Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
अर्थ
  • Home
  • अर्थ
  • प्याराग्लाइडिङको व्यावसायिक उडान भर्दैछ मन्साङकोट
प्याराग्लाइडिङको व्यावसायिक उडान भर्दैछ मन्साङकोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १२, २०८०
paraglide
Hardik health
स्याङ्जा  -  स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो । बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए  ।   यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ । पर्यटकीय सहर पोखरा र सुनौली जोड्ने सिद्धार्थ राजमार्गको त्रियासीबाट नजिकैको स्थान भएकाले पनि मन्साङकोटलाई प्याराग्लाइडिङ स्थलका रूपमा विकास गर्दै लगिएको उनले जानकारी दिए ।   “सिद्धार्थ राजमार्गबाट नजिकैको स्थानमा अवस्थित मन्साङकोटबाट टाढाटाढाका दृश्यहरु पनि देखिन्छन्”, सञ्चालक सुनुवारले  भने, “टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिनाका साथै ऐतिहासिक एवं पौराणिक महत्वसँग जोडिएको आँधीखोलाको किनारमा अवतरण गर्दा छुट्टै आनन्द आउने गर्छ ।”   सिद्धार्थ राजमार्ग भएर सुनौली–पोखरा गर्ने स्वदेशी तथा विदेशी पर्यटकले सडकबाटै उक्त स्थान सजिलै देख्न सक्ने र जान सक्ने भएकाले पनि यहाँ भोलिका दिनमा पर्यटकको आवागमन बढ्दै जाने जिकिर उन कोछ । हावाको बहाव राम्रो हुनु, टाढाटाढाको दृश्य सजिलै देखिने, बजारबाट नजिक रहेको मन्साङकोटबाट छोटो दूरीको प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको सञ्चालक सुनुवारले बताए ।   मन्साङकोट समुद्र सतहदेखि झन्डै एक हजार तीन सय मिटरको उचाइमा रहेको छ । “छोटो दूरीको प्याराग्लाइडिङका लागि यो ठाउँ निकै उपयुक्त छ”, उनले भने , “यसको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्न सके मात्रै पर्यटकको आवागमन वृद्धि हुने थियो ।”   अप्ठेरो भएका स्थानमा ढलान तथा नाली निर्माण गर्ने कार्यहरु भइरहेकाले त्यहाँसम्म पुग्न सहज हुन्छ । यहाँको आकाशमा उड्नका लागि देशका विभिन्न भागसहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । मन्साङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँको पूर्वाधार निर्माणमा जोड दिइएको मन्साङकोट पार्क संरक्षण समितिका अध्यक्ष एकनारायण काफ्लेले बताए  ।   गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वन मन्त्रालयबाट पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन भएको थियो । उक्त रकमले अपूरो रहेको भवनलाई पूर्णता दिनाका साथै झ्याल ढोका, रङ्गरोगन, चौपारी निर्माण, छेकबारसहित बाटो, होर्डिङ बोर्डहरु निर्माण गरिएको उनले जानकारी दिए  ।   मन्साङकोटबाट व्यावसायिक प्याराग्लाइडिङ सुरुआत भएसँगै गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ”, अध्यक्ष काफ्लेले भने, “कृषि र पशुपालनका क्षेत्रमा छुट्टै पहिचान बनाएको मन्साङकोट पछिल्लो समय पर्यटनसँग पनि जोडिन पुगेको हो ।”
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण
सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण बुधबार, भदौ १८, २०८२
एनएमएकाे अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित
एनएमएकाे अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित बुधबार, भदौ १८, २०८२
जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल
जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल बुधबार, भदौ १८, २०८२
अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’ बुधबार, भदौ १८, २०८२
पर्यटक भित्र्याउने  पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
पर्यटक भित्र्याउने  पूर्वतयारी गर्दै सौराहाका व्यवसायी मंगलबार, भदौ १७, २०८२
विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुँदै
विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुँदै मंगलबार, भदौ १७, २०८२
हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व स‌‌ंकलन
हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व स‌‌ंकलन मंगलबार, भदौ १७, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP