Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
  • #गाथामग_चह्रे
  • #कृषि
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा अत्यधिक गर्मी
साउदीमा अत्यधिक गर्मी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १, २०८०
काठमाडौं -  साउदी अरेबियामा तापक्रम उच्च भएसँगै त्यहाँको सरकारले श्रमिकलाई दिउँसो खुला स्थानमा काम लगाउन प्रतिबन्ध लगाएको छ । त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी)ले सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानहरूलाई सूचित गर्दै आफ्ना श्रमिकलाई दिउँसो चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको जनाएको छ ।   मन्त्रालयले बिहीबार (जुन १५) देखि लागू गरेको उक्त प्रतिबन्ध आगामी सेप्टेम्बर १५ (तीन महिना)सम्म कायम रहनेछ जानकारी दिइएको छ । मन्त्रालयले दिएको निर्देशनअनुसार रोजगारदाताले दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकलाई खुला ठाउँको काममा लगाउन पाउने छैनन् ।   मन्त्रालयले राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषद्को समन्वयमा खुला काममा प्रतिबन्ध लगाउने व्यवस्था गरेको उल्लेख छ । मानव संसाधनमन्त्री अहमद अल–राजीको निर्णयानुसार निजी क्षेत्रका कामदारहरूको सुरक्षा र स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यका साथ प्रत्यक्ष घाममा गर्ने खुला काममा प्रतिबन्ध लगाइएको हो । उक्त निर्णयले निजी क्षेत्रका उद्यमहरूलाई आफ्ना कामदारलाई स्वस्थ र सुरक्षित कार्य वातावरण प्रदान गर्न र सूर्यको प्रकाश र गर्मीको तनावबाट हुने कुनै पनि जोखिम तथा हानिबाट जोगाउने मन्त्रालयको भनाइ छ । सरकारले विभिन्न पेसाजन्य जोखिमबाट सुरक्षित काम गर्ने वातावरण बनाउने प्रयास गरेकोले कार्यघण्टा मिलाउन र निर्णयानुसार कार्यान्वयन गर्न मन्त्रालयले रोजगारदाताहरूलाई आग्रह गरेको छ ।   मन्त्रालयले आफ्नो वेबसाइटमा सूर्यको प्रभाव र गर्मीको थकानबाट बच्न पेसागत सुरक्षा र स्वास्थ्यका लागि प्रक्रियागत गाइडसमेत प्रकाशित गरेको छ । यस निर्णयको कुनै उल्लंघन भएमा कानुनी कारबाही गर्ने जानाउँदै रोजगारदाताले कुनै कामदारलाई बाहिर प्रत्यक्ष घाममा काम गर्न लगायो वा जबरजस्ती गरेमा ग्राहक सेवा फोन नम्बर १९९११ मार्फत सूचित गर्न मन्त्रालयले आग्रह गरेको छ ।   खाडी मुलुक साउदीमा दिउँसोको समयमा ५० डिग्री सेन्टिग्रेडभन्दा बढी तापक्रम पुग्ने गरेको छ । यस्तो समयमा सूर्यको प्रत्यक्ष प्रकाशमा काम लगाउँदा श्रमिकमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको जानकारहरु बताउँछन् ।   मन्त्रालयको यस निर्णयसँगै साउदीस्थित नेपाली दूतावासले पनि अत्यधिक गर्मी तथा सूर्यको तापमा खुला ठाउँमा काम नगर्न र सुरक्षित रहन नेपाली श्रमिकहरुलाई आग्रह गरेको छ । नेपालको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदीमा अत्यधिक गर्मीका कारण थुप्रै नेपाली श्रमिकले ज्यान गुमाउने गरेको विभिन्न रिपोर्टहरुले देखाएको छ ।    
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP