Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एजेण्डा पुरानै, नारा नवीन
राप्रपा कार्ययोजना एजेण्डा पुरानै, नारा नवीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २९, २०८०
राजेन्द्र लिङ्देन, अध्यक्ष , राप्रपा
  • सांगठनिक, कार्यक्रमिक, कार्यशैलीगत, जिम्मेवारी निर्वाहदेखि जनतासँग जोडिने कोणबाट राप्रपा बदलिने
  • काम नगरी नेता हुन नपाइने
  • तोकिएको भूगोलमा गएर छ महिने अभियानमा नजोडिए स्वतः पदमुक्त
  • युवालाई ४० प्रतिशत र महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गर्ने
  • राजसंस्था, हिन्दू राष्ट्र, संघीयतासम्बन्धी पार्टीको धारणा जनतालाई थाहा दिनुपर्ने
  • उपाध्यक्षहरूलाई भूगोल निर्धारण गरी जिम्मेवारी, नवीन राप्रपाको कार्ययोजना लागू

काठमाडौं– राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाको दुई मूल एजेण्डा बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफू बदलिने घोषणा गरेको छ । सांगठनिक, कार्यक्रमिक, कार्यशैलीगत, जिम्मेवारी निर्वाहदेखि जनतासँग जोडिने कोणबाट राप्रपा बदलिने भएको हो ।

बदलिने राप्रपालाई ‘नवीन राप्रपा’ भनिएको छ । राप्रपाको वैचारिक र सैद्धान्तिक धार भने यथावत् हुने भएको छ । देशको घरेलु तथा बाह्य अर्थ–राजनीतिसँगै जनताको विकास र समृद्धिको चाहनामा आधारित रहेर पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले ‘नवीन राप्रपा’को अवधारणा गत वैशाख अन्तिममा तयार गरेको थियो ।

जुन गत १ देखि ३ जेठसम्म बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक कार्यपत्रको रुपमा पेस गरेका थिए । संशोधनसहित पारित उक्त कार्यपत्रअनुसार तयार कार्ययोजना अध्यक्ष लिङ्देनले बिहीबार सार्वजनिक गरेका हुन् । कार्ययोजनामा ‘नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति’का लागि नवीन राप्रपा आवश्यक भएको भनिएको छ ।जसको आधारमा राप्रपा जनताको घरदैलोमा जाने भएको छ ।

अध्यक्ष लिङ्देनले कार्ययोजनाअनुसार छ महिनाभित्रमा पार्टीको सबै तहमा ३३५ जना महिलाको संख्या सुनिश्चित गरिने बताए । यो पार्टीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने संख्या हो । सम्भव भए ५० प्रतिशत नै पु¥याउने लक्ष्य राखिएको छ । पार्टीमा महिलाको आकर्षण बढाउने राप्रपाको यो कार्यनीतिक जुक्ति हो । यसभन्दा अघि यस्तो प्रावधान थिएन ।

Hardik health

महिलाका अतिरिक्त राप्रपाले ४० वर्षसम्मका युवाहरूलाई पार्टीको सबै तहमा अनिवार्य सहभागिता सुनिश्चित गर्ने भएको छ । कार्ययोजनामा केन्द्रीय कार्यसमितिमा ४० जना तथा कार्यसम्पादन समितिमा कम्तीमा सात जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने भनिएको छ ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘यस कार्ययोजना अनुसार युवा साथीहरूको व्यापकरुपमा सहभागिता हुनेछ । र, राष्ट्रिय प्रजातन्त्र पार्टी मन, वचन र कर्मले युवामैत्री पार्टी हो भन्ने विश्वास बढेर जाने अपेक्षा राखेका छौं ।’ पूर्वपञ्चहरूको दल भनिने राप्रपामा वृद्धवृद्धा नेताहरूको पार्टीको हरेक तहमा वर्चश्व रहेको अवस्थाबीच नवीन राप्रपा बनाउने संकल्पमा टेकेर लिङ्देनले युवाको प्रतिनिधित्व बढाउने योजनाअघि सारेका हुन् ।

यससँगै आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने भएको छ । बाँकी ५० प्रतिशत उम्मेदवार छनोटको मापदण्डबारे भने अध्यक्ष लिङ्देनले स्पष्ट खुलाएका छैनन् । तर, उम्मेदवारी छनोटमा प्राइमरी छनोट प्रणाली अमेरिकी राष्ट्रपति निर्वाचन प्रणालीको अनुशरण हो । हाल नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा प्रयोग गरेको थियो । जुन सफल भयो । यसलाई राप्रपाले पनि आगामी निर्वाचनहरूमा कार्यान्वयन गर्ने योजना लिएको हो ।

सरकारी वेतनधारीहरूको भ्रातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गर्ने अर्को कार्ययोजना राप्रपाको छ । तर, अध्यक्ष लिङ्देनका अनुसार केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समितिमा शुभेच्छुक संगठनबाट अनिवार्य प्रतिनिधित्व हुने भएको छ ।
छ महिने अभियानको क्रममा पार्टीका शीर्षस्थ नेताहरू वडा तहसम्मै संगठन विस्तार गर्न जानुपर्ने भएको छ । विगतमा भने शीर्षस्थ नेताहरू पार्टीको तल्ला तहले गरेको कार्यक्रममा प्रतिनिधिको रुपमा जाने गर्दथे । अब भने नवीन राप्रपाको कार्ययोजनाअनुसार भने भूगोलमा खटिएर संगठन बनाउने कार्य जिम्मेवारीमा शीर्षस्थ नेताहरू हुनुपर्ने भएका छन् ।

अध्यक्ष लिङ्देनले सार्वजनिक गरेको कार्ययोजनामा केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू गरी ९०० जना नेता कार्यकर्ता छ महिने संगठन निर्माणको अभियानमा जोडिने बताए । जतिबेला राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनसमक्ष पु¥याउने मूल कार्यभार नेताहरूको हुने उल्लेख छ ।

भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्नुपर्ने पनि कार्ययोजनामा भनिएको छ । राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीले छ महिने अभियानकै क्रममा स्थानीय पार्टीका कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालनसमेत गरिने बताए ।

‘जनतासँग पार्टीको सम्बन्ध एक तरिकाले टुटेको छ । यो अभियानले जोड्न मद्दत पुग्छ । जतिबेला हाम्रा नेता कार्यकर्ताहरू सामाजिक सेवाको क्षेत्रमा परिचालित पनि हुनेछन्,’ उनले प्रभावसँग भने ,'ंंंराप्रपाले नवीन राप्रपाको कार्ययोजनाअनुसार अघि बढ्दा पार्टी संगठन सुदृढ हुने अपेक्षा राखेको छ । '

भूगोल नगए स्वतः पदमुक्त
राप्रपाले पार्टीको काम नगरी नेता हुन नपाइने नयाँ व्यवस्था गरेको छ । यसअनुसार पार्टीले तोकेको भूगोलको जिम्मेवारीमा गएर जसरी पनि नेताहरूले पार्टी संगठन विस्तारदेखि जनतामाझ एजेण्डा सुनाउने काम गर्नुपर्ने छ । यदि, त्यसो नगरिए स्वतः पदीय जिम्मेवारीबाट मुक्त गरिने अध्यक्ष लिङ्देनले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ । 

यस आधारमा अध्यक्ष लिङ्देन धरान उपमहानगरपालिकामा खटिने भएका छन् । उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी, उद्धव पौडेल क्रमशः सर्लाहीको गोडैता, चक्रघट्टा, रामनगर, चितवनको भरतपुर महानगरपालिकाको १ देखि १५ वडासम्म, नवलपरासी पश्चिमको रामग्राम, प्रतापपुर, ललितपुर महानगरको वडा १३, १४, १५, १७, २०, १८ र २५ र काठमाडौंको टोखा नगरपालिकाको वडा २, ३, ४, ५, ६, ७ तथा महानगरको वडा २, ३, ४, ५, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र मोरङको विराटनगर महानगरपालिका तोकिएको छ ।

भूगोलतर्फको जिम्मेवारीमा रहेका नेताहरूको अनुगमनसमेत हुने भएको छ । यसका लागि हरेक प्रदेशका संयोजक र सहसंयोजकसहितको टोली परिचालन हुने भएको प्रवक्ता लावतीले बताए । उनले अभियानको क्रममा १६५ वटै निर्वाचन क्षेत्रमा प्रशिक्षण कार्यक्रमसमेत गर्ने जानकारी दिए । यसरी अभियान सकिएपछि भने नेताहरूको भूगोलको जिम्मेवारी हेरफेरसमेत हुने उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:२६
#राप्रपा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP