Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समाजवादी मोर्चाबारे फरक मत
समाजवादी मोर्चाबारे फरक मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ३२, २०८०
-समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौं । हाम्रो पार्टी (माओवादी), माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।-पुुष्पकमल दाहाल ,प्रधानमन्त्री
काठमाडौं  कम्युनिस्ट, वामपन्थी र लोकतान्त्रिक धारका शक्तिहरूको दस्तावेजहरूमा निर्दिष्ट राजनीतिक गन्तव्य हो– समाजवाद । वर्गविहीन समाजको परिकल्पना गरिएको समाजवादमा पुुग्न नेपालमा केही महिनायता सानादेखि ठूला समाजवादी दलहरूबीच मोर्चाबन्दीको तीव्र बहस चल्दै छ ।   बहस चलाउनेमध्येकै एक हुन्– प्रधानमन्त्री पुुष्पकमल दाहाल । बुधबार दाङ पुुगेर उनले समाजवादी संयुक्त मोर्चा बनाउने तयारी अन्तिम चरणमा पुुगेको बताए । उनकै शब्दमा भन्दा समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुुक्त मोर्चा बनाउने भएको हो । मोर्चामा आफ्ना दल माओवादी हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासम्मलाई समेट्ने प्रयास भइरहेको बताए ।
 
‘समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौं । हाम्रो पार्टी (माओवादी), माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,’ उनले दाङमा आयोजित अगुवा कार्यकर्ता भेलामा भने, ‘तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’   प्रधानमन्त्रीको दल माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वको कार्यदललाई मोर्चा गठनबारे सघन छलफलको जिम्मेवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
  साथीहरू समाजवादी मोर्चा बनाउने भन्दै छन् । मलाईचाहिँ यो वाहियात लागेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटचाहिँ देशलाई समाजवादमा लैजानेगरिको छैन । अनि, किन समाजवादी मोर्चा ? -झलनाथ खनाल,पूर्वप्रधानमन्त्री
  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विप्लव हुँदै वामदेव गौतमले पनि समाजवादी मोर्चामा रुचि राखेका छन् । जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रदेखि प्रदेशसम्म सरकार गठनसँगै सभामुख/उपसभामुख हुँदै राष्ट्रपतिसम्मको निर्वाचनले यसअघि समाजवादी मोर्चा गठनमा ढिलाइ भएको हो । अब चाँडै मोर्चा घोषणा हुने उनले बताए ।   ‘निर्वाचनले गर्दा मोर्चाबारे थप केही हुन पाएको थिएन । अहिले हामी छलफलमा छौं । सायद छिट्टै समाजवादी मोर्चा गठन हुुनेछ,’ प्रवक्ता सुमनले बताए । नेपालको संविधानको प्रस्तावनामै नेपाल समाजवादोन्मुख भनिएको छ । समाजवादी नेताहरू यसलाई ठूलो उपलब्धिको रूपमा लिन्छन् । समाजवादमा पुुग्न सरकारले सोहीअनुसारको नीति तथा कार्यक्रमसहितको बजेट ल्याउनुपर्छ । यही ५ जेठमा संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम र त्यसका आधारमा १५ जेठमा प्रस्तुत बजेटले देशलाई समाजवादी क्रान्तिमा लैजाने प्रधानमन्त्री दाहालको दाबी छ ।   हालै एमाले त्यागेका पूर्वमन्त्री मणि थापा पनि समाजवादी शक्तिहरू यत्रतत्र हुनुुभन्दा मोर्चाको नामबाट एक ढिक्का हुनुुलाई ठीक मान्छन् । छिन्नभिन्न अवस्थामा रहेको अवस्थामा क्रमशः समाजवादी आन्दोलन रक्षात्मक हुने उनको ठहर छ ।‘सकेसम्म छिटो समाजवादीहरूको ध्रवीकरण हुनुुपर्छ । नभए एक समाजवादी दलले अर्को दललाई दुुष्मन मान्ने हो भने समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा हुँदैन,’ उनले भने, रक्षात्मक रुपमा रहेको यो आन्दोलनलाई अघि बढाउनुु नितान्त आवश्यक छ ।’   उनी पनि विप्लवसँग जोडिँदै समाजवादी मोर्चामा समाहित हुने चर्चा छ । मोर्चा निर्माण भए संसद्मा महŒवपूर्ण शक्तिको रूपमा देखिनेछ । बन्न लागेको मोर्चालाई नेकपाको अर्को रूपको रूपमा चित्रण पनि गरिँदै आएको छ । तर, मोर्चा गठनबारे नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘वाहियात’ भनेका छन् । मोर्चा निर्माणमा समय खर्चेर बर्बाद गर्न नहुुने पनि उनको मत छ । ‘साथीहरू समाजवादी मोर्चा बनाउने भन्दै छन् । मलाईचाहिँ यो वाहियात लागेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटचाहिँ देशलाई समाजवादमा लानेगरिको छैन । अनि, किन समाजवादी मोर्चा ?,’ खनालले भने ।   नेता खनालले समाजवादी मोर्चाको औचित्य नभए जसरी अभिव्यक्ति दिँदा उनको दलका अध्यक्ष माधवकुमार नेपाल भने सके नेकपा नसके समाजवादी मोर्चाको पक्षमा छन् ।अर्कातिर, नेपाल–खनालको दलले घोषणापत्रमै समाजवादी शक्तिहरूको ध्रुवीकरण औचित्यपूर्ण हुने भनिसकेको छ । जसले गर्दा पनि यो दल समाजवादी मोर्चामा सहभागी हुने सम्भावना अधिक छ ।तर, वाम राजनीतिक विश्लेषक भीम भुुर्तेलले समाजवादी भनिएका दलहरू नीति तथा कार्यक्रमदेखि कार्यशैलीगत व्यवहारले समाजवादमा पुुग्न नसक्ने ठोकुवा गरे । उनी नेपालमा समाजवादी क्रान्ति पूरा गर्न अग्रसर हुने भन्ने कुरा पत्याउनै नसकिने बताउँछन् ।   ‘समाजवादी वा वास्तविक कम्युनिस्टले के गर्छ ? भन्ने बुझेका प्रचण्डका आफ्नै कार्यकर्ताले उनैलाई छाँड्दै हिँडिसके । अरु समाजवादी भनिएका पार्टीको हालत देखिएकै छ,’ भुुर्तेल भन्छन्, ‘धन्न संविधानमा लेखियो । यी दलहरूले समाजवादी ल्याउँदैनन् । सच्चा समाजवादी पनि होइनन् ।’गत ४ मंसिरको निर्वाचनअघि नै समाजवादी मोर्चा गठनको बहस छेडिएको हो । तर, अझैसम्म मोर्चाले सार्थकता पाएको छैन । मोर्चा गठन भएको अवस्थामा भने संघीय संसद्देखि प्रदेश संसद्सम्म मोर्चा शक्तिशाली हुनेछ ।कतिपयलेचाहिँ प्रधानमन्त्री दाहाल कमजोर स्थितिमा रहेपछि थप शक्ति आर्जन गर्न मोर्चा गठनको कार्ड फ्याँकेको पनि टिप्पणी गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP