काठमाडौं - सरकारले विदेशबाट फर्किएका यात्रुले कर नतिरी ल्याउन पाउने सुन सुविधाको नियम परिवर्तन गरेको छ ।
सरकारले लिएको आर्थिक विधेयकले यात्रुले ल्याउने सुनको कर छुटमा महिला र पुरुषलाई फरक व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब विदेशबाट फर्किने पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ ।
महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउँदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ ।
यसअघि विदेशबार्ट फर्किने पुरुष र महिलाका लागि समान ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने व्यवस्था रहिआएकाे थियो ।