Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ८१ स्थानीय तहमा पुनःएकीकरण कार्यक्रम, १३ करोड ६८ लाख रुपैयाँ अनुदान
८१ स्थानीय तहमा पुनःएकीकरण कार्यक्रम, १३ करोड ६८ लाख रुपैयाँ अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ४, २०८०
Bairo board
Hardik health
काठमाडौं -  वैदेशिक रोजगार बोर्डको सचिवालयले ८१ स्थानीय तहमा पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । बोर्डको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअनुसार वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि सो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।   बोर्डले उद्यमशीलता प्रवद्र्धनका लागि सीपमूलक तालिम सञ्चालन र लाभग्राहीका लागी प्राविधिक तथा वित्तिय सहयोग उपलब्ध गराएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि ८१ स्थानीय तहले कूल १३ करोड ६८ लाख ९० हजार रुपैयाँ अनुदान पाएका छन् ।   कार्यक्रममा सहभागीहरुका आधारमा स्थानीय तहले न्यूनतम आठ लाख ६० हजारदेखि अधिकतम २५ लाख ८० हजार रुपैयाँसम्म पाउनेगरी बोर्डसँग द्विपक्षीय सम्झौता गरेका छन् । जसमा नौवटा पालिकाले यसपटक २० जनालाई समावेश गरेका छन् भने ६२ वटा पालिकाले ४० जनालाई समेटेका छन् ।   यस्तै १० वटा पालिकाले ६० जनालाई उद्यमशीलता प्रवद्र्धन एवं मनोसामाजिक परामर्श दिनेगरी कार्यक्रम सञ्चालन भइरहेको बोर्डले उल्लेख गरेको छ । २० जना भएको पालिकालाई आठ लाख ६० हजार, ४० जना भएको पालिकालाई १७ लाख र ६० जना भएको पालिकालाई २५ लाख ८० हजार रुपैयाँको दरले बोर्डले रकम उपलब्ध गराएको छ ।   बागमती प्रदेशका २१, मधेस प्रदेशका १६, कोशी प्रदेशका १३, गण्डकी प्रदेशका १४, लुम्बिनीमा १३ र सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा पुनःएकीकरण कार्यक्रम सञ्चालनमा आएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उद्यमशीलता तालिम, मनोपरामर्श तथा सिड मनीका रुपमा प्रतिव्यक्ति ४३ हजार रुपैयाँका दरले खर्च हुने बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए ।   ‘पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा ८१ पालिकाले तीन हजार २२० जनालाई पुनःएकीकरण कार्यक्रममा समावेश गरेका छन्,’ उनले भने, ‘उनीहरुलाई बोर्डले अनुदान दिएको रकममध्ये तालिमका लागि आठ हजार रूपैयाँ खर्च हुने र तालिमपश्चात् व्यवसाय सञ्चालनका लागि ३५ हजार रुपैयाँ सिड मनीको रुपमा स्थानीय तहले उपलब्ध गराउने छन् ।’   पौडेलका अनुसार केही पालिकाहरुले उद्यमशीलता प्रवद्र्धनका लागि बोर्डले उपलब्ध गराएको रकममा १० देखि ४० प्रतिशतसम्म थप गरेर बीउ पुँजी दिने प्रतिबद्धतासमेत जनाएका छन् । बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई पुनःएकीकरण कार्यक्रममार्फत उद्यमशीलता तालिम, सामाजिक पुनःस्थापनाका लागि मनोपरार्श र उद्यम प्रवद्र्धनका लागि विशेष जोड दिएको छ ।   यस्तै आगामी आर्थिक वर्षबाट थप बजेटसहित क्रमशः अन्य स्थानीय तहहरूसँग पनि कार्यक्रम सञ्चालनका लागि विदेशबाट फर्किएकाहरुको सूची संकलन एवं प्रस्ताव माग गर्ने बोर्डले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP