Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
  • #गाथामग_चह्रे
  • #कृषि
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘भिजिट भिसा’मा जाने कामदार उच्च जोखिममा
‘भिजिट भिसा’मा जाने कामदार उच्च जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २३, २०८०
visitor visa
काठमाडौं - वैदेशिक रोजगार विभागले पछिल्लो समय रोजगारीका लागि ‘भिजिट भिसा’मार्फत विदेश जाने कामदार ठगिने क्रम बढ्दै गएको जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले आकर्षक तलब सुविधाको प्रलोभन देखाउँदै भिजिट भिसामा विभिन्न मुलुकमा कामदार पठाउँदा ठगिने क्रम बढ्दै गएको विभागले उल्लेख गरेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै ठगी गर्नेले कन्सल्टेन्सी, व्यक्तिगत मोबाइल नम्बर, फेसबुक, युट्युबलगायतका सूचना प्रविधिको प्रयोग गरी नेपाली युवाहरुलाई फिलिपिन्स, इजरायल, माल्टालगायत देशमा आकर्षक तलब सुविधाको प्रलोभन देखाउने र ठूलो रकम असूल गरी भाग्ने गरेको उल्लेख छ । साथै, ठगीमा संलग्नहरुले नेपालीहरुलाई भिजिट भिसामा ती मुलुकमा पठाएर अलपत्र बनाउने गरेको घटनासमेत बढ्दै गएको बताइएको छ । जसका कारण अहिले विभागमा वैदेशिक रोजगारसम्बन्धी ठगीका मुद्दाहरु बढिरहेको विज्ञप्तिमा जनाइएको छ । रोजगारीका लागि प्रलोभनमा परी भिजिट भिसामा जाने अधिकांश प्रमाणविहीन हुँदा विभागले पीडितलाई समयमा न्याय प्रदान गर्न कठिनाइ भइरहेको जनाएको छ । सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट हुने ठगीका घटना बढ्दै गएका कारण वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई विस्तृतरुपमा बुझेरमात्रै निर्णय लिन विभागले आग्रहसमेत गरेको छ । यदि, वैदेशिक रोजगारीका लागि जाने नै भए विभागबाट इजाजत प्राप्त संस्था (म्यानपावर)मार्फत वैधानिक ढंगबाट जान पनि सुझाइएको छ । विभागले ठगीमा पर्नबाट बच्न र ठगी गर्ने व्यक्ति तथा संस्थाहरुबारे समयमा सूचना दिएर ठगी नियन्त्रणमा सहयोग गर्न पनि सबैलाई अनुरोध गरेको छ । ठगीमा संलग्नहरुलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । यस्तै युरोपका कतिपय मुलुकमा नेपाली कामदारको माग भए पनि मागपत्र प्रमाणीकरणका लागि समस्या भएकाले त्यस्ता मुलुकमा व्यक्तिगतरुपमा भिजिट भिसामा जाने संख्या बढ्दो रहेका कारण ठगीका घटना बढिरहेको विभागका महानिर्देशक मदन दाहालले श्रम मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा बताएका थिए । उनले विभिन्न माध्यमबाट अवैधरुपमा विज्ञापन गर्ने, प्रलोभनमा पार्ने, आफ्नो क्षेत्रभन्दा बाहिर गएर वैदेशिक रोजगारसम्बन्धी गतिविधि गर्ने संस्थाहरुलाई समेत कारबाहीको दायरामा ल्याउन आवश्यक गृहकार्य भइरहेको बताए । विभागमा भएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ९२५ वटा ठगी मुद्दाका उजुरी दर्ता भएका छन् । जसमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी भएको दाबीसहित उजुरी गरिएको छ ।  
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP