गरेको छ ।

‘उमाशंकर प्रसादको नागरिकता विवरणमा ना.प्र.नं. २१९, र जिल्लाः रौतहट, जारी मिति २०६९/१२/१९ रहेको देखिन्छ । सम्बन्धित दल जसपाले उमाशंकर प्रसाद दलको केन्द्रीय सदस्य रहेको भन्ने पत्र आयोगमा उपलब्ध गराएकोसमेतका आधारमा निज जसपाको केन्द्रीय सदस्य रहेको पुष्टि हुन आएको छ,’ आयोगको निर्णयमा भनिएको छ, ‘निजको नाम तत्काल केन्द्रीय समितिबाट हटाई कानुनसम्मत ढंगले तीन दिनभित्र आयोगमा विवरण अद्यावधिक गर्न र अब उप्रान्त कानुनविपरीत हुनेगरी त्यस्ता व्यक्तिलाई दलको सदस्य नबनाउन जनता समाजवादी पार्टी, नेपाललाई निर्देशन दिने ।’

एमालेले जनप्रतिनिधिलाई पार्टी कमिटीको नेतृत्व नदिने 
 नेकपा एमालेले जनप्रतिनिधिलाई पार्टी कमिटीका कार्यकारी पदको जिम्मेवारीमा नराख्ने भएको छ ।

केन्द्रीय सचिवालयको शनिबारको बैठकले यसबारे टुंगो लगाएको हो । यस विषयमा एमालेले अन्तरपार्टी निर्देशन जारी गर्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

एमालेका प्रदेश र जिल्ला अधिवेशनहरुको मिति तोकिएकै बेला पार्टी सचिवालयले सांसददेखि स्थानीय तहका प्रमुखहरुलाई पार्टी कमिटीका नेतृत्व तहको पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो ।

जनप्रतिनिधिले पार्टीको कार्यकारी जिम्मेवारीसमेत लिँदा काममा चाप पर्ने र समय दिन नसकिने भएकाले अध्यक्ष र सचिवजस्ता पदमा उम्मेदवार बन्न रोक लगाइएको शाक्यले बताइन् । 


प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:०७
#कृष्णकान्त_पराजुली #जगत_तिमल्सिना #राजेन्द्र_गौतम #नेपाली_कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP