Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पाँच मुलुकसँग श्रम सम्झौताको तयारी
पाँच मुलुकसँग श्रम सम्झौताको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २४, २०८०
shram Mantaalaya
Hardik health
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि विभिन्न पाँच गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यका साथ मन्त्रालयले जर्मनी, रोमानिया, ओमान, कुवेत र साउदी अरबसँग गर्न लागेको श्रम सम्झौता अन्तिम चरणमा पुगेको जनाएको हो । केही दिनअघि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न तयार पारिएको मस्यौदा आदानप्रदान भई हस्ताक्षरको अन्तिम चरणमा रहेको बताएका थिए । उनका अनुसार यसअघि नै हुनुपर्ने श्रम सम्झौता केही कारणवस ढिलाइ हुन गए पनि अब सम्पन्न हुने चरणमा पुगेको छ । नेपाल सरकारले श्रम सम्झौताको लागि पठाएको मस्यौदामा नेपाली श्रमिकहरूको पारिश्रमिक, सेवासुविधा, सुरक्षा, मानवधिकारलगायतका विषय समेटिएको मन्त्रालयका उपसचिव एवं सहप्रवक्ता कविराज उप्रेतीले बताए । ‘मस्यौदामा नेपाली श्रमिकको भर्ना शुल्क रोजगारदाताले बेहोर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उनीहरुको हकअधिकार तथा सेवासुविधा उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ,’ उनले भने, ‘कतिपय गन्तव्य मुलुकहरूले पहिलोपटक सम्झौता गर्ने भएकाले आधारभूत सेवासुविधामा केन्द्रित हुने र बाँकी कुरा विस्तारै सम्झौता गर्दै जाने बताएका छन् ।’ श्रम सम्झौताका लागि तयारी भइरहेको युरोपेली मुलुक जर्मनी र रोमानियाले दक्ष र अदक्ष दुवै किसिमका श्रमिक लैजान चाहेको मन्त्रालयले जनाएको छ । त्यस्तै १० वर्षदेखिको छलफल र प्रयासबाट साउदीसँग भर्खरै सम्झौता गर्ने सहमति भएको छ । यद्यपि, श्रमिक भर्ना शुल्क रोजगारदाताले व्यहोर्नेसम्बन्धमा अझै सकारात्मक नभएको बुझिएको छ । श्रम सम्झौताका लागि कूटनीतिक पहलसमेत आवश्यक हुँदा कतिपय मुलुकसँग प्रक्रियागत ढिलाइ हुने र कतिपय मुलुकसँग आवश्यक समन्वय र छलफल भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत (म्यानपावर)मार्फत १११ वटा मुलुकमा जान पाइने व्यवस्था गरेको छ भने थप ६७ मुलुक खुला गर्ने जनाएको छ । नेपाल सरकारले अहिलेसम्म वेलायत, मलेसिया, कतार, दक्षिण कोरिया, युएई, जापान, इजरायल, बहराइन र मरिसस गरी १० मुलुकसँग श्रम सम्झौता गरेको छ । जसमा बेलायत, जापान, दक्षिण कोरिया र इजरायलमा सरकार आफैंले श्रमिक पठाउने गरी सम्झौता गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP