Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भदौपछि एकैपटक असार अन्तिममा
कांग्रेस केन्द्रीय समिति भदौपछि एकैपटक असार अन्तिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २७, २०८०
नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको विधान पल्टाउने हो भने हरेक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नैपर्छ । तर, १४ औं महाधिवेशनमा चुनिएको नेतृत्वले विधान कुल्चँदै ११ महिनापछि केन्द्रीय समिति सम्झेको छ । भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेपछि केन्द्रीय समिति बल्ल आज बस्दै छ ।

गत भदौ ४ मा कांग्रेस नेता प्रदीप गिरीका निधन भएकोले भोलिपल्टै बसेको केन्द्रीय समितिमा खासै राजनीतिक विषयले प्राथमिकता पाएन । किनकि त्यतिबेला पार्टी शोकमा थियो । भदौ सुरुमा बसेको केन्द्रीय समिति बोलाउन देउवाले असार अन्तिम नै किन कुनुपर्‍यो त ? धेरैले कांग्रेससँग यही विषयमा जवाफ मागिरहेका छन् । 

निर्वाचनमा राम्रो भोट, गठबन्धन फेरबदलमा चोट
कांग्रेसले केन्द्रीय समिति बैठक डाक्न नसक्दा केन्द्रीय कार्यसम्पादन समितिबाट काम टाथ्र्यो । कांग्रेस नेताहरु निर्वाचन लक्षित कार्यक्रमले केन्द्रीय कार्यसमिति बैठक त्यतिबेला बस्न नसकेको तर्क गर्छन् । माओवादीसँग गठबन्धन गरी निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदै भयो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा अघिल्लोपटक संसद्मा दोस्रो रहेका कांग्रेस यसपटक पहिलो बन्यो, ८९ सिटसहित ।

त्यसपछि हौसिएको कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा थिए । शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए । तर, पुस ११ गते नेकपा एमालेले देउवाको सपना ‘हाइज्याक’ गरे । बिहानभर बालुवाटारमा ‘ब्रेकफस्ट’ वार्ता गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मध्यदिनमा बालकोट पुगे र बार्दलीबाट ओलीसँगै उभिएर हात हल्लाए । त्यसपछि चोट खाएको कांग्रेस केही दिन चुपचाप बस्यो । 

सत्ताको स्वाद लिइसकेका देउवा किन चुप बस्थे । उनी रातोदिन एमाले माओवादी गठबन्धन भत्काउन लागिपरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट प्रधानमन्त्री दाहाल हच्किँदै थिए । सोही मौकामा कांग्रेसले ‘ढोक्सा’ थापे । एमालेको साथ हुँदाहुँदै पुस २६ गते दाहालले विश्वासको मत माग्दा कांग्रेसले पनि साथ दियो । त्यो सहमतिले फागुन २५ गते कांग्रेसले राष्ट्रपति पद पायो । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए । त्यसपछि एमाले भड्कियो माओवादीसँग । साना दलले सरकार छाड्दै गर्दा एमालेले पनि माओवादी गठबन्धनबाट अलग भयो । दाहालले दोस्रोपटक चैत ६ मा विश्वासको मत मागे । कांग्रेसको साथ रह्यो तर एमालेले मत दिएन ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चैत १७ मा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भयो । त्यसपछि वैशाख १० मा उपनिर्वाचन भयो । दुई सिटमा भिडेको कांग्रेसको हातमा नतिजा भने प¥यो शून्य । आफ्नो पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका डा. स्वर्णिम वाग्लेले तनहुँ–१ खोस्यो । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको थियो । आफ्नो भाग खोसेपछि कांग्रेसमा ग्राउण्ड लेभलबाट केन्द्रीय समितिको माग भयो ।

कांग्रेसले सोहीअनुसार वैशाख अन्तिममा केन्द्रीय बोलाउने तयारी गरेको थियो । तर, वैशाख २७ मा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे । त्यसपछि कांग्रेस नेतृत्व मौन बस्यो । यही मौकामा जेठ २१ बाट संस्थापनइतरका नेताहरुले देशभर रुपान्तरण अभियान चलाए । नेतृत्व लिएका थिए केन्द्रीय सदस्य मधु आचार्यले । अभियान सकाएर काठमाडौं फर्केलगत्तै आचार्यले असार ११ गते केन्द्रीय समिति बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता गराए । त्यसपछि असार २० गते देउवाले असार २७ गतेका आजका लागि बैठक डाकेका हुन् ।
   
के छन् एजेण्डा ?
यसपटक केन्द्रीय समितिमा दुई मुख्य एजेण्डाबारे छलफल हुने तय भएको छ । नीति अधिवेशन र पार्टीलाई सुदृढीकरण गर्नेबारे । कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ मा सुरु भएको थियो । मंसिर २९ मा शेरबहादुर देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भए । उक्त महाधिवेशनमा नीतिबारे कुनै छलफल हुन नसकेपछि छ महिनाभित्र नीति अधिवेशन गर्ने सहमति गरेको थियो । तर, महाधिवेशन भएको दुई वर्ष पूरा हुन लाग्दा बल्ल नीति अधिवेशनको बहस चलेको हो ।

यसैगरी उपनिर्वाचनमा एक सिट गुमाएको कांग्रेसका लागि ‘सक्किने कि सच्चिने’ प्रश्न जोडदाररुपमा उठेको छ । यसका लागि पार्टीमा रुपान्तरण अभियान चलाउने चर्चा छ । पार्टी नेतृत्वले भने सुदृढीकरणका नारा लिएर मेचीकाली अभियानमा जाने तयारी गरेको छ । यता कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने ‘बदलिएको कांग्रेस: बलियो कांग्रेस’ अभियान लिएर देशव्यापीरुपमा जाने एजेण्डा केन्द्रीय समितिमा प्रस्तुत गर्दै छन् । 

कोषाध्यक्ष छान्ने विषय के होला ?
पार्टीको विधानको परिच्छेद–७ को केन्द्रीय कार्यसमितिसम्बन्धी दफा २१ को उपदफा ४ मा कोषाध्यक्ष चयनबारे भनिएको छ–केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष, एक । तर, अहिलेसम्म कांग्रेसले कोषाध्यक्ष छानेको छैन । यसैगरी कांग्रेसले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । यतिमात्र हैन पार्टीका विभाग पनि गठन भएका छैनन् । यी विषय एजेण्डामा नरहेको बताइएको छ ।

के भए यी बीचमा ?
पछिल्लो केन्द्रीय समिति :भदौ ५ 
निर्वाचनपछि :पुस २२ गतेका लागि डाकियो पुस १२ गते 
२२ गतेको स्थगित: पुस २८ गतेका लागि डाकियो पुस २० गते
पुस २६: प्रधानमन्त्रीमा पहिलोपटक दाहाललाई विश्वासको मत
पुस २८ को स्थगित: माघ १५ गतेका लागि डाकियो पुस २६ गते
माघ १२: सूचना प्रकाशन गरी अनिश्चितकालका लागि बैठक स्थगित
चैत ६: फेरि दाहाललाई विश्वासको मत
चैत १७: दाहाल नेतृत्वको सरकारमा सहभागी
वैशाख १०: उपनिर्वाचन
वैशाख २७: बालकृष्ण खाण पक्राउ
असार ११: केन्द्रीय सदस्य मधु आचार्यद्वारा केन्द्रीय समिति बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता
असार २७: आजका लागि असार २० गते बैठकबारे परिपत्र  


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:१९
#नेपाली_कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP