Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक गतिविधिमा देखिनै छाडे देउवा
राजनीतिक गतिविधिमा देखिनै छाडे देउवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २४, २०८०

 

काठमाडौं – पछिल्ला राजनीतिक गतिविधिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिन छाडेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीबाट पुष्पकमल दाहालको राजीनामा माग्दै गर्दा राजनीतिक सरगर्मी बढेको छ । सदन अवरुद्ध छ भने कोशीको सरकार निर्माण प्रक्रिया पनि उस्तै पेचिलो बनेको छ ।

तर, यस्तो बेला संसद्मा देउवाको उपस्थिति देखिन्न । देउवाको साटो कांग्रेसमा दुई महामन्त्रीले पार्टीको भनाइ राख्न थालेका छन् । पछिल्लोपटक प्रधानमन्त्री दाहालले राखेको प्रितम सिंहबारेको भनाइप्रति महामन्त्री शर्माले आपत्ति जनाइसकेका छन् । यद्यपि, देउवाको भनाइ सार्वजनिक भएको छैन । 

  • बिहीबार जिल्ला सभापतिहरुको बैठकमा पार्टी कार्यालय सानेपामा सभापतिको कुर्सी खाली 
  •  जिल्ला सभापतिहरुको बैठकमा देउवा नगएकोमा डा. शेखर कोइरालालेसमेत उठाए प्रश्न
  •  जिल्ला सभापतिहरुको बैठकमा संस्थापन पक्षबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे देउवाका दूतका रुपमा उपस्थित

यतिमात्रै होइन, कांग्रेसको महŒवपूर्ण मानिएको जिल्ला सभापतिहरुको बैठकमा पनि देउवा देखिएनन् । बिहीबार जिल्ला सभापतिहरुको बैठकमा पार्टी कार्यालय सानेपामा सभापतिको कुर्सी खाली थियो । बिहीबार र शुक्रबार दुई दिन चलेको बैठकमा देउवा नदेखिएपछि सभापतिहरुले देउवाको खोजी गरेका थिए ।


देउवा नहुँदा छाएन रौनकता
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले डाकेको बैठकको खासै आकर्षण नभएको एक जिल्ला सभापतिले दाबी गरे । ‘एजेण्डा पनि खासै केही थिएनन्, म पहिलो दिन ढिला पुगे, दोस्रो दिन गइनँ,’ ती सभापतिले भने । एजेण्डा नभएर होला, ७७ मध्ये आधा जिल्लाका सभापतिहरु पनि सानेपामा भेला भएनन् । सभापतिहरुको संख्या न्युन देखिएपछि महामन्त्री थापा निराश मुद्रामा देखिएका थिए । 

पहिलो दिन ३० जिल्लाका सभापति पनि भेला नभएपछि सुरुमै महामन्त्री शर्माले उपस्थित नभएकाहरु जुममार्फत ‘भर्चुअल’ रुपमा जोडिने बताए । बैठकमा अधिकांश जिल्ला प्रतिनिधिहरु सहभागी भएका थिए । यद्यपि, बैठक सुरु भएको दुई घण्टापछि ‘ब्रिफिङ’ गर्दै प्रचार विभागका प्रमुख मीन विश्वकर्माले ६५ जना सभापति भेला भएका दाबी गरे । यद्यपि, शुक्रबार फाइनल ¥यापोर्टमा भने कांग्रेसले देशभरका ४२ जिल्ला सभापतिहरुमात्र बैठकमा उपस्थित भएको जनायो ।

के थियो मुद्दा ?
महामन्त्रीद्वयले सञ्चालन गरेको जिल्ला सभापतिहरुको भेलाको मूल मुद्दा थियो, क्रियाशील सदस्यताको डिजिटल अपडेटबारे । अनलाइनबाट कसरी सदस्यता लिने र नवीकरण कसरी गर्ने भन्ने विषयमा डिजिटल प्रशिक्षण दिने कार्यक्रममा दुई महामन्त्रीले घुसाए ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ अभियानलाई । मेचीदेखि महाकालीसम्म पु¥याउने भनिएको यो अभियानलाई जिल्ला सभापतिहरुले भने खासै चासो दिएको देखिएन ।

बैठकपछि कांग्रेसले १४ बुँदे आन्तरिक प्रतिबद्धतासहित बैठक सकिएको विज्ञप्ति जारी ग¥यो ।  ‘पार्टी सदस्यता र संगठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धतासहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेका छौं,’ बैठकमा के–के विषयमा कुरा भए भन्ने विषयमा महामन्त्री थापाले  भनेका छन्, ‘बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्यसमितिको बैठकमा लैजानेछौं । 

बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ ।’ यसबारे अर्का महामन्त्री शर्माले भने खासै मुख खोलेका छैनन् । दुई महामन्त्रीको अभियानलाई बैठकले खासै महŒव नदिएको देखिन्छ । ‘मेचीकाली अभियानबारे निर्णय भएन,’ मकवानपुर कांग्रेस सभापति बुद्ध लामाले भने ।

शेखरको पनि प्रश्न
जिल्ला सभापतिहरुको बैठकमा देउवा नगएकोमा डा. शेखर कोइरालालेसमेत प्रश्न गरे । संस्थापनइतरको नेतृत्व गरेपछि पछिल्लोपटक देउवानिकट बनेका शेखरले विराटनगरबाटै बैठकमा पार्टी सभापति देउवाको पनि उपस्थिति हुनुपर्ने भन्ने धारणा राखेका हुन् । शुक्रबार बिहान उनले बैठकमा पार्टी सभापति देउवा पनि सहभागी भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने विचार व्यक्त गरेका थिए । 

त्यसो त उक्त कार्यक्रम सुरुमा ‘भर्चुअल’ रुपमा जुमबाटै आयोजना गर्ने तयारी थियो । अधिकांश जिल्ला सभापतिहरुले पार्टी कार्यालयमै भौतिकरुपमा आयोजना गर्न सुझाव दिएपछि सानेपामै बोलाइएको महामन्त्री शर्माले पहिलो दिनमै भनेका थिए । यही भनाइलाई पुष्टि गर्ने गरी विराटनगर पुगेका शेखरले भने, ‘पहिले यो कार्यक्रम जुमबाट गर्ने योजना बनेको थियो । तर, ७० प्रतिशत सभापतिहरू काठमाडौंमै भएकाले भौतिक उपस्थितिमै कार्यक्रम गर्ने निर्णय भएको हो ।’

बैठकमा को थिए देउवाका दूत ?
जिल्ला सभापतिहरुको बैठकमा संस्थापन पक्षबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बैठकमा उपस्थित थिए । बैठकबारे देउवालाई जानकारी थियो कि थिएन ? ‘सभापतिलाई थाहै नदिई बैठक राख्ने भन्ने हुन्न । उहाँलाई पूर्ण जानकारी छ,’ यसबारे प्रस्ट्याउँदै बैठकमा सहभागी सहमहामन्त्री आङ्देम्बेले भने ।

विशेषगरी यस्ता खालका बैठक महामन्त्रीको लेभलबाटै हुने भएकोले सभापति उपस्थित नभएको उनको तर्क थियो । प्रचार विभाग प्रमुख विश्वकर्माले पनि बैठकबारे देउवालाई पूर्णजानकारी रहेको बताए ।

जिल्ला सभापतिहरुलाई स्वागत गर्दै महामन्त्री शर्माले पनि सभापति देउवा उपस्थित नहुने बताएका थिए । बैठकमा संस्थापन पक्षका जिल्ला सभापतिहरुको पनि सहभागी थिए । 

पछिल्ला राजनीतिक गतिविधिमा नदेखिएका देउवा शनिबार भने किताब विमोचनमा देखिए भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा । ‘भैरवसिंह रावल स्मृतिग्रन्थ’ सार्वजनिक गर्दा देउवाले राजनीतिक दौडधुपको बारेमा खासै केही बोलेनन् ।

देउवाले अछाम कांग्रेसका पुराना नेता रावलकोबारेमा चर्चा गरे । ‘रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो,’ छोटो मन्तव्यमा देउवाले भने । 
 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का
प्रश्नको घेरामा ऊर्जामन्त्री खड्का सोमबार, भदौ २, २०८२
रुपन्देहीबाट नक्खुमा सारिए रवि 
रुपन्देहीबाट नक्खुमा सारिए रवि  आइतबार, भदौ १, २०८२
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP