Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनको नेता देउवा !
गगनको नेता देउवा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३१, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापा
RBB RBB

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तन गर्न आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । ‘म दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ,’ शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग महामन्त्री थापाले भने ।

अहिले नेपाली कांग्रेसमा संसदीय दलका नेता हुन् सभापति शेरबहादुर देउवा । गत पुसमा भएको संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत पाउँदा थापाले २५ मतमात्र पाएका थिए । यद्यपि देउवाको ताज खोस्न लागिपर्ने गर्जन गगनले पटक–पटक दोहोर्‍याउन थालेका छन् ।

एक हप्ताअघि असार २३ गते आफ्नो गृहनगरबाट गगनले संसदीय दलको नेता फेर्न आफू लागिपर्ने घोषणा गरेका थिए । दलको नेता फेर्न आफू थाकिनसकेको उनको भनाइ थियो । ‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन,’ उनले भनेका थिए ।

सकेसम्म दलको नेता आफैं बन्ने र नसके अरुलाई बनाउन पछि नपर्ने गगनको भनाइ थियो । ‘नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु,’ थापाले भनेका थिए, ‘त्यो बदलिनुपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीं दलभित्रै छ ।’

गत निर्वाचनमा प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका थापालाई पार्टीमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका थिए । थापाले आफू संसदीय दलको नेता बन्न नसके शर्मालाई अघि सार्ने सम्भावना रहेको नेताहरु बताउँछन् । यद्यपि संसदीय दलको नेतामा प्रतिस्पर्धा भएमा एकपटक आफैं भिड्ने दाउमा गगन देखिन्छन् ।

पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटक–पटक प्रयोग हुनका साथै नेता परिवर्तन भएको उदाहरण रहेको उनको भनाइ छ । थापाले कोइराला दलको नेता हुँदा हालका दलका नेता देउवाले नै संख्या पुर्‍याएर नेता बनेको उल्लेख गर्दै विधान सम्झाएका हुन् ।

के छ विधानमा ?
संसदीय दलको नेता परिवर्तन गर्न के गर्ने ? नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०७४)मा यससम्बन्धी व्यवस्था रहेको छ । विधानको दफा २२ मा विश्वास र अविश्वासको प्रस्ताव तथा पदाधिकारीलाई हटाइने शीर्षकमा नेताको पद रिक्त हुनसक्ने व्यवस्था उल्लेख गरिएको छ । २२ उपदफा १ मा भनिएको छ, ‘नेताले कार्यसमितिसमक्ष लिखित राजीनामा दिएमा, विश्वासको प्रस्ताव पारित हुन नसकेमा, अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधिसभाको सदस्य नरहेमा वा निजको मृत्यु भएमा नेताको पद रिक्त हुनेछ ।’ यसमा उल्लेख भएका पाँचमध्ये अविश्वासको प्रस्तावबाहेक अरु विषयबाट तत्काल दलको नेताको पद रिक्त हुने अवस्था देखिँदैन ।

अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था दफा २२ कै उफदफा १ मा उल्लेख छ । जसमा भनिएको छ, ‘नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधिसभाका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यले समर्थन गरेमा सो प्रस्ताव पारित भएको मानिनेछ ।’ यसैगरी चर्को विरोध आइरहेमा नेता आफैंले पनि संसदीय दलको नेतामा बहुमत छ या छैन भनी जाँच्न सक्ने व्यवस्था छ । दफा २२ को ३ मा यसबारे भनिएको छ, ‘नेताले आफ्नो कार्यकालभित्र कुनै बखत आफूमाथि संसदीय दलको विश्वास छ भन्ने कुरा प्रमाणित गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि संसदीय दलमा प्रस्ताव राख्न सक्नेछ । यस्तो प्रस्ताव संसदीय दलका प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढीको विश्वास प्राप्त भएमा पारित भएको मानिनेछ ।’ 

के कांग्रेसमा तत्काल देउवाविरुद्ध संसदीय दलको नेतामा अविश्वासको प्रस्ताव आउनसक्ने अवस्था छ त ? वा देउवा आफैंले यसमा परीक्षण गर्ने तयारी छ त ?  गगनपक्षकै एक केन्द्रीय सदस्यले नाम नखुलाउने सर्तमा यो सम्भव नरहेको दाबी गरे । ‘अहिले सभापतिसँग एब्सोलुट मेजोरिटी छ । त्यसैले संसदीय दलको नेता फेर्नसक्ने अवस्था देख्दिनँ,’ ती केन्द्रीय सदस्यले भने । यद्यपि कांग्रेसमा संसदीय दलको नेता फेर्न अन्तर्राष्ट्रिय शक्तिहरु भने लागिपरेको उनको भनाइ थियो । ‘देउवाबाट काम नबन्ने देखेपछि मान्नेलाई ल्याउने तयारी देखिन्छ,’ ती नेताले भने ।

देउवा झनै बलियो भएको अवस्थामा गगनको बोलीको केही सुनुवाइ नहुने संस्थापन पक्षका एक पदाधिकारी दाबी गर्छन् । ‘संसदीय दलमा झण्डै तेब्बर मतले जितेका हुन् देउवा । महाधिवेशनमा त ८३ प्रतिशतभन्दा बढी मत पाएका हुन्,’ ती पदाधिकारीले भने, ‘अहिले त झन् डा. शेखर कोइरालाकोसमेत साथ छ ।’ यस्तो अवस्थामा गगनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने सपना देख्नु दिवास्वप्नजस्तै भएको उनको तर्क थियो ।

देउवाको उदाहरण दोहोर्‍याउँदै गगन
महामन्त्री थापा कहिले प्रधानमन्त्री बन्ने बताउँछन् त कहिले संसदीय दलको नेता । यी दुवैै विषयमा देउवाकै उदाहरण प्रस्तुत गर्छन् । असार २३ गते देउवा संसदीय दलको नेता नभए पनि प्रधानमन्त्री बनेको उदाहरण पेस गरे थापाले । ०६४ को संविधानसभा चुनावपछि रामचन्द्र पौडेल संसदीय दलको नेता हुँदाहुँदै देउवा प्रधानमन्त्री भएको उदाहरण दिँदै आफू पनि प्रधानमन्त्री बन्न सक्ने बताएका हुन् ।

त्यतिबेला सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको थियो जबकि संसदीय दलको नेता थिए पौडेल । निर्वाचन भएपछि पौडेल र एमाले अध्यक्ष झलनाथ खनालबीच प्रधानमन्त्रीका लागि १७ पटक मतदान भएको थियो । माओवादीले एमालेलाई साथ दिएपछि पौडेल पराजित भएका थिए ।

खनालपछि देउवाको नेतृत्वमा सरकार बन्यो । तर, पौडेलले प्रधानमन्त्रीको बागडोर सम्हाल्न पाएनन् । ‘त्यो बेलामै आदरणीय नेता शेरबहादुर देउवाले के तर्क गर्नुभयो भने देशको आवश्यकता म भयो भने सबैलाई सम्हाल्छु, त्यसकारणले म हुनुपर्छ भन्नुभयो । अनि पछि पार्टीले के निर्णय गर्‍यो भने बहुमत भएर निर्वाचित भयो भने रामचन्द्र पौडेल हुनुहुुन्छ, तर सर्वसम्मत हुनुहुन्छ भने शेरबहादुर देउवा हुनुहुुन्छ भनेर निर्णय गर्‍यो । किनकि देशको आवश्यकता छ भनेर पार्टीले त्यो निर्णय गर्‍यो,’ गगनले बूढानीलकण्ठमा भनेका थिए । 

अहिले देशको आवश्यकता यस्तै रहेको जनाउ दिँदै गगनले आफू प्रधानमन्त्री हुने ठाउँ रहेको दाबी गरेका थिए । ‘अहिले म त्यही भन्दै छु । देशको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुरा हो । दलको नेता रामचन्द्र पौडेल हुँदै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्न मिल्ने हो भने शेरबहादुर देउवा दलको नेता हुँदा गगन थापा प्रधानमन्त्री हुन किन नमिल्ने हो त ? मिल्ला नि त त्यहाँ पनि ?,’ गगनले प्रश्न गरे, ‘ठाउँ त त्यहाँ पनि होला, हाम्रै पार्टीभित्र गरेर आएको हो ।’

शनिबार विराटनगरमा पनि देउवाकै उदाहरण दिँदै गगनले आफू त्यसैगरी संसदीय दलको नेताबन्न सक्ने दाबी गरेका हुन् । ‘कुनैबेला संसदीय दलको नेता गिरिजाप्रसाद कोइराला हुुनुहुन्थ्यो । उहाँले राजीनामा दिइसकेपछि त्यो बेलामा संख्या पुर्‍याएर तत्कालीन नेता अहिलेको पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता परिवर्तन गर्नका लागि प्रयास गर्नुभएको र परिवर्तन गर्न सक्नुभएको क्षण म स्मरण गर्छु,’ गगनले भने, ‘यदि कांग्रेसभित्र संख्या पुगेको र आवश्यक भएको खण्डमा संसदीय दलको नेता बदलेको इतिहास छ । र, म त संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिरहेको छु । म हुनुपर्छ भनेर कोसिस गरेको हुँ ।’ 
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:२९
#गगन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP