Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस प्रणालीमा कोटा थप गर्ने कोरियाको प्रतिबद्धता
इपिएस प्रणालीमा कोटा थप गर्ने कोरियाको प्रतिबद्धता
शुक्रबार, जेठ १९, २०८०
korea
Hardik health
काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाली श्रमिकहरूलाई प्राथमिकता दिँदै आएको इम्प्लोइमेन्ट परमिट सिस्टम (इपिएस) प्रणालीमा कोटा थप गर्ने प्रतिबद्धता जनाएको छ । कोरियामा सञ्चालन भइरहेको दुई देशका प्रतिनिधिमण्डलबीच एक हप्ते अनुभव आदानप्रदान, क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा कोरियाले उक्त प्रतिबद्धता जनाएको हो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा इपिएस प्रणालीबाट दक्षिण कोरियामा वैदेशिक रोजगारीमा गई फर्किएका नेपाली श्रमिकहरूको दिगो पुनःस्थापनासम्बन्धी परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित भएको उल्लेख छ । त्यस्तै श्रम सम्बन्धका अनुभवको आदानप्रदान, क्षमता विकास, इपिएस प्रणाली र दुई देशबीच भएको श्रम सम्झौताको विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्रालयका सचिव एकनारायण अर्यालले कोरियामा रहेका आप्रवासी नेपाली श्रमिकहरूको हकहितमा विशेष जोड दिएको बताएका छन् । उनले इपिएस प्रणालीमार्फत कोरियामा श्रमिक पठाउनका लागि प्रयोग गरेको प्रविधि, सामाजिक सुरक्षामा नेपाली श्रमिकहरूको आबद्धता, बिमाको सुविधालगायतका विषयमा प्रस्ट धारणा राखेको बताए । सचिव अर्यालले छलफलका क्रममा श्रमिकहरुको अकाल मृत्युको जोखिम न्यूनीकरण तथा शव व्यवस्थापनमा भएको सहजीकरणको अनुभव र सुधारका विषयमा पनि आफ्नो भनाइ राखेको बताइएको छ ।
  इपिएस प्रणाली एवं दुई देशबीच सन् २००८ मा भएको श्रम सम्झौता समयसापेक्ष पुनरावलोकनका लागिसमेत छलफल भएको अवस्थामा श्रमिकको हकहित, बिमा सुविधा, सामाजिक सुरक्षा तथा संरक्षण, न्यायोचित भर्ना, सीप र दक्षता विकासलगायतका पक्षमा योगदान पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।
    यस्तै कोरिया सरकारको ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफेयरिङ स्किल्स् (गिफ्टस्) र नेपाल सरकारको व्यावसायिक सीप विकास तथा तालिम प्रतिष्ठानबीचमा सीपयुक्त जनशक्ति तयार गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ । जसमा दुई देशबीच समन्वयात्मक सम्बन्ध विकास गरी आवश्यक जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ । त्यसैगरी कोरियामा कार्यरत तथा त्यहाँबाट फर्किएका श्रमिकहरूको आर्थिक विप्रेषणको पुँजीकरण र सामाजिक विप्रेषणको आन्तरिकीकरण गर्नुपर्नेमा नेपाली पक्षले विशेष जोड दिएको छ । जसका कारण कोरियाबाट फर्किएका आप्रवासीहरू (रिटर्नी माइग्रेन्टस्)को दिगो पुनःस्थापना गर्न कोरिया सरकार र नेपाल सरकारबीच द्विपक्षीय सहयोगात्मक र सहकार्यात्मक भूमिका रहने विश्वास लिइएको छ ।   इपिएस प्रणाली एवं दुई देशबीच सन् २००८ मा भएको श्रम सम्झौता समयसापेक्ष पुनरावलोकनका लागिसमेत छलफल भएको अवस्थामा श्रमिकको हकहित, बिमा सुविधा, सामाजिक सुरक्षा तथा संरक्षण, न्यायोचित भर्ना, सीप र दक्षता विकासलगायतका पक्षमा योगदान पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।   अहिलेसम्म इपिएसमार्फत झण्डै ७५ हजार नेपाली श्रमिक कोरिया गइसकेका छन् । इपिएस लागू गरेका १६ देशमध्ये नेपाल अग्रणि रहेको कोरियाको सम्बन्धित निकायका प्रतिनिधिहरुले बताउँदै आएका छन् । फलस्वरुप यसअघि विभिन्न समयमा इपिएस प्रणालीअन्तर्गत श्रमिक पठाउने मुलुकको अनुभव आदाप्रदानसम्बन्धी कार्यशाला गोष्ठीमा नेपालले प्रस्तुत गरेको कार्यपत्र उत्कृष्ट रहेको भन्दै कोरिया सरकारले पुरस्कार प्रदान गरेको थियो । नेपालले अपनाएको इपिएसमार्फत कामदार छनोटमा पारदर्शिता, कोरियामा गैरकानुनी बसाइँसराइलाई निरुत्साहन, मानव संसाधन विकासमा सहकार्यलगायतका गतिविधिको कोरियाले प्रशंसा गर्दै आएको छ ।   कोरियाको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वमा मन्त्रालयकै सहसचिव उमकान्त आचार्य, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, दक्षिण कोरियाका लागि श्रम काउन्सेलर चन्द्रकला वली चौलागाई, मन्त्रालयका उपसचिव दिपेन्द्र पौडेल र वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस शाखा प्रमुख पुष्पराज कटुवालसहितको नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।     त्यस्तै कोरिया सरकारको तर्फबाट कोरियाको मानव स्रोत व्यवस्थापन सेवाका उपप्रमुख किम सुङ जे, गिफ्टस्का कार्यकारी निर्देशक ली वायुङ वुक, निर्देशक एएचएन हायुमिनलगायतका प्रतिनिधि सहभागी छन् । विशेष महŒवका साथ दुई देशबीचको श्रम सम्बन्धका विषयमा जेठ १२ गतेदेखि सुरु भएको अन्तरक्रियात्मक कार्यक्रम आज सकिने मन्त्रालयले जाकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP