Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • संकटमा एमाले नेतृत्वको कोशी सरकार
संकटमा एमाले नेतृत्वको कोशी सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २३, २०८०
hikmat karki
- सरकार छाड्नेबारे सोमबारबाट छलफल थालेको माओवादी आज थप छलफलमा जुट्दै - कांग्रेस ‘पर्ख’ र ‘हेर’को दाउमा मौन बस्दा मुख्यमन्त्री हिक्मत कार्की छैनन् सत्ता छाड्ने मुडमा - एकीकृत समाजवादीकी निर्मला लिम्बूले एक हप्ताअघि नै सरकार छाडेर नयाँ गठबन्धनका लागि मार्गप्रशस्त
काठमाडौं - निर्वाचनलगत्तै संघदेखि प्रदेश सरकारमा कब्जा जमाएको नेकपा एमाले माओवादी केन्द्रले गठबन्धन परिवर्तन गरेसँगै कोशी प्रदेशमामात्र सीमित हुनपुग्यो । संघ र अन्य प्रदेशमा एमाले सरकार क्रमशः ढले पनि कोशीमा एमालेले आफ्नो नेतृत्वमा सरकार चलाइरहेको छ । तर, एमालेको एकमात्र कोशी प्रदेश सरकार पनि संकटको संघारमा पुगेको छ । प्रदेशको नामाकरणसँगै विवादको घेरामा परेको कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको हो । गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी भएको थियो । त्यसयता मुख्यमन्त्री हिक्मत कार्कीको सरकारविरुद्ध निरन्तर आन्दोलन जारी छ । यता केन्द्रीय सत्ता गठबन्धन पनि कार्की नेतृत्वको सरकार ढलाउन लागिपरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाका अनुसार केही दिनमै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढल्नेछ । ‘माओवादीको छलफल प्रारम्भ भएको छ । तीन–चार दिन लाग्ला निष्कर्ष आउन,’ नेता थापाले प्रभावसँग भने । माओवादीले सरकार छाड्ने र त्यसपछि सरकार कसरी बनाउने भन्नेबारेमा छलफल गरी दृष्टिकोण निर्धारण गरिने उनले बताए । ‘गठबन्धनमा रहेका दलहरु फिर्ता भएपछि छलफल राखेर दृष्टिकोण बन्छ, लगत्तै हामी अघि बढ्छौ,’ नेता थापाले भने । कोशीमा एमाले नेतृत्वको सरकार ढलाउन गठबन्धनले निर्णायक मानिएकी जनता समाजवादीकी निर्मला लिम्बूले सरकार छाडिसकेकी छन् । स्वास्थ्यमन्त्री रहेकी लिम्बूले यही १७ जेठमा सरकार छाडेकी हुन् । कोशीमा जसपाको एकमात्र सांसद रहेको छ । कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादीका दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटनमन्त्री छन् । माओवादी अब सरकार छाड्ने मनासायसहित सोमबारबाट छलफलमा जुटेको छ । बजेटअघि नै सरकार छाड्ने तयारीमा रहेको माओवादी आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीका साथ छलफलमा जुटेको बताइन्छ । सोमबार के निर्णय भयो भन्ने विषयमा माओवादी नेताहरुले बोल्न मानेका छैनन् । माओवादी संसदीय दलले सरकार छाड्ने निर्णय गरिसकेको तर केन्द्र र प्रदेश कमिटिसँग थप छलफल गरेरमात्र पक्का निचोड निस्कने बताइएको छ । माओवादी सांसद गणेश उप्रेतीका अनुसार आज (मंगलबार) प्रदेश कमिटीसँग छलफल गरिँदै छ । यस्तो छ अंकगणित ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अहिले एमालेको ४०, माओवादीको १३ र राप्रपाको छ गरी ५९ जना सांसदको समर्थनमा सरकार टिकेको छ । माओवादीले सरकार छाड्नसाथ एमाले नेतृत्वको सरकारलाई ४६ सांसदको मात्र समर्थन हुनेछ । जबकि, प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । त्यसो त कांग्रेसको २९, माओवादी केन्द्र १२, एकीकृत समाजवादी पार्टीका चार र जनता समाजवादी पार्टी (जसपा)को एक गरी अर्को गठबन्धनसँग पनि ४६ सांसद नै छ । यसले गर्दा सभामुख निर्णयक बन्नुपर्ने देखिन्छ । सभामुख माओवादीका बाबुराम गौतम छन् । केन्द्रमा सहमति जुटेमा यो हप्ता नै सरकार ढाल्नेबारे निर्णय हुने थापा बताउँछन् । यद्यपि, माओवादीले सत्ता छाडेपछि पनि कार्की सरकार एक महिना लम्बिन सक्छ । संवैधानिक प्रावधानअनुसार सत्तामा सहभागी दलले सरकार छाडेपछि एक महिनाभित्र विश्वासको मतका लागि संसद्मा मत विभाजन गर्नुपर्ने हुन्छ । गत पुस २४ गते ६० सांसदको समर्थनमा कार्की प्रदेश १ (कोशी) को मुख्यमन्त्री नियुक्त भएका थिए । यसैगरी एमालेले गण्डकी र लुम्बिनीमा ढिला गरी सरकार छाडेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP