Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी कार्यान्वयनमा चासो
अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण एमसिसी कार्यान्वयनमा चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार ३०, २०८०

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको स्थितिबारे जानकारी लिएका छन् । एकदिने नेपाल भ्रमणमा शुक्रबार यहाँ आएका उनले राजनीतिक भेटवार्ताका क्रममा सरकार र राजनीतिक दलका नेतृत्वसँग यसबारे जानकारी लिएका हुन् । 

नेपालमा सर्वाधिक विवादास्पद बनेको अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु उनको भ्रमणको मुख्य उद्देश्य देखिएको छ । राजनीतिक नेतृत्व र अमेरिकी राजदूतावासका कर्मचारीहरूसँग भेटघाट 
गरेर उनले गत वर्षदेखि कार्यान्वयनमा रहेको परियोजनाबारे शुक्रबार जानकारी लिएका हुन् ।

त्यस क्रममा उनले परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक भेटवार्ता गरे । भेटपछि एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा लुले एमसिसी कार्यान्वयनको चरणमा गएको भन्दै धन्यवाद ज्ञापन गरे । 

‘लु शिष्टाचार भेटका लागि आउनुभएको थियो । उहाँले एमसिसी परियोजना कार्यान्वयनमा जान लागेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो । हाम्रो तर्फबाट पनि धन्यवाद दियौं,’ भट्टराईले पत्रकारहरूसँग भने । लुसँगको शिष्टाचार भेटमा पार्टी उपमहासचिव विष्णु रिमाल, विदेश विभागका प्रमुख भट्टराई र सचिव अञ्जान शाक्य सहभागी थिए ।

लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । ओलीभन्दा अघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए ।परराष्ट्रमन्त्रीका प्रेस संयोजक केशव साउदका अनुसार लुले अमेरिकी अर्थतन्त्रमा नेपाली समुदायकोसमेत योगदान रहेको चर्चा गरेका थिए । नेपाल त्यस क्रममा नेपाली नागरिकले अमेरिकामा रहेर योगदान गरिरहेको भन्दै प्रशंसा गरे । 

अमेरिकामा नेपाली समुदायको उपस्थितिले दुई देशको सम्बन्धलाई थप सकारात्मक दिशातर्फ अघिबढाएको पनि लुको भनाइ रहेको साउदले बताए । ‘अमेरिकी डायस्पोरामा नेपालीहरूको उपस्थितिले नेपाल–अमेरिका सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाएको चर्चा भेटमा भयो । अमेरिकाको अर्थतन्त्र विकासमा नेपालीहरूले गरेको योगदानको 
डोनाल्ड लुले उच्च प्रशंसा गर्नुभएको छ,’ साउदले प्रभावसँग भने, ‘अमेरिकी समाजमा नेपाली समुदायको उपस्थिति यसैगरी बलियो हुँदै जाओस् भन्ने चाहना पनि राख्नुभएको छ ।’

परराष्ट्रमन्त्री साउदले भने अमेरिका जाने भिसाको मितिमा धेरै लामो ग्याप रहने गरेकाले त्यो समय–अन्तर घटाइदिन आग्रह गरे । आग्रहअनुसार काठमाडौंस्थित अमेरिकी दूतावासको क्षमता अभिवृद्धि गरेर त्यो ‘ग्याप’ छोटो गर्ने आश्वासन लुले जनाए ।लुले नेपाली कांग्रेसका सभापति देउवासँग पनि भेट गरेका छन् । 

भेटबारे देउवाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवद्र्धनमा अमेरिकी सरकार र लुको अटल सहयोगका लागि कृतज्ञ छु ।’लुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने पारिवारिक भेट गरेका छन् । पत्नी वियोगमा रहेका कारण प्रधानमन्त्रीसँग राजनीतिक भेटवार्ता नगरेका हुन् । लुले प्रधानमन्त्री दाहालपत्नी सीताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।

लुलाई दक्षिण तथा मध्य एसिया मामिलाका प्रभावशाली विदेश सहायकमन्त्री मानिन्छ । यसअघि उनी दुईपटक नेपाल आइसकेका छन् । पूर्वप्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्ले एमसिसी अनुमोदन नगर्ने निर्णय गरेपछि उनी नेपाल तारन्तार आएका थिए । एमसिसी सम्झौता अनुमोदनका लागि दबाब दिएका थिए । दबाब थेग्न नसकेर अन्ततः नेपालले व्याख्यात्मक घोषणासहित १५ फागुन २०७८ मा एमसिसी संसद्बाट अनुमोदन ग¥यो । हाल कार्यान्वयनमा छ । जबकि, नेपालमा एकथरीले एमसिसीलाई अमेरिकी सरकारको हिन्द–प्रशान्त सैन्य रणनीतिको एउटा अंगको रूपमा अथ्र्याउँदै 
आएका छन् ।

तर, संसद्ले नै अनुमोदन गरेपछि कार्यान्वयनमा गएको छ । लुले आफ्नो नेपाल भ्रमणको क्रममा भने स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपिपी’मा सहभागी हुन सरकारलाई आग्रह गरेको थियो । हालसम्म सरकारले एसपिपी सहभागिता जनाउने÷नजनाउनेबारे स्पष्ट पारेको छैन ।लु अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका अनुभवी सहायकमन्त्री हुन् । सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्युरोमा उनी सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

सहायक विदेशमन्त्री हुनुअघि भने उनी सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म कीर्गिजस्तानमाअमेरिकी राजदूतका रूपमा रहेका थिए  


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP