Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पाँच सय महिलालाई निःशुल्क आवासीय तालिम
पाँच सय महिलालाई निःशुल्क आवासीय तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३०, २०८०
Bairo Board
Hardik health
काठमाडौं -  सरकारले वैदेशिक रोजगारीका लागि जान चाहने महिलाको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने निःशुल्क आवासीय तालिम सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयले पहिलो चरणमा रोजगारीका लागि विदेश जाने तयारीमा रहेका ५०० महिलालाई असार पहिलो साताबाट सिलाइकटाइसम्बन्धी गार्मेन्ट मेसिन अपरेटरको निःशुल्क आवासीय तालिम दिन लागेको हो । गार्मेन्टको मेसिन सञ्चालन गर्न तथा सिलाइकटाइसम्बन्धी सीप सिक्न चाहने देशैभरिका महिलालाई राजधानीमा निःशुल्क आवासीय तालिम प्रदान गर्न लागिएको बोर्डले जानकारी दिएको छ । निःशुल्क आवासीय तालिम सञ्चालनका लागि बोर्डले टेण्डर आह्वान गरी तालिमप्रदायक संस्थाको नामावली सार्वजनिक गरेको छ । बोर्डले तय गरेको मापदण्ड पूरा गरेका नौ वटा संस्था तालिम सञ्चालनका लागि छनोट भएका छन् । जसमा एक्सन फर डेभलपमेन्ट प्रालि, एलायन्स फर सोसियल मोबिलाइजेसन प्रालि, सिमेका ह्युमन रिसोर्स एकेडेमी, एफ–स्किल प्रालि, जेनियस मल्टी टेक्निकल इन्स्टिच्युट, नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, ट्रेड लिंक टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रालि र वल्र्डलिंक टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् । छनोटमा परेका संस्थाले बोर्डले तोकेको बजेट सीमाभित्र रही असार पहिलो हप्ताबाट तालिम सञ्चालन गर्ने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । ‘निःशुल्क तालिम र निःशुल्क वैदेशिक रोजगारीको तयारीस्वरुप हामीले महिलाहरुलाई तालिमको अवसर दिन लागेका हौं,’ उनले भने, ‘अन्य विकल्प नभएसम्म वैदेशिक रोजगारी नै अहिलेको प्राथमिकता भएका कारण बोर्डको अनुदानमा सीप विकास तालिम सञ्चालन हुन लागेको हो ।’ एक महिने यो तालिम लिएका महिलाहरुले अन्य देशमा पनि रोजगारीको अवसर पाउने भन्दै उनले विशेषगरी सिलाइकटाइको कामका लागि जोर्डन जान चाहनेका लागि बढी उपयुक्त हुने बताए । त्यसैले जोर्डन जाने तयारीकासाथ पासपोर्ट लिएका वा पासपोर्ट लिने प्रक्रियामा रहेको रसिदसहित इच्छुक महिलाले निःशुल्क तालिममा सहभागिता जनाउनसक्ने उप्रेतीले जानकारी दिए । सीमित बजेट र उपकरणको उपलब्धतालाई हेरेर सबैलाई पायक पर्ने र केन्द्रबिन्दु भएकाले काठमाडौंमा नै पहिलो चरणको तालिम सञ्चालन गर्न लागिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए । नेपालमा सिकेको जानेको सिलाइबुनाइ र कटिङले विदेशमा काम नगर्ने हुँदा सोहीअनुरुपको तालिम सञ्चालन गरी महिलाहरुलाई दक्ष बनाउने लक्ष्यका साथ निःशुल्क आवासीय तालिम सञ्चालन गर्न लागिएको पौडेलले बताए । पौडेलका अनुसार तालिममा सहभागी हुन चाहने महिलाको उमेर समूह १८ देखि ३५ वर्ष र न्यूनतम कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन चाहने महिलालाई बोर्डको सचिवालय वा सूचनामा दिइएको तालिम प्रदायक संस्थाहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत पनि विभिन्न जिल्लामा निःशुल्क आवासीय सीप तालिम कार्यक्रम सञ्चालन हुँदै आइरहेको बोर्डले जनाएको छ ।  
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP