Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एजेण्डा पुरानै, नारा नवीन
राप्रपा कार्ययोजना एजेण्डा पुरानै, नारा नवीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २९, २०८०
राजेन्द्र लिङ्देन, अध्यक्ष , राप्रपा
  • सांगठनिक, कार्यक्रमिक, कार्यशैलीगत, जिम्मेवारी निर्वाहदेखि जनतासँग जोडिने कोणबाट राप्रपा बदलिने
  • काम नगरी नेता हुन नपाइने
  • तोकिएको भूगोलमा गएर छ महिने अभियानमा नजोडिए स्वतः पदमुक्त
  • युवालाई ४० प्रतिशत र महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गर्ने
  • राजसंस्था, हिन्दू राष्ट्र, संघीयतासम्बन्धी पार्टीको धारणा जनतालाई थाहा दिनुपर्ने
  • उपाध्यक्षहरूलाई भूगोल निर्धारण गरी जिम्मेवारी, नवीन राप्रपाको कार्ययोजना लागू

काठमाडौं– राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाको दुई मूल एजेण्डा बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफू बदलिने घोषणा गरेको छ । सांगठनिक, कार्यक्रमिक, कार्यशैलीगत, जिम्मेवारी निर्वाहदेखि जनतासँग जोडिने कोणबाट राप्रपा बदलिने भएको हो ।

बदलिने राप्रपालाई ‘नवीन राप्रपा’ भनिएको छ । राप्रपाको वैचारिक र सैद्धान्तिक धार भने यथावत् हुने भएको छ । देशको घरेलु तथा बाह्य अर्थ–राजनीतिसँगै जनताको विकास र समृद्धिको चाहनामा आधारित रहेर पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले ‘नवीन राप्रपा’को अवधारणा गत वैशाख अन्तिममा तयार गरेको थियो ।

जुन गत १ देखि ३ जेठसम्म बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक कार्यपत्रको रुपमा पेस गरेका थिए । संशोधनसहित पारित उक्त कार्यपत्रअनुसार तयार कार्ययोजना अध्यक्ष लिङ्देनले बिहीबार सार्वजनिक गरेका हुन् । कार्ययोजनामा ‘नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति’का लागि नवीन राप्रपा आवश्यक भएको भनिएको छ ।जसको आधारमा राप्रपा जनताको घरदैलोमा जाने भएको छ ।

अध्यक्ष लिङ्देनले कार्ययोजनाअनुसार छ महिनाभित्रमा पार्टीको सबै तहमा ३३५ जना महिलाको संख्या सुनिश्चित गरिने बताए । यो पार्टीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने संख्या हो । सम्भव भए ५० प्रतिशत नै पु¥याउने लक्ष्य राखिएको छ । पार्टीमा महिलाको आकर्षण बढाउने राप्रपाको यो कार्यनीतिक जुक्ति हो । यसभन्दा अघि यस्तो प्रावधान थिएन ।

महिलाका अतिरिक्त राप्रपाले ४० वर्षसम्मका युवाहरूलाई पार्टीको सबै तहमा अनिवार्य सहभागिता सुनिश्चित गर्ने भएको छ । कार्ययोजनामा केन्द्रीय कार्यसमितिमा ४० जना तथा कार्यसम्पादन समितिमा कम्तीमा सात जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने भनिएको छ ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘यस कार्ययोजना अनुसार युवा साथीहरूको व्यापकरुपमा सहभागिता हुनेछ । र, राष्ट्रिय प्रजातन्त्र पार्टी मन, वचन र कर्मले युवामैत्री पार्टी हो भन्ने विश्वास बढेर जाने अपेक्षा राखेका छौं ।’ पूर्वपञ्चहरूको दल भनिने राप्रपामा वृद्धवृद्धा नेताहरूको पार्टीको हरेक तहमा वर्चश्व रहेको अवस्थाबीच नवीन राप्रपा बनाउने संकल्पमा टेकेर लिङ्देनले युवाको प्रतिनिधित्व बढाउने योजनाअघि सारेका हुन् ।

यससँगै आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने भएको छ । बाँकी ५० प्रतिशत उम्मेदवार छनोटको मापदण्डबारे भने अध्यक्ष लिङ्देनले स्पष्ट खुलाएका छैनन् । तर, उम्मेदवारी छनोटमा प्राइमरी छनोट प्रणाली अमेरिकी राष्ट्रपति निर्वाचन प्रणालीको अनुशरण हो । हाल नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा प्रयोग गरेको थियो । जुन सफल भयो । यसलाई राप्रपाले पनि आगामी निर्वाचनहरूमा कार्यान्वयन गर्ने योजना लिएको हो ।

सरकारी वेतनधारीहरूको भ्रातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गर्ने अर्को कार्ययोजना राप्रपाको छ । तर, अध्यक्ष लिङ्देनका अनुसार केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समितिमा शुभेच्छुक संगठनबाट अनिवार्य प्रतिनिधित्व हुने भएको छ ।
छ महिने अभियानको क्रममा पार्टीका शीर्षस्थ नेताहरू वडा तहसम्मै संगठन विस्तार गर्न जानुपर्ने भएको छ । विगतमा भने शीर्षस्थ नेताहरू पार्टीको तल्ला तहले गरेको कार्यक्रममा प्रतिनिधिको रुपमा जाने गर्दथे । अब भने नवीन राप्रपाको कार्ययोजनाअनुसार भने भूगोलमा खटिएर संगठन बनाउने कार्य जिम्मेवारीमा शीर्षस्थ नेताहरू हुनुपर्ने भएका छन् ।

अध्यक्ष लिङ्देनले सार्वजनिक गरेको कार्ययोजनामा केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू गरी ९०० जना नेता कार्यकर्ता छ महिने संगठन निर्माणको अभियानमा जोडिने बताए । जतिबेला राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनसमक्ष पु¥याउने मूल कार्यभार नेताहरूको हुने उल्लेख छ ।

भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्नुपर्ने पनि कार्ययोजनामा भनिएको छ । राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीले छ महिने अभियानकै क्रममा स्थानीय पार्टीका कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालनसमेत गरिने बताए ।

‘जनतासँग पार्टीको सम्बन्ध एक तरिकाले टुटेको छ । यो अभियानले जोड्न मद्दत पुग्छ । जतिबेला हाम्रा नेता कार्यकर्ताहरू सामाजिक सेवाको क्षेत्रमा परिचालित पनि हुनेछन्,’ उनले प्रभावसँग भने ,'ंंंराप्रपाले नवीन राप्रपाको कार्ययोजनाअनुसार अघि बढ्दा पार्टी संगठन सुदृढ हुने अपेक्षा राखेको छ । '

भूगोल नगए स्वतः पदमुक्त
राप्रपाले पार्टीको काम नगरी नेता हुन नपाइने नयाँ व्यवस्था गरेको छ । यसअनुसार पार्टीले तोकेको भूगोलको जिम्मेवारीमा गएर जसरी पनि नेताहरूले पार्टी संगठन विस्तारदेखि जनतामाझ एजेण्डा सुनाउने काम गर्नुपर्ने छ । यदि, त्यसो नगरिए स्वतः पदीय जिम्मेवारीबाट मुक्त गरिने अध्यक्ष लिङ्देनले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ । 

यस आधारमा अध्यक्ष लिङ्देन धरान उपमहानगरपालिकामा खटिने भएका छन् । उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी, उद्धव पौडेल क्रमशः सर्लाहीको गोडैता, चक्रघट्टा, रामनगर, चितवनको भरतपुर महानगरपालिकाको १ देखि १५ वडासम्म, नवलपरासी पश्चिमको रामग्राम, प्रतापपुर, ललितपुर महानगरको वडा १३, १४, १५, १७, २०, १८ र २५ र काठमाडौंको टोखा नगरपालिकाको वडा २, ३, ४, ५, ६, ७ तथा महानगरको वडा २, ३, ४, ५, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र मोरङको विराटनगर महानगरपालिका तोकिएको छ ।

भूगोलतर्फको जिम्मेवारीमा रहेका नेताहरूको अनुगमनसमेत हुने भएको छ । यसका लागि हरेक प्रदेशका संयोजक र सहसंयोजकसहितको टोली परिचालन हुने भएको प्रवक्ता लावतीले बताए । उनले अभियानको क्रममा १६५ वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रमसमेत गर्ने जानकारी दिए । यसरी अभियान सकिएपछि भने नेताहरूको भूगोलको जिम्मेवारी हेरफेरसमेत हुने उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:२६
#राप्रपा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP