Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुल्ला
जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुल्ला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३०, २०८०
Hardik health
काठमाडौं - पर्वतारोहणका लागि  सरकारले नयाँ हिमचुचुरोलाई खुल्ला गरेको छ ।  सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला गराएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  जनाएकाे हाे । यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् । सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल-१, ६ हजार ५१८ मिटर अग्लो जुगल-२, ६ हजार १८४ मिटर अग्लो जुगल-३, ५ हजार ९३६ मिटर अग्लो जुगल-४ र ५ हजार ९२२ मिटर अग्लो जुगल-५ लाई पर्वतारोहण प्रयोजनका लागि खुल्ला गर्ने निर्णय गरेको जनाएको छ । सरकारले खुलाएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै यी हिमालमा अब व्यावसायिक आरोहणको बाटो खुलेको छ। जुगल हिम शृङ्खलामा पर्ने ग्याल्जेन हिमाल (६ हजार १५१ मिटर) यसअघि २०१९ मै आरोहण भइसकेको चुचुरो हो । यी हिमालहरु काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन् । तुलनात्मक रुपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन् ।जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ । जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ । नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको संख्या अब ४१९ पुगेको छ । सर्वोच्च शिखर सगरमाथासहित ४१४ वटा हिमाल यसअघि नै आरोहणको प्रयोजनका लागि खुला गरिएको छ । जसमध्ये २७ वटा हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गरिरहेको छ । सरकारले सम्भाव्यताका दृष्टिकोणबाट हिमालहरुको आरोहण खुला गर्दै जाने बताएको छ ।तथ्यांक विभागका अनुसार सन् २०२३ को वसन्त ऋतुमा कुल २८ वटा हिमालका लागि १३६ वटा आरोहण दलले आरोहण अनुमति लिएका थिए । जसमा १ हजा १७६ आरोहीले अनुमति लिएका हुन् । सबैभन्दा धेरै सगरमाथामा ४७ आरोहण दलका ४७८ जनाले अनुमति लिएका थिए । आरोहणबाट सरकारले यस सिजनमा ७६ करोड ५७ लाख ५८ हजार ३ रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथापछि ल्होत्से हिमालमा १७ दलका १५६ जनाले अनुमति लिएका थिए ।      
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान मंगलबार, चैत १०, २०८२
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक मंगलबार, चैत १०, २०८२
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे आइतबार, चैत ८, २०८२
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP