Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएसमार्फत ११ महिनामा साढे १९ हजार नेपाली पुगे कोरिया
इपिएसमार्फत ११ महिनामा साढे १९ हजार नेपाली पुगे कोरिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १३, २०८०
Korea_Worker-2080
Hardik health
काठमाडौं  -  रोजगारीका लागि चालु आर्थिक वर्षको ११ महिनामा साढे १९ हजार नेपाली युवा दक्षिण कोरिया पुगेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा पास गरी १९ हजार ४१० जना युवा रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।   कोरियाका रोजगारदाताले पछिल्लो चार महिनामा मासिक दुई हजारभन्दा बढीको दरले रोस्टरमा रहेका कामदारको छनोट गरेका छन् । गत फागुनमा दुई हजार २०० नेपाली युवाको माग आएकोमा जेठमा झण्डै तीन हजार पुगेको छ ।   जबकि, चालु आवको सुरुआती महिना (साउन)मा ३२ जनाले मात्रै कोरिया जान पाएका थिए । कोरोना महामारीपछि तंग्रिएको कोरियाको श्रमबजारमा श्रमिकको अभाव देखिन थालेपछि रोजगारदाताले नेपाली श्रमिकको माग बढाएको बताइन्छ ।   विभागको तथ्यांकअनुसार इपिएसमार्फत साउन महिनामा ३२ जना कोरिया पुगे । भदौ महिनामा यो संख्या बढेर एक हजार ७१५ पुग्यो । असोजमा एक हजार ९१८, कात्तिक एक हजार ६०७, मंसिरमा एक हजार २७, पुसमा एक हजार २२९, माघमा एक हजार ७९७ जनाले कोरिया जान भिसा पाए ।   त्यस्तै फागुनमा दुई हजार २२७, चैतमा दुई हजार ३२३, वैशाखमा दुई हजार ५७४ र जेठमा दुई हजार ९६४ जना रोजगारीका लागि कोरिया पुगेका छन् ।चालु आर्थिक वर्षको ११ महिना अवधिमा साढे १९ हजार नेपाली रोजगारीको लागि कोरिया गएको वैदेशिक रोजगार विभागअन्र्तगत इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।   उनका अनुसार कोरिया जानेमा १४ हजार नयाँ र करिब छ हजार पुरानो अर्थात् इपिएस परीक्षा पास गरेको कमिटेड कामदारले कोरिया जाने अवसर पाएका छन् । कोरियाले यस वर्ष इपिएस प्रणाली लागू गरेका नेपालसहित विभिन्न १६ मुलुकबाट एक लाख १० विदेशी कामदार लैजाने कोटा निर्धारण गरेको छ । जसअन्तर्गत जुन मुलुकले छिटो कामदार उपलब्ध गराउन सक्छ उही मुलुकबाट धेरै कामदार लिने कोरियाको नीति रहेको निर्देशक कटुवालले बताए ।   सोही नीतिअनुरुप रोस्टरमा रहेका अधिकांश नेपालीहरु रोजागारीका लागि कोरिया पुग्न सफल भएको उनले बताए । ‘फास्ट सर्भिस, फस्र्ट प्रायोरिटी’को नीतिअनुरुप कोरियाले कामदार लैजाने भएपछि आगामी दिनमा नेपालबाट कोरिया जाने नेपालीहरुको संख्या उल्लेख्य बढ्ने कटुवालले बताए ।   ‘सरकारले इपिएस परीक्षा प्रणालीमा ल्याएको सुधार र कामदार पठाउने प्रक्रिया पारदर्शी एवं छिटोछरितो गरेका कारण अन्य मुलुकको तुलनामा नेपालबाट धेरै कामदार कोरिया जान सफल भएका छन्,’ निर्देशक कटुवालले भने ।   कोरियाले ठूलो संख्यामा नेपालबाट कामदार लैजाने संकेत देखाएका कारण आगामी वर्ष कोरिया जानेको संख्या अझै बढ्ने र सोहीअनुरुप भाषा परीक्षा तय हुने इपिएस शाखाले जनाएको छ । यद्यपि, अहिले रोस्टरमा पाँच हजारको हाराहारीमा रहेका कामदारहरु कोरिया जाने प्रतीक्षामा छन् । यसरी रोस्टरमा रहेकाहरुमा नयाँभन्दा पनि कोरियाबाट फर्केर पुनः इपिएस परीक्षा पास गरेकाहरु भएको बताइएको छ ।   झण्डै चार हजार जति ‘कोरिया रिटर्नी’ (कोरियाबाट फर्किएका)हरु रोस्टरमा रहेको र उनीहरु रोजगारदाताको छनोटमा नपरेको निर्देशक कटुवालले बताए । रोस्टरमा परेर पनि छनोटमा नपरेका रिटर्नीहरुले छिटो कोरिया पठाउनुपर्ने माग राख्दै भर्खरै आन्दोलनसमेत गरेका छन् । रिटर्नीहरुको आन्दोलनकै कारण शाखाको नियमित कार्यतालिकामा फेरबदल भएको बताइएको छ ।   जसका कारण कोरियाले पछिल्लो समय नेपालबाट पानीजहाज बनाउने (सिप विल्डिङ)मा कामदारको माग गरे पनि परीक्षा सञ्चालन मिति पर सारिएको छ । हाल यस क्षेत्रका लागि रोस्टरमा रहेका ८९२ कामदारलाई लैजान सम्झौता भएको भन्दै उनीहरुलाई पठाउने प्रक्रिया अगाडि बढाइएको इपिएस शाखाले जनाएको छ ।   सिप विल्डिङमा कोरियाले तीन हजार नेपालीलाई रोजगारी दिने प्रतिबद्धता जनाउँदै यसका लागि यथाशक्य परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP