Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • ललिता निवास प्रकरणमा तानिए समरजंगका पूर्वप्रमुख
ललिता निवास प्रकरणमा तानिए समरजंगका पूर्वप्रमुख
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २०, २०८०
Lalita-Niwas
Hardik health
-समरजंग कम्पनी मातहतको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा पार्न सहयोग पु¥याउने कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेल पक्राउ - सिआइबीको अनुसन्धान दायरामा कम्पनीकै अन्य तीन पूर्वप्रमुख
काठमाडौं -  ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारेर हडप्ने कार्यमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका कर्मचारीहरूको संलग्नता खुलेको छ । उनीहरूले नै सरकारी जग्गा व्यक्तिको नाममा जानेगरी मार्गप्रशस्त गरेको अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को निष्कर्ष छ ।   सिआइबीले संलग्न देखिएकामध्येका एक जना तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई मंगलबार पक्राउ गरेको छ । कम्पनीका प्रमुख २०६९ सालमा छँदा उनले ललिता निवासभित्र पर्ने जग्गाको कम्पनीसँग अभिलेख नभएको विवरण गुठी संस्थानलाई दिएको पाइएको सिआइबीकी निर्देशक किरण बज्राचार्यले बताइन् । पोखरेलले दिएको सोही जवाफपछि भूमाफियाहरूलाई जग्गा हडप्न सहज भएको अनुसन्धानपछि देखिएको पनि बज्राचार्यको भनाइ छ ।   ‘गुठी संस्थानले ललिता निवासको सरकारी जग्गाको अभिलेख मागेको रहेछ । तर, उहाँ (रमेशकुमार)ले अभिलेख नभएको जवाफ पठाएको सबुत फेला प¥यो । त्यसकै आधारमा जग्गा हडप्ने आधार सिर्जना भएको देखिन्छ,’ प्रभावसँग बज्राचार्यले भनिन् ।उनका अनुसार पोखरेलले गिरोहबाट आर्थिक लाभ लिएकोसमेत देखिएको छ ।   पोखरेल पक्राउ परेसँगै यो प्रकरणमा अन्य तीन जना तत्कालीन प्रमुखमाथि पनि सिआइबीको अनुसन्धान केन्द्रित भएको छ । कम्पनीका पूर्वप्रमुखहरू अर्जुन भण्डारी, चिरञ्जीवी अधिकारी र लोकहरि घिमिरेको भूमिका शंकास्पद देखिएको सिआइबीले जनाएको छ । भण्डारीको भने डेढ वर्षअघि मृत्यु भएको थियो । उनी जीवित छँदै सिआइबीले बयान लिएको थियो ।   भण्डारी प्रमुख भएका बेला पशुपति टिकिन्छा गुठीअन्तर्गत नक्कली मोहीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा लान खोजेको देखिएको छ । त्यसबेला कम्पनीको नाममा रहेको जग्गाको स्रेस्तालाई उनले सच्याएर गुठीको नाममा लान १० साउन २०५९ मा हस्ताक्षर गरेको पत्र सिआइबीले फेला पारेको छ । उनलाई गुठी संस्थानले भने ३२ असार २०५९ मा जग्गाबारे जानकारी मागेको उल्लेख छ ।   दुई वर्षअघि उनले बयानका क्रममा यो प्रकरणका मुख्य योजनाकारहरू शोभाकान्त ढकाल र रामकुमार सुवेदीले पत्रको सम्बन्धमा पटक–पटक ताकेता गरेको र उनीहरूले भनेअनुसार संस्थानलाई जवाफ दिए ललिता निवासको केही जग्गा दिने आश्वासन दिएको खुलासा गरेका थिए । भण्डारीका अनुसार आफूले ५० हजार रुपैयाँ मात्रै ढकाल र सुवेदीबाट पाएको पनि बयानको क्रममा बताएका थिए ।   मालपोत अभिलेखका आधारमा २०१७ सालको अंशबण्डाको लिखतमा गुठीको नाम छैन । छ वर्षपछि २०२३ सालमा भएको नापी नक्सामा भने श्री ५ को सरकार उल्लेख छ । तर, २०४१ र २०४७ सालको नापीको फिल्ड बुकमा अहिले हडपिएको जग्गाको धनी श्री ५ को सरकार समरजंग कम्पनी रहेको सिआइबीका अनुसन्धान अधिकृतहरू बताउँछन् ।   तर, कम्पनीको नाममा भएको २१ कित्ता जग्गा पशुपति टिकिन्छा गुठीको भएको दाबी गर्दै आशामाया महर्जनसहित १३ जना मोही भनिएकाको वारेसमा रामकुमार सुवेदीले गुठी संस्थानमा निवेदन दिएका थिए । जसबारे संस्थानले कम्पनीलाई जवाफ माग्दा भण्डारीले रेकर्डमा नभेटिएको जवाफ दिएको पाइएको छ ।   तत्कालीन लेखापाल विनोदप्रसाद पौडेलले भने यसबारे टिप्पणी उठाउने काम गरेको अनुसन्धान अधिकृतहरूको दाबी छ ।यसपछि नै गुठी संस्थानले कम्पनीको नाममा स्रेस्ता कायम भएका जग्गाको लगत कट्टा गरी दर्ताको स्रेस्तालाई सच्याउँदै अन्ततः गुठी कायम गरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न सरकारले स्वीकृति दिनुपर्ने उल्लेख गरी भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाएको थियो ।   संस्थानले पठाएको टिप्पणी २०६९ सालमा भूमि सुधार मन्त्रालयले सदर गरेको थियो । जतिबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए । उनको मन्त्रिपरिषद् बैठकमा भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थानले पठाएको टिप्पणीलाई प्रस्तावको रुपमा अघि सारेको थियो । जुन १८ असोज २०६९ मा सदर भयो । निवेदकहरूका माग अनुसार कम्पनीको जग्गा व्यक्तिको नाममा गएको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।   यसबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबारमात्रै पशुपति टिकिन्छा गुठीलाई समरजंग कम्पनीको जग्गा दिन संलग्न नभएको लामो स्पष्टीकरण दिएका छन् । उसो त अख्तियारले पनि उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएन । सिआइबीले पनि संगठित अपराधमा मुद्दा चलाउने सम्भावना न्यून देखिएको छ । संगठित अपराधमा अनुसन्धान सरकारी कागजातको लिखत कीर्ते गरेर ललिता निवासको १३४ रोपनी हडपेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध सिआइबीले संगठित अपराधमा अनुसन्धान थालेको छ । हालसम्म पक्राउ परेका नौ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उक्त कसुरमा सिआइबीले अनुसन्धान थालेको हो ।   अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, पूर्वसहसचिव कलाधर देउजा, सुरेन्द्रमान कपाली, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडासचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनविरुद्ध अनुसन्धानका लागि म्याद थप गरिदिएको हो ।   ‘तीन जनालाई नछाडौं’ सिआइबीकी निर्देशक किरण बज्राचार्यले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका गुरुङ, शाह र गौतमलाई रिहाको आदेश दिन नहुने सर्वोच्च अदालतसमक्ष माग गरेकी छन् । उनलाई रिहा गर्दा मुद्दाको अनुसन्धान प्रभावित हुने बज्राचार्यको तर्क छ । हदम्याद सकिएको प्रकरणमा आफूहरुलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै तीन जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।   निर्वाचन आयोगका पूर्वआयुक्त शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ र सहसचिव गौतमले रिट दर्ता गरेका थिए । अन्य आरोपितले अदालतबाट आदेश लिइसकेका कारण रिहा भएपछि गुरुङ, शाह र पौडेलले पनि बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए । रिटमा प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार जवाफ पठाएको हो ।   जवाफमा प्रहरीले प्रमाण लोप गराउन सक्ने, व्यक्तिगत प्रलोभनमा पार्न सक्ने, प्रमाण दबाउनका लागि अन्य व्यक्ति परिचालन गर्न सक्ने भएकाले तीनै जनालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने प्रहरीले माग गरेको महान्यायाधिवक्ता कार्यालय स्रोतले बतायो ।   गुरुङले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सर्वोच्चले मागेको लिखित जवाफपछि बज्राचार्यले भनेकी छन्, ‘... सबुत प्रमाण नष्ट गर्न सक्ने, अन्य प्रतिवादीहरूलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको, निजलाई थुनामा नराखी अनुसन्धान गर्दा पूरै अनुसन्धान प्रभावित भई तथ्यतरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकिकातमा कठिनाइ हुने अवस्था देखिएको छ ।’
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:२२
#ललिता_निवास_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP