उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिका विभिन्न धनमाल चोरी भएकाे छ। त्रियुगा नगरपालिका-९ सिबालय टोल बस्ने ३५ वर्षीय दिपक कार्कीको घरबाट बिहीबार राति चोरी भएको स्थानिय प्रहरीले जनाएकाे हाे ।
त्रियुगा नगरपालिका-९ सिबालय टोल बस्ने ३५ वर्षीय दिपक कार्कीको घरबाट गहना, नगद, मोबाइल गरी करिब ४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकोप्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ११:५९