Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर कम्पनीको नवीकरण अनलाइन प्रणालीमा
म्यानपावर कम्पनीको नवीकरण अनलाइन प्रणालीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
Bairo-Vibhag
Hardik health
- असार मसान्तभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने - आव ०७९/८० मा कम्तीमा १०० जना कामदार पठाएको विवरण अनिवार्य
काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिएका संस्था (म्यानपावर कम्पनी)हरुको नवीकरण अनलाइन प्रणालीमार्फत गर्न सकिने जानकारी दिएको छ ।विभागले सोमबार एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि इजाजतपत्र नवीकरण अनलाइन प्रणालीमार्फत हुने जनाएको हो ।   यसका लागि यही असार मसान्तभित्र अनलाइन प्रणालीमा आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ । यस्ता संस्थाहरुको इजाजतपत्र वैदेशिक रोजगार ऐन, २०६४ को दफा १२ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ८ बमोजिम प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र इजाजतपत्र नवीकरण गराउनुपर्ने प्रावधानको व्यवस्था गरेको व्यहोराबारे विभागले सूचनामा सचेत गराइएको छ ।   ‘सोही बमोजिम २०८० असार मसान्तसम्म नवीकरण भएका इजाजतपत्रवाला संस्थाहरु नवीकरण गर्न २०८० असार मसान्तभित्र निम्न बमोजिमका कागजातहरु सम्बन्धित संस्थाको सञ्चालकबाट प्रमाणीकरण भई यस विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) मार्फत निवेदन गर्न सकिने र अनलाइन प्रणालीबाटै नवीकरण गरिने जानकारी गराइन्छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।   विभागले नवीकरणका लागि आव ०७९/८० मा कम्तीमा १०० जना कामदार पठाएको प्रमाणसमेत पेस गर्नुपर्ने जनाएको छ । नवीकरण दस्तुर १० हजार रुपैयाँ तोकिएको छ । आव ०७८/७९ को कम्पनी अद्यावधिक पत्र, कर चुक्ता प्रमाणपत्र र आवधिक भएको सेयर लगतसमेत अनिवार्य पेस गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।   नेपालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र लिएका संस्था करिब ८०० को संख्यामा रहेको छ ।यसैगरी वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अभिमुखीकरण तालिम प्रदान गर्न विभागबाट अनुमतिपत्र प्राप्त संस्थाहरुको नवीकरण पनि अनलाइन प्रणालीबाटै हुने विभागले जनाएको छ ।   विभागले सोमबार जारी गरेको अर्को सूचनामा अभिमुखीकरण तालिम सञ्चालन गर्न अनुमतिपत्र वैदेशिक रोजगार ऐन, २०६४ को दफा २८ (६) तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २३ बमोजिम प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गराउनुपर्ने प्रावधान रहेको उल्लेख गरेको छ ।   सोही बमोजिम यही असार मसान्तसम्म नवीकरण भएका अनुमतिपत्रवाला संस्थाहरु नवीकरण गर्न असार मसान्तभित्र आवश्यक कागजातसहित सम्बन्धित संस्थाको सञ्चालकबाट प्रमाणीकरण गराई विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) मार्फत आवेदन गर्न सकिने विभागले जानकारी दिएको छ ।   सो आवेदनहरुको अनलाइन प्रणालीबाटै नवीकरण गरिने सूचनामा उल्लेख छ ।वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था रहेको छ । यद्यपि, यसलाई प्रभावकारी बनाउन नसकिएको सरोकारवालाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP