Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड
इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १८, २०८०
Iran
Hardik health
एजेन्सी-  इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ । नर्वेस्थित इरान मानवअधिकार (आईएचआर) का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो । मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो । गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन् । विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसङ्ख्यकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको बताएका छन् । आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दामले भन्नुभयो, “इस्लामिक गणतन्त्रले स्वेच्छाचारीरूपमा मृत्युदण्ड दिनुको उद्देश्य विरोध प्रदर्शन रोक्न र यसको शासन लम्ब्याउन सामाजिक डर फैलाउनु हो ।” “यदि अन्तर्राष्ट्रिय समुदायले मृत्युदण्डको वर्तमान लहरप्रति कडा प्रतिक्रिया देखाएन भने आगामी महिनामा सयौं मानिस इरानी सत्ताधारी समूहको अत्याचारको सिकार हुनेछन् ।” यस वर्ष फाँसी दिइएकामध्ये ५९ प्रतिशत अर्थात् १८० जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको बताइएको छ ।मे महिनामा मृत्युदण्ड दिइएकामध्ये २० प्रतिशतभन्दा बढी अर्थात् ३० जना देशको दक्षिणपूर्वमा बसोबास गर्ने सुन्नी बलुच अल्पसङ्ख्यक समुदायका थिए । महिलाका लागि इरानको पहिरन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन पछिल्ला महिनामा केही हदसम्म कम भएको छ तर अझै पनि छिटपुट रूपमा जारी छ । इरानले गत मे महिनाको सुरुमा प्रदर्शनसँग सम्बन्धित मुद्दामा थप तीन जनालाई फाँसी दिएको थियो । यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP