Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • व्यवस्थित बन्दै बागलुङको गाईघाट झरना
व्यवस्थित बन्दै बागलुङको गाईघाट झरना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २८, २०८०

बागलुङ-  उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

बाह्रै महिना सफा पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरिरहेको छ । गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरेपश्चात् यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ । 

झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले झरनासम्म पुग्‍ने गरी दरमखोलामाथि ट्रस पुल निर्माण गरेको छ भने तालसमेत निर्माण गरेको छ ।

Hardik health

चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरेको ताराखोलाका उपाध्यक्ष भीमबहादुर रोकामगरले जानकारी दिनुभयो । पहिले सडकदेखि झरनासम्म जोड्ने गरी निर्माण भएको झलुंगे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको उनको भनाइ छ ।

झरनाको सौन्दर्यकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि रु १५ लाख र पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको उपाध्यक्ष रोका मगरले बताए । उनले भने, “अहिलेसम्म झरनाको अवलोकन उज्यालोको समयमा मात्रै गरिन्थ्यो, अब झरनाको रातको समयमा पनि अवलोकन गर्न सकिन्छ, अहिले सोलार बत्ती जडान भएको छ, पहिलेको तुलनामा अहिले धेरै पूर्वाधार निर्माण भइरहेका छन्, हामीहरुले पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी झरनाको सौन्दर्यकरण गर्ने र त्यस वरपर विभिन्न किसिमका संरचना बनाउने योजनामा छौँ, थप व्यवस्थित बनेपछि पर्यटक पनि बढी आउनु हुनेछ ।

पाँच वर्ष अगाडिको तुलनामा अहिले झरनाको स्वरुपमा धेरै परिवर्तन आएको स्थानीय अम्मरबहादुर नाइसाले बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक ५०/६० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ ।  बिदाको समय र चाडपर्वका बेला तीन सयको हारहारीमा पर्यटक आउने गरेको नाइसा बताउनहुन्छ । झरनाले गर्दा मध्यपहाडी लोकमार्ग हुँदै ढोरपाटन र पातीहाल्ने जाने पर्यटक पनि यहाँ आउन थालेको उनको भनाइ छ ।

 “यो झरना धेरै वर्ष पुरानो हो, पहिले झरना हुँदै हिँड्ने यात्रुले पानी पिउने ठाउँ थियो, अहिलेको जस्तो यस्तो चर्चित थिएन, पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्”, उनले भने, “ठाउँ अलिकति विकट थियो, यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै धेरै पर्यटक आउने थिए ।”


प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP