काठमाडौं - परराष्ट्र मन्त्रालयको वेबसाइट डाउन भएको छ ।
बुधबार बिहान ११ बजेर २० मिनेटपछि मन्त्रालयको वेबसाइट डाउन भएको पाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज चार दिने औपचारिक भारत भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री जानुअघि त्यसबारे सूचना सम्प्रेषण गर्ने परराष्ट्र मन्त्रालयको वेबसाइटमा भने समस्या देखिएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार सर्भर डाउन हुनाले समस्या आएको र समाधानका लागि पहल भइरहेकाे जानकारी दिएकी छन् ।